AnonymousUser

Logout

काठमाडौँको भीमसेनस्थान नजिक आगलागी

दमकल, सेना प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा आएको र क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

एशिया कपको उपाधि भारतलाई

पाकिस्तानले दिएको १४७ रनको लक्ष्य भारतले १९.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो।

जेनजी आन्दोलन जाँचबुझ आयोगको निर्णयप्रति एमालेको आपत्ति

एमालेले भदौ २४ को घटनामा संलग्न दोषीहरूलाई कारबाही अगाडि नबढाउन गृह मन्त्रालयले नेपाल प्रहरीलाई दिएको निर्देशनप्रति पनि ध्यानाकर्षण भएको जनाएको छ।

चार डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस

गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिले नेपाल प्रहरीका चार जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस गरेको छ।

पूर्वप्रधानमन्त्री ओलीसहित पाँच जनाको विदेश भ्रमणमा रोक

जेनजी आन्दोलन जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको विदेश भ्रमणमा रोक लगाउन र आयोगको स्वीकृतिबिना काठमाडौँ उपत्यका नछाड्ने व्यवस्था मिलाउन सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय गरेको छ।

रुसी ड्रोन र क्षेप्यास्त्र आक्रमणबाट किभमा ४ जनाको मृत्यु

राजधानी किभका सैन्य प्रशासन प्रमुख तैमुर टाकाचेन्कोले प्रारम्भिक रिपोर्टअनुसार चार जनाको मृत्यु पुष्टि भएको बताए। राजधानी वरपरको क्षेत्रमा कम्तीमा २७ जना घाइते भएको सैन्य प्रशासनले जनाएको छ।

तोलामा ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मूल्य २ लाख २३ हजार २०० रुपैयाँ तथा त्यति नै परिमाणको चाँदीको मूल्य २ हजार ८१० रुपैयाँ निर्धारण भएको छ।

सल्यानमा सवारी दुर्घटना, ३ जनाको मृत्यु

रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाबाट दाङको घोराही जाँदै गरेको गाडी सल्यानको कपुरकोट गाउँपालिका– ३ चोरखोलामा दुर्घटना भएको छ।

जेनजी आन्दोलन: बीमा दाबी २३ अर्ब ३९ करोड

सम्पत्ती बीमा ५९४, मोटर बीमा दुई हजार २०९, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमा १४४, परिवहन बीमा ११ र अन्य बीमाका ३० वटा आवेदन परेको छ।

कोशी र बागमतीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

राति कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदली रहनेछ।

वेस्ट इन्डिजमाथि नेपालको ऐतिहासिक जित

नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो।

दशैँ अवधिभर मनसुनी वायुको प्रभाव कायमै रहने

दशैँ अवधिभर मनसुनी वायुको प्रभाव रहने भएकाले मौसमको अद्यावधिक जानकारी लिई आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ।

मोटरसाइकल दुर्घटनामा एक अस्ट्रेलियाली नागरिकको मृत्यु

सिन्धुपाल्चोकको भोटेकोशीमा मोटरसाइकल दुर्घटनामा घाइते भएकी एक अस्ट्रेलियाली महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

एमाले सचिवालय बैठक आइतबार, कांग्रेस केन्द्रीय समिति असोज २६ मा

एमालेले आइतबार दिउँसो १ बजे सचिवालय बैठक बोलाएको छ भने नेपाली कांग्रेसले असोज २६ गते केन्द्रीय कार्यसमितिको बैठक डाकेको छ।

चाडपर्वलक्षित सुरक्षा : देशभर ५० हजार सुरक्षाकर्मी परिचालन

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार चाडपर्वलक्षित सुरक्षाका लागि आवश्यकताका आधारमा ड्रोन र तालिमप्राप्त कुकुरको प्रयोग गरिनेछ भने सादा पोसाकमा समेत प्रहरी परिचालन गरिनेछ।

अन्तर्राष्ट्रिय दबाबबीच नेतान्याहुको अडान: हमासविरुद्धको युद्ध जारी रहन्छ

अन्तर्राष्ट्रिय विरोधका बीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले संयुक्त राष्ट्र महासभाको सम्बोधनका क्रममा गाजामा हमासविरुद्धको युद्ध जारी राख्ने अडान दोहोर्‍याएका छन्।

प्रदर्शनका घाइतेको उपचार गर्न ‘जेनजी क्लिनिक’ सञ्चालन गरिने

सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचारलाई सहज र प्रभावकारी बनाउन 'जेनजी क्लिनिक' सञ्चालन गर्ने भएको छ।

काम नगरी वर्षौंसम्म अलपत्र परेका २३४ सडक र पुलका ठेक्का तोडिँदै

संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय मातहतका सडक डिभिजन कार्यालय, हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गका रुग्ण अवस्थामा रहेका ठेक्का तोड्न लागिएको हो।

‘घाइतेलाई शरीरको भन्दा आन्दोलनको म्यान्डेटको चिन्ता छ’

मन्त्री महावीर पुनले ट्रमा सेन्टरमा उपचाररत जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्दा उनीहरूले आफ्नो व्यक्तिगत स्वास्थ्यभन्दा बढी आन्दोलनको माग पूरा हुने/नहुनेबारे चिन्ता व्यक्त गरेको बताएका छन्।

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक

परीक्षामा ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण अर्थात् ग्रेडेड भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए।