सीआईबीले आन्दोलनका क्रममा चोरी भएका तथा लुटिएका सामानहरू खरिद, बिक्री वा सञ्चय गरेको पाइएमा कानूनअनुसार कारबाही हुने चेतावनी दिएको छ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरेका छन्।
विभिन्न जेलबाट भागेका चार जना विदेशीसहित १४ जना कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालय, धनुषाले पक्राउ गरेको छ।
शहरी विकास मन्त्रालयका सचिव सचिव गोपालप्रसाद सिग्देलका अनुसार मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभाग भने आगलागीका कारण ६० प्रतिशत जलेका छन्।
सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण र अन्य अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण कामकारबाही अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरेको छ।
मन्त्रालय परिसरमा रहेको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाई अहिले वीर अस्पतालको एउटा भवनबाट सञ्चालन भइरहेको छ।
‘जेनजी’ प्रदर्शनपछि देशभरका विभिन्न कारागारबाट भागेकामध्ये तीन हजार ७२३ कैदीबन्दी पक्राउ परेका छन्। अझै १० हजार ३२० कैदीबन्दी फरार रहेकाले सर्वसाधारणलाई सतर्क रहन प्रहरीले आग्रह गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वराष्ट्रपति जो बाइडेन दुवैले चीनलाई उन्नत सेमिकन्डक्टरमा पहुँच नदिने नीतिअनुसार चिप उत्पादन उपकरण बिक्रीमा प्रतिबन्ध लगाएका थिए।
फाउन्डेसनले आइतबार पत्रकार सम्मेलन गर्दै बारबराको सम्पत्ति, पारदर्शिता र सुशासनमा आधारित संस्थालाई लक्षित गरी फैलाइएका आरोप निराधार रहेको जनाएको छ।
पार्टी नेतृत्वले कहिल्यै गल्ती नस्विकार्ने, गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोक्नुपर्ने अवस्था आएपछि पार्टी छाडेको उनको भनाइ छ।
प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनमा मृत्यु भएका सबैलाई शहीद घोषणा गर्दै परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने घोषणा गरेकी हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए। उनले त्यसै दिन शपथ लिएर संसद् विघटन गरेकी थिइन्।
सरसफाइ गर्ने क्रममा जलेको अवस्थामा ६ वटा शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिएका छन्।
देशभर साधारणतया बदली रहनेछ। पहाडी भूभागका केही तथा तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
‘जेनजी’को प्रदर्शनका कारण पाँच दिनदेखि बन्द रहेको सार्वजनिक यातायात सञ्चालनमा आएसँगै शनिबार नयाँ बसपार्कबाट ३०० बढी सवारीसाधन बाहिरिएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले देशको जटिल परिस्थितिबाट शान्तिपूर्ण निकास निस्किएको भन्दै फागुनका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराउन सबै पक्षलाई सहयोगका लागि अपिल गरेका छन्।
आठ राजनीतिक दलले लोकतान्त्रिक एवं कानूनी राज्यमा सबै प्रकारका समस्याको समाधान संविधान र प्रचलित कानूनबमोजिम हुनुपर्नेमा जोड दिएका छन्।
बांग्लादेश सरकारका प्रमुख सल्लाहकार युनुसले प्रधानमन्त्री कार्कीको नेतृत्वमा नेपाल विकास, शान्ति र स्थायित्वको मार्गमा अग्रसर हुने विश्वास व्यक्त गरेका छन्।
प्रधानमन्त्री कार्कीले राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत घाइतेहरूसँग भेटघाट गरी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन्।
'जेनजी' आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दीहरूलाई सम्बन्धित कारागारमा फर्किन र नियन्त्रणमा लिएका प्रहरीका हतियार र पोसाक पनि फिर्ता गर्न मानव अधिकार आयोगले आग्रह गरेको छ।