AnonymousUser

Logout

इरानमाथि प्रतिबन्ध लगाउने राष्ट्रसंघको तयारी

प्रतिबन्धले इरानको आणविक तथा मिसाइल विकासमा संलग्न व्यक्ति, संस्था र कम्पनीहरूसँग विश्वव्यापी व्यापारमा रोक लगाउनेछ।

खोकनावासीले मनाए सिकाली जात्रा [तस्वीरहरू]

ललिनपुरको खोकनाका नेवार समुदायले सिकाली जात्रालाई मुख्य पर्वका रूपमा मनाउने गरेका छन्।

सर्लाहीमा सवारी दुर्घटनामा २ जनाको मृत्यु, १ गम्भीर

हुलाकी सडक हुँदै पर्साबाट भेल्ही आउँदै गरेको भारतीय नम्बर भएको स्कर्पियोले मोटरसाइकललाई ठक्कर दिएको थियो। उक्त मोटरसाइकलमा तीन जना सवार थिए।

कोशी, बागमती र गण्डकीमा मध्यम वर्षाको सम्भावना

दिउँसो पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।

धनुषामा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा २ को मृत्यु

धनुषामा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

माओवादीको केन्द्रीय समिति भंग, मंसिरमा विशेष महाधिवेशन

बैठकले महाधिवेशन आयोजक समितिको संयोजकको जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई दिने निर्णय गरेको छ। पार्टीका मौजुदा केन्द्रीय सदस्यहरू नै उक्त आयोजक समितिका सदस्य रहनेछन्।

जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दी खोज्न कार्यदल गठन

फरार कैदीबन्दीको खोजी अभियानलाई तीव्र पार्न गृह मन्त्रालयले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा 'फरार बन्दी खोजी तथा पक्राउ कार्यदल' गठन गरेको छ।

दशैँमा यात्रा गर्न मुख्य राजमार्ग सहज, अवरुद्ध बाटो खुलाउने प्रयास जारी

सडक विभागले देशभरका अधिकांश मुख्य राजमार्गको पहिरो पन्छाएर सुधारको काम भइसकेकाले अब यात्रुहरूले सास्ती भोग्न नपर्ने विभागले जनाएको छ।

शान्तिसुरक्षा र सुशासनका सवालमा गम्भीर बन्न मानव अधिकार आयोगको आग्रह

भ्रष्टाचार अन्त्य र सुशासन स्थापनाका अजेन्डासहित गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा भएको जनधनको क्षति र घटनापश्चात् मानव अधिकारको अवस्थाका बारेमा आयोगले देशभर निरन्तर अनुगमन गरिरहेको जनाएको छ।

रामेछापमा ४ म्याग्निच्यूडको भूकम्प

रामेछापको भटौली केन्द्रविन्दु भएर शुक्रबार दिउँसो भूकम्पको गएको छ।

साप्ताहिक ब्रिफिङः पार्टी खोल्ने ‘मुड’मा छैनन् बालेन, कसरी जुट्ला पुनर्निर्माणको स्रोत?

यो साता उकालोमा ‘अनि डा. संगीता मिश्राको नियुक्ति रोकियो’, ‘पार्टी खोल्ने‘मुड’मा छैनन् बालेन’, ‘क्षतिग्रस्त संरचना: कसरी जुट्ला पुनर्निर्माणको स्रोत?’, ‘कसरी लुटपाटमा परिणत हुन्छ आन्दोलन?’ लगायतका समाचार चर्चामा रहे।

जेन–जी आन्दोलनबारे ठूला स्टोरी लेख्न नेपाली मिडिया चुके : अनुप काफ्ले

‘अहिले नयाँ पुस्ताको असन्तुष्टि भ्रष्टचारमा थियो, तर त्यसमा अरू पनि कुरा जोडिएका थिए। मानिसहरू समानता खोजिरहेका थिए। नेपो किड्स ट्रेन्डमा बेरोजगारका कथाहरू आएका थिए। यस्ता कथा लेखिनुपर्छ।’

अर्थ मन्त्रालयमा शुरू भयो एकीकृत कार्यालय व्यवस्थापन प्रणाली

यस प्रणाली कार्यान्वयनबाट निर्णय प्रक्रियामा शीघ्रता, खर्चमा मितव्ययिता, कार्य प्रक्रियामा पारदर्शिता र जबाफदेहिता अभिवृद्धि हुने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ।

बीमा प्राधिकरण अध्यक्षको जिम्मेवारी जनकराज शर्मालाई

सर्वोच्चको अन्तरकालीन आदेशमा शरद ओझालाई निलम्बन गर्ने असार ३० गतेको निर्णय कार्यान्वयन नगर्न नभनिएकाले निलम्बन कायमै रहेको व्याख्या गरी सरकारले जनकराज शर्मालाई तत्कालका लागि जिम्मेवारी दिएको छ।

कस्तो छ सूर्यविनायक–धुलिखेल सडक? [तस्वीरहरू]

सडको काममा ढिलाइ हुँदा दशैँको समयमा सो सडक भएर यात्रा गर्ने यात्रुले धुवाँ, धूलो र हिलो झेल्नु परेको छ।

एशिया कपको उपाधिका लागि भारत र पाकिस्तान भिड्ने

पाकिस्तानले दिएको १३६ रनको लक्ष्य पछ्याएको बांग्लादेशले २० ओभरमा ९ विकेट गुमाएर १२४ रन मात्र बनाउन सक्यो।

पहाडी भूभागमा मध्यम वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

ओभरटेक गर्ने क्रममा मोटरसाइकल ट्रकसँग ठोक्किँदा १ जनाको मृत्यु

ओभरटेक गर्ने क्रममा मोटरसाइकल ट्रकसँग ठोक्किँदा मोटरसाइकलको पछाडि सवार एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

कैदीबन्दी र बालबन्दी बाहेकका मृतकका परिवारलाई मात्रै आर्थिक सहायता

मन्त्रिपरिषद्को बैठकले गत भदौ २३ र २४ को जेनजी प्रदर्शनका क्रममा मृत्यु भई पहिचान भएका कैदीबन्दी र बालबन्दी बाहेकका परिवारलाई मात्रै आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।

स्टक एक्सचेन्जको पुनर्संरचना गर्न सुझाव

पुँजी बजार सुधारका लागि गठित कार्यदलले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को पुनर्संरचना गर्न प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत पुँजी वृद्धि गर्न सुझाव दिएको छ।