सरकारमा कुनै दोष नै देख्दैन एउटा, दोष मात्रै देख्छ अर्को। बीचको कुरा भन्ने वा दुईतिरको कुरा भन्ने मिडिया भएन। यो भारतीय पत्रकारिताको कमजोरी हो।
गाजाबाट इजरायली सेना पूर्ण रूपमा फिर्ता हुनुपर्ने, नाकाबन्दी अन्त्य, सो क्षेत्रको पुनर्निर्माण र आर्थिक सहयोगलगायत माग आफूहरूले राखेको हमासले जनाएको छ।
इलाइट महिलातर्फ रुपा थारु ४३:३६ मिनेटमा रेस पूरा गर्दै विजेता बनिन्। कविता सार्कीले ४६:४२ मिनेटसहित उपविजेता र सीता सार्की ४७:२८ मिनेटसहित तेस्रो भए।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा रवि जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए।
‘लस्ट आर्टस् अफ नेपाल’ अभियानका अनुसार, हिन्दू तथा बौद्ध धर्मसम्बद्ध यी सम्पदामा १७औँ शताब्दीको पद्यपाणिदेखि टेराकोट्टा भैरव मुखुन्डो र काली, तारासम्मका मूर्ति/आकृति छन्।
जीवनको ज्वार, आस्थाको आकाश, वक्र-वर्षा, नियतिका निःश्वास, प्रकृतिको पदचाप, पाइलापछि पाइला र प्रेमको प्रकाश गरी पुस्तकमा सात खण्ड छन्।
चितवनमा साउनयता वन्यजन्तुको आक्रमणबाट ११ जनाको मृत्यु भइसकेको छ।
पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
रुकुम पूर्वको सिस्ने गाउँपालिका–१ र २ मा अहिले पनि दैनिक उपभोग्य वस्तु घोडा र खच्चडबाट ढुवानी हुने गरेको छ।
चार देशीय महिला टी२० आई शृंखलाअन्तर्गत शनिबार भएको खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको छ।
चार देशीय महिला टी–२० आई शृंखलाअन्तर्गत शनिबार भइरहेको नेपाल र नामिबियाबीचको खेल वर्षाका कारण रोकिएको छ।
तिब्बतमा शनिबार दिउँसो ५.९ म्याग्निच्युडको भूकम्प गएको छ। त्यसको धक्का काठमाडौँसहितका जिल्लामा पनि महसुस गरिएको छ।
बाँकेमा सुइया, खडैचा, जमुनाहा, शिउपुरीलगायत नाका क्षेत्रबाट कम गुणस्तरको दूध भित्रिएर सस्तो मूल्यमा बिक्रीवितरण हुँदा स्थानीय किसान मर्कामा परेका छन्।
क्यानडा सरकारले अमेरिकी शुल्कबाट प्रभावित व्यवसाय र कामदारलाई मद्दत गर्न सहायता कार्यक्रमको नयाँ प्याकेज ल्याएको छ।
रुसी आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको युक्रेनको आपत्कालीन सेवाले जनाएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनमा बमबारी गरेको भन्दै रुसमाथि नयाँ प्रतिबन्ध र कर लगाउने चेतावनी दिएका छन्।
बर्खाको समयमा खोला उर्लिएर आउँदा गलकोट नगरपालिकाको हटिया बजार, दुधिलाभाटी, आँगाखेतलगायत बस्ती जोखिममा पर्ने भएकाले तटबन्ध गर्न थालिएको हो।
समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यको राजनीतिक तथा प्रशासनिक क्षेत्रमा महिलाको सहभागिता अर्थपूर्ण रूपमा बढ्दै गएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ।
शुक्रबार दिउँसो विद्युत् मिटरबक्स सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार रिंकु सदाको सामूहिक बलात्कार तथा शंकास्पद मृत्यु घटनामा हालसम्म आठ जना पक्राउ परेका छन् भने चार जना फरार छन्।