AnonymousUser

Logout

दाउन्ने खण्डमा दशैँभर ठूला सवारीमा रोक, नागढुंगा सुरुङमार्गबाट यात्रुवाहक सवारी बाहिरिन पाउने

नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलाको पहिरो तत्काल हटाएर यातायात सञ्चालनमा ल्याउन, तातोपानी नाका जोड्ने मुख्य सडक पनि दशैँअगावै सञ्चालनमा ल्याउने गरी काम गर्न सडक विभागलाई निर्देशन दिइएको छ।

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लागि नौ अर्ब ८० करोड निकासा

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान भुक्तानीका लागि अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकलाई नौ अर्ब ८० करोड रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ।

पुनर्निर्माणका लागि वीरगन्ज महानगरले छुट्यायो ३० करोड

विशेष अधिवेशनले बजेटमा भएका नगरस्तरीय पुँजीगत योजना, सामाजिक विकास कार्यक्रम तथा वडास्तरका योजनामा विनियोजन गरिएको रकमलाई पुनर्निर्माणतर्फ स्थानान्तरण गर्ने निर्णय गरेको छ।

अवरुद्ध सडक खुलाउन मन्त्री घिसिङले बोलाए बैठक

नारायणगढ–मुग्लिनसहित देशभरका मुख्य सडकमा यात्रु अलपत्र परेपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सम्बन्धित निकायका प्रमुखसँग बैठक डाकेका छन्।

गाजामा इजरायली आक्रमण जारी, महिला र बालबालिका संकटमा

विस्थापित परिवारलाई आपत्कालीन आश्रय, पोषणयुक्त खाना, सफा पिउने पानी र औषधोपचारको खाँचो देखिएको छ। गाजामा पुग्ने राहत सामग्री अहिले पनि आवश्यक मात्राभन्दा निकै कम छ।

देशभरका सात राजमार्ग पहिरोले अवरुद्ध

चितवनको इच्छाकामना गाउँपालिका–५ तुइन खोलामा पहिरो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध छ।

देशका विभिन्न स्थानमा मध्यम वर्षाको सम्भावना

कोशी, मधेश, बागमती र गण्डकीका थोरै तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।

तुइन खोलामा पहिरो: नारायणगढ–मुग्लिन  सडक अवरुद्ध

निरन्तर पहिरो खसिरहेकाले रातको समयमा पन्छाउन सकिएको थिएन। बिहान उज्यालो भएसँगै पहिरो पन्छाउन थालिएको छ।

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध

नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा पहिरो खस्दा सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ।

तोकिएको समयमै चुनाव सम्पन्न गर्न राष्ट्रपति पौडेलको आह्वान

‘जेनजी’ आन्दोलनले निम्त्याएको राजनीतिक संकटलाई आम सहमतिले समाधान दिएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले अहिलेको मुख्य कार्यभार ६ महिनाभित्र चुनाव सम्पन्न गराई जनप्रतिनिधिमूलक संस्थालाई सत्ता हस्तान्तरण गर्नु रहेको बताए।

घट्यो बजारमा अलैँचीको भाउ, प्रतिमन ९२ हजारसम्ममा कारोबार

दशेँको संघारमा नगदे बाली अलैँचीको बजार भाउमा गिरावट आएको छ। हाल अलैँची प्रतिमन (४० किलो) ८१ हजारदेखि ९२ हजार रुपैयाँसम्ममा कारोबार भइरहेको छ।

दाउन्ने क्षेत्रमा पहिरो खस्दा बुटवल–नारायणगढ सडक अवरुद्ध

लगातारको वर्षाले गत बुधबार बिहानदेखि एकतर्फी भएको दाउन्ने खण्ड शुक्रबार दिउँसोदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ।

'जेनजी' आन्दोलनपछि भागेका ८ हजार ३७५ कैदीबन्दी अझै फरार

'जेनजी' आन्दोलनका क्रममा विभिन्न कारागार र बालसुधारगृहबाट भागेका कैदीबन्दीमध्ये अझै ८ हजार ३७५ जना फरार रहेका छन्।

‘जेनजी’ आन्दोलनमा जलेका सवारीसाधन सिंहदरबारबाट हटाइँदै

'जेनजी' प्रदर्शनका क्रममा सिंहदरबार परिसरमा जलाइएका सवारीसाधनहरू हटाउन शुरू गरिएको छ।

शेयर बजारमा देखिएका समस्या पहिचान गर्न कार्यदल गठन

सरकारले शेयर बजारमा देखिएका समस्याहरूको पहिचान गर्न चार सदस्यीय कार्यदल गठन गरेको छ।

युक्रेनबाट २ नेपालीको उद्धार

युक्रेनबाट दुई नेपाली नागरिकको उद्धार गरिएको र उनीहरूलाई शुक्रबार दिउँसो स्वदेश फर्काउन लागिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

साप्ताहिक ब्रिफिङ: अपुष्ट खबर बन्यो हिल्टन ध्वस्त हुने कारण, कारागार फर्किएनन् भागेका ९ हजार कैदीबन्दी

यो साता उकालोमा ‘अपुष्ट खबर बन्यो हिल्टन ध्वस्त हुने कारण’,'धन्न जोगिए पेट्रोल पम्प, बल्लबल्ल जोगियो काठमाडौँ', 'दमकल बोलाउन फोन बजिरहे, काठमाडौँ जलिरह्यो', 'राष्ट्रियसभा छ, अर्थात् संसद् जीवित छ' लगायतका समाचार चर्चामा रहे।

जीर्ण आयोजनाको ठेक्का तोड्ने तयारी

सिँचाइअन्तर्गत राष्ट्रिय गौरवको सुनकोसी मरिण बहुउद्देश्यीय सिँचाइ आयोजना, भौतिक पूर्वाधारअन्तर्गत ३०० भन्दा बढी सडक र १०० भन्दा बढी पुल अलपत्र छन्।

टुँडिखेलमा संविधान दिवस [तस्वीरहरू]

टुँडिखेलमा विगतको जस्तो सांस्कृतिक झाँकीलगायत कार्यक्रम राखिएको थिएन। सुरक्षाकर्मीको टोलीले ब्यान्डलगायत प्रस्तुति भने गरेका थिए।

रुस र इन्डोनेसियामा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

भूकम्पपछि अमेरिकी प्यासिफिक सुनामी वार्निङ सेन्टरले नजिकैको तटमा सुनामीको सम्भावना रहेको चेतावनी दिएको छ।