सभामुख देवराज घिमिरेले भारत र पाकिस्तानबीच सिर्जित तनावलाई मध्यनजर गर्दै त्यहाँ बसोबास गर्ने सम्पूर्ण नेपालीको सुरक्षा व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
बिहीबार धर्मशालामा पन्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच भइरहेको खेल हवाई आक्रमणको अलर्टका कारण रद्द भएको थियो।
बिहीबार परेको पानीले मैदान भिजेपछि टससमेत नभई खेल रद्द भएको हो। यससँगै दुवै टोलीले समान १–१ अंक बाँडेका छन्।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजापट्टीमा हमासद्वारा बन्धक बनाइएका २१ जना जीवित रहेको र अन्य तीन जना बन्धक जीवित रहेकोमा शंका रहेको बताएका थिए।
उपकरण ढुवानी नहुन्जेल व्यास गाउँपालिका–२ बाट मजदुर परिचालन गरेर खन्न थालिएको छ। चार दिनदेखि स्थानीय र सेनाले बाटो खनिरहेका छन्।
भारतीय सञ्चार माध्यमहरूका अनुसार भारतले सुरक्षा जोखिमलाई ध्यानमा राख्दै २४ वटा विमानस्थल अस्थायी रूपमा बन्द गरेको छ।
अशान्ति र राजनीतिक अस्थिरताबाट पीडित रहेको यो राष्ट्रको माथिल्लो नाइल प्रदेशमा राष्ट्रपति साल्वा किइर र उपराष्ट्रपति रिएक माचार समर्थक सुरक्षाकर्मीबीचको पछिल्लो झडपले अवस्था थप बिग्रिएको छ।
मुलुकका पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आलिताल गाउँपालिका–८ गोदाम बजारनजिक अटोरिक्साको ठक्करबाट एक बालकको मृत्यु भएको छ।
उनीहरूविरुद्ध राज्यविरुद्धको कसुर र संगठित अपराधमा अनुसन्धान भइरहेकामा प्रहरीले आपराधिक उपद्रव कसुरमा पनि अनुसन्धान थालिएको छ।
राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन र राजस्व चुहावटसम्बन्धी कसुरमा रुपन्देही र कपिलवस्तुका ५ व्यवसायीमाथि मुद्दा दायर गरेको छ।
भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त गर्दै नेपालले आतंकवादविरुद्धको वैश्विक प्रयासमा सबैलाई साथ दिने प्रतिबद्धता जनाएको छ।
गृह मन्त्रालयले पछिल्लो समयमा विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ।
एक्कासि आएको हावाहुरीका कारण डुंगा पल्टिएर फेवातालको बीचमा फसेका भारतीय पर्यटकसहित सात जनाको सकुशल उद्धार भएको छ।
सामाजिक सञ्जालमार्फत फेक अकाउन्ट बनाएर दुई करोड ६३ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा धनुषा प्रहरीले सात जनालाई पक्राउ गरेको छ।
वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसदले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउनका लागि किसानले उत्पादन गरेका खाद्यवस्तुको बजार सुनिश्चितता गर्नुपर्ने धारणा राखेका छन्।
बुधबार उच्च अंकले बढेको नेप्से परिसूचकमा बिहीबार भने दोहोरो अंकको गिरावट देखिएको छ।
सांसदहरूले गौरवका आयोजना कार्यान्वयनमा देखिएका समस्याको गाँठो फुकाउन तथा निर्माण सम्पन्न आयोजनाबाट लाभप्राप्त गर्न आवश्यक नीतिगत निर्णय हुनुपर्ने बताएका छन्।
बगरमा उत्पादन भएको तरबुजा, काँक्रोलगायतको साजसब्जी बिक्री गर्न मुक्तकमैया परिवारले पूर्वपश्चिम राजमार्ग नजिक टहरा नै बनाएका छन्।
पाठकले आफ्ना प्रकाशन एकै ठाउँ छुट मूल्यमा किन्न सकुन् र लेखकसँग भेटको मौका पाऊन् भन्ने उद्देश्यले पुस्तक मेला आयोजना गर्न लागेको नेपालयले जनाएको छ।