महासन्धि अनुमोदन भएको १६ वर्षपछि नेपाल सरकारले विभिन्न समुदायका थप पाँच वटा अमूर्त सांस्कृतिक सम्पदालाई राष्ट्रिय सूचीकरण गर्दै संरक्षणको प्रक्रिया अघि बढाएको छ।
नेपालमा सामान्यतया जुन १३ मै भित्रिसक्नुपर्ने मनसुन यस वर्ष पश्चिमी वायुको सक्रियता र प्रशान्त महासागरमा विकसित ‘एल निनो’को प्रभावका कारण केही दिन ढिलो गरी भित्रिने भएको छ।
लागूऔषध नियन्त्रण ब्युरोले काठमाडौँको ठमेलबाट पेटभित्र लुकाएर ल्याएको १ किलो ५०० ग्राम कोकिनसहित एक सेनेगाली पुरुष र कोकिन बुझ्न दिल्लीबाट आएका दुई जना भारतीय महिलालाई पक्राउ गरेको छ।
विश्वकप शुरू हुनुअघि नै राजनीतिक तनाव, भिसा विवाद र विरोध प्रदर्शनले इरानको तयारी प्रभावित भए पनि खेलाडीहरू बाहिरी प्रचारमा नअल्मलिई खेलमा केन्द्रित हुने मुख्य प्रशिक्षक अमिर घालेनोईले बताएका छन्।
धितोपत्र बजारमा सोमबार नेप्से परिसूचक १२.२६ अंकले घटेर २७११.७६ को बिन्दुमा कायम भएको छ।
सवारी दुर्घटनामा परी दाङ, ललितपुर र सल्यानमा तीन जना जनाको मृत्यु भएको छ।
म्याग्दीको मालिका गाउँपालिका–२ रुमका महिलाहरू जंगलमा खेर जाने अल्लोको पुवा प्रशोधन गरी विभिन्न सामग्री उत्पादन गर्दै स्वरोजगार र आत्मनिर्भर बन्न थालेका छन्।
राष्ट्र बैंकको अध्ययनले मुलुकको औद्योगिक विकासका लागि दक्ष प्राविधिक जनशक्तिको अभाव, उच्च उत्पादन लागत र उत्पादित वस्तुका लागि उपयुक्त बजार नहुनुलाई प्रमुख चुनौतीका रूपमा देखाएको छ।
अमेरिकासँग हुन लागेको भनिएको सम्झौताले तेहरानको रणनीतिक प्रभाव कमजोर पार्ने भन्दै इरानका विभिन्न शहरमा कूटनीतिज्ञहरूविरुद्ध प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्।
२४ वर्षपछि विश्वकप उपाधि जित्ने लक्ष्यका साथ अमेरिका पुगेको ब्राजिल पहिलो खेलमा अफ्रिकी देश मोरक्कोसँग बराबरीमा रोकिएको छ।
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक विकास कार्यक्रममार्फत देशका एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन तथा निर्माणका लागि ६७ करोड एक लाख रुपैयाँ विनियोजन गरेको छ।
युद्ध अन्त्यका लागि अमेरिका र इरानबीच २४ घण्टाभित्र सम्झौता हुन सक्ने दाबी मध्यस्थकर्ता पाकिस्तानले गरेको छ।
हुम्लाको सर्केगाडमा कर्णाली करिडोरमा माथिबाट अचानक ढुंगा खसेर लाग्दा गाईगोरु चराउन जंगल गएकी १५ वर्षीया किशोरीको मृत्यु भएको छ।
काभ्रेको नमोबुद्धमा आठ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनाको छानबिनका लागि नेपाल प्रहरीले वरिष्ठ उपरीक्षक कमल थापाको संयोजकत्वमा समिति गठन गरेको छ।
भौतिक पूर्वाधार, आवश्यक बजेट र प्राविधिक जनशक्तिको अभावमा पश्चिम नवलपरासीका विभिन्न अस्पतालमा करोडौँ मूल्यका डायलासिस मेसिनहरू प्रयोगविहीन बनेका छन्।
सेन्टर फर अमेरिकन मेडिकल स्पेसलिस्ट (क्याम्स)ले शनिबार काठमाडौँको शंखमूलस्थित उजामा क्याफेमा निःशुल्क स्वास्थ्य जाँच गर्ने भएको छ।
नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ।
मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल-चखेवाभञ्ज्याङ खण्डमा माथिबाट झरेको पहिरोसहितको बाढीले सडक बगाएपछि तीन दिनदेखि यातायात आवागमन अवरुद्ध भएको छ।
ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका क्रममा कर्मचारीको संलग्नता र नक्कली कागजात प्रयोग भएको विषयमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ।