AnonymousUser

Logout

मन्त्री बनाउन ७ जनाको नाममा छलफल, गुनासोपछि अड्कियो निर्णय

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री बनाउन अगाडि सारेका सात जनामध्ये केही नाममा गुनासो आएपछि मन्त्रिपरिषद् विस्तार आजै हुने/नहुने टुंगो लागेको छैन।

फिलिपिन्समा ‘बाढी नियन्त्रण’ भ्रष्टाचारविरुद्ध विशाल प्रदर्शन

फिलिपिन्सको झण्डा बोकेका प्रदर्शनकारीहरूले 'अब अति भयो, तिनीहरूलाई जेलमा हाल' भन्ने नारासहितका ब्यानर लिएर अनियमिततामा संलग्नहरूलाई तत्काल कारबाही गर्न माग गरेका छन्।

नेप्से परिसूचक १११ अंकले बढ्यो, ९ अर्बमाथिको कारोबार

आइतबार नेप्से परिसूचक १११.७० अंकले बढेर २६२३.७० बिन्दुमा उक्लेको छ।

पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग साँझसम्म खुल्ने

सडक विभागका प्रवक्ता प्रभातकुमार झाले वर्षा नभएका खण्डमा साँझसम्म मुग्लिन–नारायणघाट सडकखण्डको पहिरो पन्छाएर सडक खुलाउने गरी काम भइरहेको जानकारी दिए।

'लामो समयदेखि अलपत्र परेका आयोजनाका ठेक्का तोडिनेछ'

मन्त्री कुलमान घिसिङले कुनै पनि व्यवसायीप्रति पूर्वाग्रह नराखी, तर अलपत्र परेका र लापरबाहीले बिग्रिएका आयोजनाका ठेक्का तोड्ने स्पष्ट पारेका छन्।

राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्।

सात दिनपछि खुल्यो बागलुङ-बरेङ सडक

बागलुङ नगरपालिका-८ सिगानामा सडक माथिबाट खसेको पहिरोले सडकसहित एउटा गोठ पुरेको थियो।

बेलायत र पोर्चुगलले प्यालेस्टिनी राज्यलाई मान्यता दिने, इजरायलको आपत्ति

इजरायलले गाजामा बमबारी जारी राखेको छ। लामो समयदेखि इजरायलको सहयोगी रहँदै आएका राष्ट्रहरू यही कारण आफ्नो नीतिमा परिवर्तन गर्न थालेका छन्।

तोलामा १ हजार १०० रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख १७ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

ठेकेदारको लापरबाहीले मार्तडी–कोल्टी सडकको बिजोग

असारदेखि अवरुद्ध मार्तडी–कोल्टी सडक असोज पहिलो सातासम्म पनि सञ्चालनमा आउन सकेको छैन। मर्मतमा कुनै निकायले चासो देखाएका छैनन्।

मनसुनी वायुको प्रभाव कमजोर, पहाडी भूभागमा मध्यम वर्षाको सम्भावना

दिउँसो कोशी, मधेश, बागमती र गण्डकीसहित देशका बाँकी पहाडी भूभागमा साधारणतया बदली रहनेछ।

अझै पन्छाउन सकिएन तुइन खोलाको पहिरो

सडक खुलाउन मुग्लिनबाट तीन र नारायणगढबाट दुई गरी पाँचवटा साधन परिचालन गरिए पनि शनिबार साँझ ६ः३० बजे फेरि ठूलो पहिरो खसेपछि काम रोकिएको छ।

इजरायलले गाजामा आक्रमण तीव्र पारेपछि हमासले जारी गर्‍यो ४८ बन्धकको तस्वीर

हमासले इजरायलको लगातारको स्थल र हवाई आक्रमणले गाजामा रहेका बन्धकहरूको सुरक्षामा खतरा बढेको बताएको छ।

'जेनजी' आन्दोलनपछि ६ हजार कैदीबन्दी फर्किए, ८ हजारभन्दा बढी अझै फरार

'जेनजी' आन्दोलनका क्रममा देशभरका २८ कारागार र नौ बालसुधारगृहबाट भागेका आठ हजारभन्दा बढी कैदीबन्दी अझै फरार रहेका छन्।

सुनचाँदीका गरगहनासहित तीन जना पक्राउ

'जेनजी' आन्दोलनका क्रममा भएको चोरीको घटना अनुसन्धानका क्रममा प्रहरीले सुनचाँदीका गहनासहित काठमाडौँको रातोपुलबाट तीन जनालाई पक्राउ गरेको छ।

कुन देशमा दशैँको टीका लगाउने शुभ साइत कति बजे?

अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले भारत, अमेरिका, अस्ट्रेलिया, क्यानडा, जापानलगायतका देशका लागि विजयादशमीको टीका लगाउने शुभ साइत सार्वजनिक गरेको छ।

युरोपेली विमानस्थलहरूमा 'साइबर अवरोध'

ब्रसेल्स, बर्लिन र लन्डनको हिथ्रो लगायत युरोपका प्रमुख विमानस्थलहरूमा शनिबार ‘साइबर-सम्बन्धित अवरोध’ देखिएको छ।

मधेश प्रदेशसभाको बैठक आह्वान गर्ने सर्वदलीय सहमति

मधेश प्रदेशसभाको बैठक असोज ७ गते मंगलबार आह्वान गर्ने सर्वदलीय सहमति भएको छ।

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, सामाजिक विकास, विपद् व्यवस्थापनलगायतका क्षेत्रमा बजेट प्राथमिकता दिइएको उपप्रमुख अइन्द्रविक्रम बेघाले बताए।

‘संकटकै बेलामा मिथ्या सूचनाको बाढी आउँछ’

‘इन्टरनेट, सामाजिक सञ्जाल आएसँगै मिथ्या सूचना फैलिने गति अझ बढेको मात्रै हो। तर, यो अहिलेको मात्र समस्याजस्तो देखिए पनि सामाजिक सञ्जाल नहुँदा पनि मिथ्या सूचना फैलिरहेकै थियो।’