राजधानी किभका सैन्य प्रशासन प्रमुख तैमुर टाकाचेन्कोले प्रारम्भिक रिपोर्टअनुसार चार जनाको मृत्यु पुष्टि भएको बताए। राजधानी वरपरको क्षेत्रमा कम्तीमा २७ जना घाइते भएको सैन्य प्रशासनले जनाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मूल्य २ लाख २३ हजार २०० रुपैयाँ तथा त्यति नै परिमाणको चाँदीको मूल्य २ हजार ८१० रुपैयाँ निर्धारण भएको छ।
रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाबाट दाङको घोराही जाँदै गरेको गाडी सल्यानको कपुरकोट गाउँपालिका– ३ चोरखोलामा दुर्घटना भएको छ।
सम्पत्ती बीमा ५९४, मोटर बीमा दुई हजार २०९, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमा १४४, परिवहन बीमा ११ र अन्य बीमाका ३० वटा आवेदन परेको छ।
राति कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदली रहनेछ।
नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो।
दशैँ अवधिभर मनसुनी वायुको प्रभाव रहने भएकाले मौसमको अद्यावधिक जानकारी लिई आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ।
सिन्धुपाल्चोकको भोटेकोशीमा मोटरसाइकल दुर्घटनामा घाइते भएकी एक अस्ट्रेलियाली महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
एमालेले आइतबार दिउँसो १ बजे सचिवालय बैठक बोलाएको छ भने नेपाली कांग्रेसले असोज २६ गते केन्द्रीय कार्यसमितिको बैठक डाकेको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार चाडपर्वलक्षित सुरक्षाका लागि आवश्यकताका आधारमा ड्रोन र तालिमप्राप्त कुकुरको प्रयोग गरिनेछ भने सादा पोसाकमा समेत प्रहरी परिचालन गरिनेछ।
अन्तर्राष्ट्रिय विरोधका बीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले संयुक्त राष्ट्र महासभाको सम्बोधनका क्रममा गाजामा हमासविरुद्धको युद्ध जारी राख्ने अडान दोहोर्याएका छन्।
सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचारलाई सहज र प्रभावकारी बनाउन 'जेनजी क्लिनिक' सञ्चालन गर्ने भएको छ।
संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय मातहतका सडक डिभिजन कार्यालय, हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गका रुग्ण अवस्थामा रहेका ठेक्का तोड्न लागिएको हो।
मन्त्री महावीर पुनले ट्रमा सेन्टरमा उपचाररत जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्दा उनीहरूले आफ्नो व्यक्तिगत स्वास्थ्यभन्दा बढी आन्दोलनको माग पूरा हुने/नहुनेबारे चिन्ता व्यक्त गरेको बताएका छन्।
परीक्षामा ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण अर्थात् ग्रेडेड भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए।
प्रतिबन्धले इरानको आणविक तथा मिसाइल विकासमा संलग्न व्यक्ति, संस्था र कम्पनीहरूसँग विश्वव्यापी व्यापारमा रोक लगाउनेछ।
ललिनपुरको खोकनाका नेवार समुदायले सिकाली जात्रालाई मुख्य पर्वका रूपमा मनाउने गरेका छन्।
हुलाकी सडक हुँदै पर्साबाट भेल्ही आउँदै गरेको भारतीय नम्बर भएको स्कर्पियोले मोटरसाइकललाई ठक्कर दिएको थियो। उक्त मोटरसाइकलमा तीन जना सवार थिए।
दिउँसो पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।
धनुषामा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।