बिहीबार नेप्से परिसूचक २.७० अंकले घटेर २८१८.४३ को विन्दुमा कायम भएको छ।
सांसदले नेपाललाई प्राप्त अमेरिकी अनुदान सहयोगबारे सरकारबाट श्वेतपत्र जारी हुनुपर्ने माग गरेका छन्।
काभ्रेपलान्चोकको खानीखोला गाउँपालिका–५ र मकवानपुरको बागमती गाउँपालिका–५ सिक्रेदोभानस्थित बागमती नदीमा उक्त पुल निर्माण गर्न ठेक्का लागेको थियो।
जिल्लाका १० पालिकाका न्यायिक समिति, न्यायिक सहजकर्ता तथा मेलमिलापकर्ताको सहभागितामा भएको दोस्रो न्यायिक सम्मेलनबाट १२ बुँदे घोषणापत्र जारी गरिएको छ।
सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आकस्मिक आक्रमणमा पक्राउ परेकामध्ये पाँच जना अमेरिकी पनि रहेको बताइएको छ।
डिभिजन वन कार्यालयका अनुसार डढेलो देउरालीको लेक सामुदायिक वन, भारेखोला सामुदायिक वन, मधुवन सामुदायिक वन र वृन्दावन सामुदायिक वनमा फैलिएको छ।
तीन वटा प्याकेजमा काम भइरहेको आयोजनाको हालसम्मको समग्र भौतिक प्रगति ६५ प्रतिशत पुगेको छ। प्रसारण लाइन निर्माणमा भने प्रगति भएको छैन।
जर्ज भान ड्रिमले २०३९ सालमा तेह्रथुमको म्याङलुङ–१० तत्कालीन तम्फुला गाउँमा ६ महिना बसेर फेदापे लिम्बू भाषाको अध्ययन गरेर पुस्तक लेखेका थिए।
सम्झौताअनुसार २०७७ सालमै सम्पन्न हुनुपर्ने पुलको म्याद २०८१ साल चैत २० गतेसम्म थपिएको छ। हालसम्म ठेकेदारले बाँकी काम शुरू नै गरेका छैनन्।
दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्यान्डले भारतसँगको उपाधि भिडन्त पक्का गरेको छ। फाइनल खेल आइतबार दुबईमा हुनेछ।
पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानमा हल्का हुस्सु लागेको छ।
वर्षाको सीमा आँकलन गरी तिनलाई जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान प्रणालीमा समावेश गर्ने प्रक्रियालाई सहज बनाउन अध्ययन गरिएको थियो।
संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्ति गर्दा संविधान र कानूनी आधारलाईसमेत क्षयीकरण हुने गरी काम गरेको भन्दै कानून व्यवसायीहरूले निर्णय बदर हुनुपर्ने धारणा राखेका छन्।
सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभाको आजको बैठकबाट बहुमतले स्वीकृत गरेको छ।
लगातार तेस्रो दिन बुधबार पनि शेयरबजार परिसूचक नेप्से घटेको छ। आज नेप्से २५.१६ अंकले घटेर २८२१.१३ विन्दुमा झरेको छ।
प्रतिपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकसँग सोधिएको स्पष्टीकरणलगायत विषयमा सभामुखमार्फत रुलिङको माग गरेका थिए।
प्रतिपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई सोधिएको स्पष्टीकरणबारे जानकारी माग गर्दै त्यसबारे सभामुखमार्फत रुलिङको माग गरेका छन्।
सिरहाको नवराजपुरकी १७ वर्षीया रिंकु सदा माघ ३० गते आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्।
स्याउलगायत रैथाने बालीको समुचित बगैँचा व्यवस्थापनका साथै आंशिक वर्षा र हिमपात भएकाले बालीको गुणस्तर तथा उत्पादन वृद्धि हुने कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ।
उकालो सडकमा ब्रेक फेल भएर गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइतेलाई उपचारका लागि पाल्पा लगिएको छ।