हाल समग्रमा आन्तरिकतर्फ दैनिक ३४० भन्दा बढी उडान भइरहेको छ। अन्तर्राष्ट्रितर्फ पनि आवागमन बढिरहेकाले दैनिक दुईतर्फी ११० भन्दा बढी उडान भइरहेको छ।
दशैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढेको छ। घटस्थापनादेखि तीन दिनको अवधिमा एक लाख ३८ हजारभन्दा बढी मानिसले उपत्यका छाडेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनायता करिब १ लाख ३८ हजार जनाले काठमाडौँ उपत्यका छाडिसकेका छन्।
घाइते दम्पतीको स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि जिल्ला अस्पताल प्युठान पठाइएको छ।
हालै अर्थ मन्त्रालयको राजस्व सचिवस्तरीय बैठकले सेवा सुविधा पाउनेसम्बन्धी सबै नीतिगत व्यवस्था खारेज गर्न निर्देशन दिएपछि बोर्डका कर्मचारी आन्दोलित भएका हुन्।
मनसुनी वायु कमजोर हुँदाहुँदै पनि आज काठमाडौँ उपत्यकासहित देशका केही ठाउँमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्व-प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीको अध्यक्ष पद त्याग गरेका छन्।
मुग्लिन–नारायणगढ खण्डको तुइन खोला क्षेत्रमा गएको पहिरोको प्रभाव पोखरा–काठमाडौँ सडकखण्डमा पनि परेको छ।
सोनम वाङचुकले एक्समा एक भिडियो सन्देश जारी गर्दै शान्तिको लागि अपील गरेका छन्। उनले यस प्रदर्शनलाई जेनजी क्रान्ति पनि भनेका छन्।
बुधबार नेप्से २७.८९ अंक अर्थात् १.०३ प्रतिशतले घटेर २,६५४.३५ विन्दुमा कायम भएको छ।
राष्ट्रपति पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच आजै केहीबेर अघि शीतल निवासमा भेटवार्ता पनि भएको थियो।
चीनका दक्षिणी १० शहरमा विद्यालय र व्यवसाय बन्द गरिएका छन्। मकाउको क्यासिनो क्षेत्रमा बाढीका कारण बिजुली आपूर्ति काटिएको छ।
पहिरो पन्छाउन दुई वटा लोडर, एउटा स्काभेटर र एउटा भ्याकुलोडर परिचालन गरिएको छ। दमौलीबाट अर्काे एउटा स्काभेटर मगाइएको छ।
संघ र प्रदेश सरकारका मन्त्री र प्रदेश प्रमुखको स्वकीय सचिवालयमा बढीमा तीन जना मात्र नियुक्ति गर्न पाइनेछ।
राजमार्गको विभिन्न खण्डको पुनर्निर्माणका लागि करिब ९ अर्ब ६६ करोड रुपैयाँ लाग्ने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।
कारागार व्यवस्थापन विभागका अनुसार, जेनजी आन्दोलनका क्रममा भागेका कुल १४ हजार ५५६ कैदीबन्दीमध्ये सात हजार १०७ जना कारागार फर्किसकेका छन् भने अझै सात हजार ३०६ कैदीबन्दी फरार छन्।
डोल्पा, हुम्ला र मनाङबाहेक सबैजसो जिल्लामा डेंगी फैलिएको छ भने संक्रमणका कारण दुई जनाको मृत्यु भइसकेको छ।
गोलबजार नगरपालिका–१३ का एक किशोरको अपहरणपछि हत्या भएको घटनाको अनुसन्धानका लागि प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रशासन कार्यालय, चितवनले नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खसेका कारण सडक तत्काल खुल्ने सम्भावना नरहेको भन्दै जोखिम मोलेर यात्रा नगर्न आग्रह गरेको छ।
पदबहालीपछि मन्त्री सिन्हाले कानूनको भाषा, शैली र निर्माण प्रक्रियालाई आमजनताले सजिलै बुझ्न सक्ने बनाउन अध्ययन गर्ने निर्णय सदर गरेका छन्।