कारागार व्यवस्थापन विभागका अनुसार, जेनजी आन्दोलनका क्रममा भागेका कुल १४ हजार ५५६ कैदीबन्दीमध्ये सात हजार १०७ जना कारागार फर्किसकेका छन् भने अझै सात हजार ३०६ कैदीबन्दी फरार छन्।
डोल्पा, हुम्ला र मनाङबाहेक सबैजसो जिल्लामा डेंगी फैलिएको छ भने संक्रमणका कारण दुई जनाको मृत्यु भइसकेको छ।
गोलबजार नगरपालिका–१३ का एक किशोरको अपहरणपछि हत्या भएको घटनाको अनुसन्धानका लागि प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रशासन कार्यालय, चितवनले नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खसेका कारण सडक तत्काल खुल्ने सम्भावना नरहेको भन्दै जोखिम मोलेर यात्रा नगर्न आग्रह गरेको छ।
पदबहालीपछि मन्त्री सिन्हाले कानूनको भाषा, शैली र निर्माण प्रक्रियालाई आमजनताले सजिलै बुझ्न सक्ने बनाउन अध्ययन गर्ने निर्णय सदर गरेका छन्।
मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला पुलनजिकै मंगलबार साँझ पहिरो खसेपछि सवारी आवागमन दुईतर्फी रूपमा अवरुद्ध भएको छ।
जेनजी प्रदर्शनका दौरान वीरगन्जमा भएको आगजनीमा परेर गम्भीर घाइते भएकी एक महिलाको कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।
नेपालमा भएको राजनीतिक परिवर्तन र जेनजी आन्दोलनपछि सुरक्षा संवेदनशीलता बढेको भन्दै दिल्लीस्थित नेपाली दूतावासले विशिष्ट व्यक्तिहरूलाई दिँदै आएको आवासीय सेवा तत्कालका लागि बन्द गरेको छ।
क्षितिज समर्पणले उपन्यास ‘तोरकीन’मा उपल्लो मुस्ताङको सामाजिक, सांस्कृतिक र भौगोलिक इतिहासलाई मिथकीय शैलीमा प्रस्तुत गरेका छन्।
पहिरोका कारण अवरुद्ध भएको सडक अस्थायी रूपमा मर्मत भएसँगै कन्टेनरहरू सुख्खा बन्दरगाह आइपुगेका छन्।
नेपालमा सुनको मूल्य लगातार बढिरहेको छ। मंगलबार अघिल्लो दिनको तुलनामा ३ हजार ९०० रुपैयाँले बढेर तोलामा २ लाख २१ हजार ७०० रुपैयाँ पुगेको छ।
‘आ-आफ्नो परम्परा अनुसार राम्रो पक्षलाई समेट्दै जाने र खराब पक्षलाई छाड्दै संस्कारित रूपमा अनेकतामा एकता राखेर दशैँ पर्व मान्न सकिन्छ।’
महाशाखाका अनुसार राति देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।
डेम्बेलेको महत्त्वपूर्ण योगदानको मद्दतमा पीएसजीले गत सिजन च्याम्पियन्स लिग जितेको थियो। गत सिजन उनले पीएसजीका लागि ५३ खेलमा ३५ गोल र १४ असिस्ट गरेका थिए।
क्षतिको मूल्यांकनका लागि आवश्यक प्रारूप तयार पार्न प्राधिकरणले सरोकारवाला निकायको सहभागितामा समिति गठन गरी काम शुरू गरिसकेको जनाएको छ।
प्रहरीले काठमाडौँ महानगरपालिका–१६, खरिबोटस्थित एक कार वास सेन्टरको पार्किङबाट सात थान पेस्तोल, ६ थान म्याग्जिन र ३३ राउन्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ।
भोटेकोशी गाउँपालिका–२ को कोदारी, इर्खुसहित पाँच स्थानमा खसेका पहिरो हटाएपछि सडक सञ्चालनमा आएको हो।
भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा सीमा नाका बन्द थियो। नाका पुनः सञ्चालनमा आएपछि भारतबाट आउने नेपालीको संख्या बढेको प्रहरीले जनाएको छ।
सीआईबीले कारागारबाट फरार भएका दुई अमेरिकी नागरिकलाई पक्राउ गरेको छ। उनीहरू बालयौन दुराचार र जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका थिए।
आइतबार अन्तर्राष्ट्रियतर्फ ५५ उडानमार्फत आठ हजार ५०० यात्रु भित्रिएका छन्। ६ हजार ८०० यात्रु बाहिरिएका छन्।