अदालतले पूर्वबाललडाकुहरूलाई राज्यले अपमानजनक शब्द प्रयोग गरी उपेक्षा गरेको भन्दै सरकारका नाममा निर्देशनात्मक र प्रतिषेध मिश्रित परमादेश जारी गरेको छ।
काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका–२ बुचाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको छ।
सरकारले ‘सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग’ (रावल आयोग)को प्रतिवेदन कार्यान्वयनमा लैजाने, संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद असार मसान्तसम्म थप्नेलगायतका निर्णय गरेको छ।
सन् २०२६ को फिफा विश्वकप फुटबलको उद्घाटन खेलमा सह–आयोजक मेक्सिको विजयी भएको छ।
लुम्बिनी प्रदेशका थोरै स्थान तथा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको ३१ लाख ५१ हजार रुपैयाँसहित दुई जना बांग्लादेशी नागरिक पक्राउ परेका छन्।
पाकिस्तान नियन्त्रित काश्मीरमा सेनाको हेलिकोप्टर दुर्घटना हुँदा २२ सैनिकको मृत्यु भएको छ।
सांसदहरूले संसद्को अनुमतिबिना करका दरहरू आफूखुसी फेरबदल नगर्न र बजेटमा जनअपेक्षा एवं क्षेत्रगत आवश्यकतालाई समेट्न सरकारको ध्यानाकर्षण गराएका छन्।
रोल्पाको माडी गाउँपालिकामा सडक भाँसिएर मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।
नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभावका कारण देशभर मौसम बदली भएको छ।
खेतीपातीको मुख्य सिजन धान रोपाइँ शुरू भइसके पनि सम्बन्धित पालिकाहरूले मल ढुवानी नगरेका कारण किसानले मलको अभाव झेल्न थालेका छन्।
हिमाली गाउँपालिकाको रानीसैनमा कर्मचारी र जनप्रतिनिधिमाथि आक्रमण गर्नेलाई पक्राउ गर्न दबाब दिँदै संघर्ष समितिले सदरमुकाम मार्तडीसहितका बजार र कर्णाली करिडोर सडक बन्द गराएको छ।
सर्वोच्च अदालतले ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमाथिको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा जेठ २९ गते शुक्रबार सुनुवाइ हुने भएको छ।
अमेरिकी सेनाले आफ्नो हेलिकप्टर खसालिएको बदलामा इरानी लक्ष्यहरूमा आक्रमण गरेपछि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले बहराइन, कुवेत र जोर्डनमा रहेका अमेरिकी अड्डाहरूमा जवाबी प्रहार गरेको छ।
परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहले जेठ १७ गतेको संसद् बैठकमा नेपाल–भारत सीमा सम्बन्धमा राखेको विषय ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित रहेको स्पष्ट पारेका छन् ।
काठमाडौँ उपत्यकासहित १० जिल्लामा फैलिएको बर्डफ्लु नियन्त्रणका लागि पक्षीजन्य उत्पादन नष्ट गरिएपछि सरकारले प्रभावित किसानलाई लागतको ७५ प्रतिशत राहत उपलब्ध गराउने भएको छ।
नेपाल एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।
एसीसी महिला प्रिमियर कप
एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आज क्वार्टरफाइनलमा थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहने र तराई क्षेत्रमा आंशिक बदली रहने छ।
राष्ट्र बैंकको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको १० महिनामा रेमिट्यान्स ४१.२ प्रतिशतले वृद्धि भई १९ खर्ब १६ अर्ब ९० करोड पुगेको छ।