नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय रुपैयाँले घटेको हो।
नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यून चापीय रेखाको प्रभाव रहेको छ।
साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले श्रीलङ्कालाई पराजित गर्दै समूह विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ।
संगीतकार क्षितिज कुलुङद्वारा लिखित 'म्युजिक एजुकेसन बुक' नामक पुस्तक सार्वजनिक भएको छ।
पीएसजीको विजयोत्सवका क्रममा भएको झडप र सडक दुर्घटनामा एक युवकको मृत्यु भएपछि सुरक्षा नियन्त्रणका लागि सुरक्षाकर्मीले ७८० जनालाई पक्राउ गरेका छन्।
नेपालमा हरेक वर्ष ३९ हजारभन्दा बढीको ज्यान लिने सुर्तीजन्य पदार्थको कुलतमा विद्यालय पढ्ने १२ वर्षमुनिका बालबालिकासमेत फसिरहेको तथ्य सार्वजनिक भएको छ।
प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त निर्वाचन र मतदाता नामावलीसम्बन्धी विधेयक राष्ट्रियसभाको बैठकबाट बहुमतले पारित भएका छन्।
प्रधानमन्त्री वालेन्द्र शाहले भारतले नेपाली भूमि मात्र नभई नेपालले पनि भारतको भूमि मिचेको आफूले थाहा पाएको बताएका छन्।
आईएमएफको कडा शर्त र पश्चिम एशियाको तनावका बीच आर्थिक संकटग्रस्त श्रीलंकाले पेट्रोल र डिजेलको मूल्यमा ६ प्रतिशतसम्म वृद्धि गरेको छ।
लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।
पछिल्लो दुई दिनदेखि देशभर जारी मौसम बदली र भारी वर्षाका कारण नेपालका विभिन्न भागमा तापक्रम उल्लेख्य रूपमा घटेको छ।
काठमाडौँ महानगरभित्र दर्ता भएका सहकारीमध्ये एक हजारभन्दा बढी संस्था सम्पर्कबाहिर रहेको, तिनीहरूलाई कानूनअनुसार कारबाही गर्न र ऋण असुलीमा सहजीकरण गर्न महानगरले वडा महिला सञ्जाललाई जिम्मेवारी दिएको छ।
आगामी आर्थिक वर्षको बजेटमा सरकारले पहिलोपटक ‘सौम्य शक्तिको परिचालन’ कार्यक्रम समावेश गर्दै नेपालको प्राकृतिक, सांस्कृतिक र शान्तिवादी छविलाई आर्थिक समृद्धिको आधार बनाउने नीति अगाडि सारेको छ।
लाओसको एउटा दुर्गम गुफामा बाढीका कारण दश दिनदेखि फसेका सात जनामध्ये थप चार जनालाई शनिबार उद्धारकर्ताहरूले सकुशल बाहिर निकालेका छन्।
एसियन गेम्स छनोट
एसियन गेम्स महिला क्रिकेट छनोट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा नेपालले घरेलु टोली मलेसियासामु १२७ रनको लक्ष्य प्रस्तुत गरेको छ।
एसियन गेम्स छनोट
नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला क्रिकेट छनोट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्दैछ।
उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा नेपाल नजिक फैलिएको न्यून चापीय रेखाको प्रभावका कारण देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ।
सूचना प्रविधि क्षेत्रलाई ‘राष्ट्रको नयाँ आर्थिक इन्जिन’ का रूपमा स्थापित गर्ने घोषणा गर्दै सरकारले सूचना प्रविधि सेवाको निर्यातबाट आर्जित आम्दानीमा ५० प्रतिशत कर छुट दिने व्यवस्था गरेको छ ।
सरकारले सरकारी सेवामा कार्यरत राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि गरेको छ।
सरकारले चालु आर्थिक वर्षको संशोधित अनुमानको तुलनामा २५ प्रतिशतले आकार बढाएर आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नयाँ बजेट विनियोजन गरेको छ।