AnonymousUser

Logout

यी पाँच प्रदेशमा आज भारी वर्षाको सम्भावना

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहनुका साथै अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ।

मृत्यु भएका प्रहरीका परिवारलाई १० लाख दिइने

नेपाल प्रहरीमा कार्यरत कर्मचारीबाट तलब कट्टा गरी मृतक प्रहरीका परिवारलाई १० लाख रुपैयाँका दरले सहयोग उपलब्ध गराइने भएको छ।

असोज १ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय

मन्त्रिपरिषद्ले 'जेनजी' आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा असोज १ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।

‘जेनजी’ आन्दोलनमा हतियार लुट्ने २ जना पक्राउ

प्रहरीले सीसीटीभी फुटेजको आधारमा उनीहरूलाई पक्राउ गरेको हो।

रुपन्देही–३ को उपनिर्वाचन स्थगित

निर्वाचन आयोगले रुपन्देही–३ मा कात्तिक १७ गतेका लागि तय प्रतिनिधिसभाको उपनिर्वाचन स्थगित गरेको छ।

दशैँअघि नै क्षतिग्रस्त संरचना रङरोगन गरिने

शहरी विकासमन्त्री कुलमान घिसिङले 'जेनजी' आन्दोलनका क्रममा आगजनी भएका सरकारी संरचनाहरूको दशैँअघि नै रङरोगन गर्ने तयारी गरिने बताएका छन्।

मेरो कर्म बिरामीको सेवा हो, राजनीतिमा संलग्न हुन्नँ: डा रुइत

वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतले ‘जेनजी’ आन्दोलनपछि बनेको अन्तरिम सरकारमा मन्त्री बन्ने चर्चा हल्ला मात्र भएको बताएका छन्।

विराटनगरस्थित भाटभटेनीमा जलेको अवस्थामा शव फेला

‘जेनजी’ आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको विराटनगरस्थित भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा शव फेला परेको छ।

चाडपर्वलक्षित सहुलियत पसल सञ्चालनमा

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सोमबारदेखि चाडपर्वलाई लक्षित गरी सहुलियत पसल सञ्चालनमा ल्याएको छ।

‘जेनजी’ आन्दोलनका मृतकको शव परीक्षण जारी, २३ शव आफन्तले बुझे

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको फरेन्सिक विभागले ४६ वटा शव परीक्षणका लागि ल्याइएकोमा २८ वटाको परीक्षण सकिएको जनाएको छ।

‘डेडिकेटेड ट्रंक लाइन’को बक्यौता उठाउन निर्देशन दिने मन्त्री घिसिङको निर्णय

पदभार ग्रहण गरेलगत्तै ऊर्जा तथा जलस्रोतमन्त्री कुलमान घिसिङले डेडिकेटेड ट्रंक लाइनको बक्यौता रकम उठाउन निर्देशन दिने निर्णय गरेका छन्।

तत्कालको खर्च कटौतीबाटै निर्वाचनका लागि स्रोत जुटाउने अर्थमन्त्रीको घोषणा

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले तत्काल पूरक बजेट नल्याई तयारी नभएका र साना आयोजनाबाट खर्च कटौती गरेरै निर्वाचनका लागि स्रोत जुटाउने बताएका छन्।

जेनजी आन्दोलनमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक मनाउने गृह मन्त्रालयको निर्णय

नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले आज पदभार ग्रहण गरेपछि उक्त निर्णय गरेका हुन्।

मन्त्रिपरिषद् विस्तारः ३ मन्त्रीले लिए शपथ

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरू रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ गराएका हुन्।

इजरायलसँग दोहोरो मापदण्ड नअपनाउन कतारका प्रधानमन्त्रीको आग्रह

कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले आइतबार अन्तर्राष्ट्रिय समुदायसँग इजरायललाई उसको ‘अपराध’ का लागि सजाय दिन पनि आग्रह गरेका छन्।

म्यानचेस्टर सिटीसँग युनाइटेडको हार

प्रिमियर लिगमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई ३–० ले हराएको छ।

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

अविरल वर्षाका कारण आएको पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ।

एशिया कप: पाकिस्तानविरुद्ध भारतको सहज जित

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा भारतविरुद्ध पहिले ब्याटिङ गर्दै पाकिस्तानले २० ओभरमा जितका लागि १२८ रनको लक्ष्य राखेको थियो।

काठमाडाैँ उपत्यकासहित देशभरका विभिन्न भागमा वर्षा

गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

डोल्पा र जुम्लाबाट मुस्ताङमा भित्र्याइँदै भेडाच्यांग्रा

दुई दशकदेखि च्यांग्रा व्यापार गरिरहेका भीमप्रसाद घर्तीले यस वर्षको आन्दोलनका कारण च्यांग्रा बिक्री नहुने हो कि भन्ने चिन्ता व्यक्त गरे।