AnonymousUser

Logout

तोलामा १ हजार रुपैयाँले घट्यो सुनको मूल्य

मंगलबार प्रतितोला २ लाख १७ हजार १०० रुपैयाँको कीर्तिमानी मूल्यमा किनबेच भएको सुन बुधबार २ लाख १६ हजार १०० रुपैयाँ कायम भएको छ।

कर्णाली राजमार्गको कालिकोटखण्ड पहिरोले अवरुद्ध

राजमार्ग अवरुद्ध भएपछि सुर्खेत जाने गाडी हुल्ममा र सुर्खेतबाट आएका गाडी मालाचौरमा रोकिएका छन्।

च्याम्पियन्स लिग: आर्सनल र रियलको विजयी शुरूआत

च्याम्पियन्स लिगको नयाँ सिजनको पहिलो दिनका अन्य खेलमा युनियन साइन्ट जिलोइस, क्वाबग एफके र टोटेनहाम विजयी भए।  युभेन्टस र बोरुसिया डर्टमुन्डले ४-४ को बराबरी खेले।

कोशी, बागमती, कर्णाली र लुम्बिनीमा भारी वर्षाको सम्भावना

मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित छ। अरब सागर तथा बंगालको खाँडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ।

कर्मचारीको बैठक भत्ता कटौती, गोष्ठी–सेमिनार सरकारी भवनमै

सचिवहरूको बैठकले खर्चमा मितव्ययिता ल्याउन सरकारी कर्मचारीले बैठक भत्ता नलिने, राष्ट्रियस्तरका सबै गोष्ठी, सेमिनार र कार्यशालाजस्ता कार्यक्रम सरकारी भवन वा हलमा मात्रै आयोजना गर्ने निर्णय गरेको छ।

कर तिर्ने समय एक महिना थपियो

सरकारले 'जेनजी' आन्दोलन र पछिल्लो राजनीतिक परिस्थितिका कारण कर तिर्ने समय एक महिना थप गरेको छ।

घटस्थापनादेखि असोज २२ सम्म सार्वजनिक यातायातलाई रुट परमिट खुला

घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई  नेपालभर लागू हुने गरी रुट परमिट खुला गरिने भएको छ।

राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरेका छन्।

सडकको अवस्था हेरेर मात्रै दशैँको अग्रिम ‘बुकिङ’ खुलाइने

यातायात व्यवसायी राष्ट्रिय महासंघले सडक पूर्ण रूपमा सञ्चालनमा नआएकाले उपत्यका बाहिरबाट गाडी आउन समय लाग्ने हुँदा अग्रिम टिकट बुकिङ खुलाउन समस्या भएको जनाएको छ।

यस वर्षको दशैँको टीकाको उत्तम साइत ११:५३ मा

नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको दशैँको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११:५३ बजे रहेको जनाएको छ।

तातोपानी र रसुवागढी नाका नखुलेपछि कोरलाबाट चीनसँगको व्यापार शुरू

सिन्धुपाल्चोकको तातोपानी र रसुवाको केरुङ (रसुवागढी) नाका सञ्चालनमा आउन नसकेपछि चीनसँगको व्यापारका लागि मुस्ताङको कोरला नाका सञ्चालनमा ल्याइएको छ।

मन्त्रीको कार्यकक्ष विद्युत् प्राधिकरणलाई हस्तान्तरण

नेपाल विद्युत् प्राधिकरणको प्रधान कार्यालयमा मन्त्रीका लागि बनाइएको कार्यकक्ष आवश्यकता नभएको भन्दै प्राधिकरणलाई नै प्रयोग गर्न दिइएको हो।

जेनजी आन्दोलनका मृतकको राष्ट्रिय सम्मानसाथ अन्त्येष्टि (तस्वीरहरू)

‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसाथ अन्त्येष्टि गरिएको छ।

निर्वाचनका लागि प्रारम्भिक तयारीमा आयोग

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन घोषणासँगै सरकारसँगको औपचारिक परामर्श र अन्य व्यवस्थापकीय तयारी तथा योजना तर्जुमा शुरू भएको बताए।

प्रहरी कार्यालय पुनर्निर्माणमा जुट्दै स्थानीय

‘जेनजी पुस्ता’को आन्दोलनका क्रममा तोडफोड भएका प्रहरीका भौतिक संरचना पुनर्निर्माणमा स्थानीय बासिन्दा जुट्न थालेका छन्।

दशैँसम्म मितेरी पुल निर्माण हुने

नेपाल र चीनलाई जोड्ने बेलिब्रिज निर्माणलाई चिनियाँ पक्षले प्राथमिकता दिई छिटोछरितो ढंगबाट काम गरिरहेकाले यही दशैँअघि नै पुल तयार हुने भएको छ।

‘जेनजी’ आन्दोलनका मृतकको सामूहिक शवयात्रा

भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको मंगलबार सामूहिक शवयात्रा निकालिएको छ।

तोलामा १ हजार ९०० रुपैयाँले बढ्यो सुनको मूल्य

सुनको मूल्य १ हजार ९०० रुपैयाँले बढेर दुई लाख १७ हजार १०० रुपैयाँ कायम भएको छ।

‘भोजपुरे खुकुरी’को माग उच्च, बनाउन कालिगडको चरम अभाव

विदेश जाने लहरको कारण गाउँघरमा सञ्चालनमा रहेका खुकुरी बनाउने आरन उद्योग बन्द हुँदा खेतीपातीका लागि आवश्यक पर्ने कृषि औजार उपकरण बनाउने जनशक्तिको पनि अभाव देखिन थालेको छ।

१ खर्ब ४३ अर्बको आयात हुँदा २३ अर्बको निर्यात

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणअनुसार कूल वस्तु व्यापार घाटा २.५ प्रतिशतले वृद्धि भएको छ।