AnonymousUser

Logout

नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि, कारोबार रकम भने घट्यो

आइतबार नेप्से परिसूचक ५.१९ अंकले बढेर २५०९.०४ बिन्दुमा कायम भएको छ।

नवनियुक्त २ मन्त्रीले लिए शपथ, १० सदस्यीय बन्यो मन्त्रिपरिषद्

नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतम र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

नवलपुरमा तिहार अवधिमा २६ सवारी दुर्घटना, चार जनाको मृत्यु

कात्तिक १ देखि ८ गतेसम्म २६ वटा मोटरसाइकल, आठ वटा स्कुटरसहित तेलको ट्यांकर तथा अटो रिक्सालगायत ६ वटा सवारीसाधन दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

तीन महिनामा करिब चार खर्बको व्यापार घाटा

तीन महिनामा सबैभन्दा बढी पेट्रोलियम पदार्थ आयात भएको छ। यसै अवधिमा १३ अर्ब ६२ करोड ७५ लाख रुपैयाँ बराबरको स्मार्टफोन पनि आयात भएको छ।

तिहारपछि ११ हजार ६०० ले घट्यो सुनको मूल्य

तिहारपछि सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँ र चाँदी तोलामा २६५ रुपैयाँले घटेको हो।

अमेरिकी राष्ट्रपति ट्रम्प मलेसियामा

एक हप्ता लामो एशिया भ्रमणका दाैरान ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग पनि भेट गर्नेछन्। उनको यस भ्रमणलाई धेरै देशले चासोका साथ हेरिरहेका छन्।

विश्वकप लिग–२ : आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएई शृंखलाको पहिलो खेलमा आज नेपालले बलियो टोली अमेरिकासँग प्रतिस्पर्धा गर्ने भएको छ।

आगलागीका घटनामा वृद्धि, सावधानी अपनाउन आग्रह

मनसुन सकिएर वर्षा हुन छाडेपछि देशव्यापी रूपमा आगलागीका घटनामा वृद्धि भएको प्राधिकरणले जनाएको छ।

कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा वर्षाको सम्भावना

कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

विपिन जोशीको सम्झनामा ‘विपिन चोक’ नामकरण

इजरायल–हमास युद्धमा हमासद्वारा अपहरणपश्चात् ज्यान गुमाएका विपिन जोशीको सम्झनामा 'विपिन चोक' नामकरण गरिएको छ।

चिनियाँ दुर्लभ खनिजमाथिको निर्भरता अन्त्य गर्ने ईयूको घोषणा

अप्रिलदेखि बेइजिङले केही निश्चित निर्यातका लागि लाइसेन्स अनिवार्य गरेको छ, जसले विश्वव्यापी उत्पादन क्षेत्रहरूमा तरंग सिर्जना गरेको छ।

मनाङमा लेक लागेर भरियाको मृत्यु

मनाङ नार्पाभूमि गाउँपालिका–४ काङ्ला फेदीबाट पर्यटकको भारी बोकेर फर्कने क्रममा लेक लागेर शनिबार एक जनाको मृत्यु भएको छ।

धर्ना–जुलुस नगरी वार्ताको माध्यमबाट समाधान खोज्न गृह मन्त्रालयको आग्रह

गृह मन्त्रालयले आन्दोलनका कार्यक्रमले देशमा अस्थिरता निम्त्याउन खोज्ने ‘स्वार्थ समूह’लाई घुसपैठ गर्ने मौका दिई अशान्ति एवं अराजकता बढाउन सक्ने भन्दै आयोजकलाई सचेत गराएको छ।

असोजमा अन्नपूर्ण क्षेत्रमा भित्रिए ३० हजार पर्यटक

असोजमा ३० हजार ५४७ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन्। कार्यालयले अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्रै तथ्यांक राख्ने गरेको छ।

थाइल्यान्डकी मुमा महारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

थाइल्यान्डकी पूर्वमहारानी तथा वर्तमान राजा महा वजिरालङ्कोर्नकी आमा, मुमा महारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन भएको छ।

पोखरामा सामान्य विवादमा कुटपिट हुँदा एक जनाको मृत्यु

हत्या अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

लिग-२ का लागि राहुल चोप्राको नेतृत्वमा यूएई क्रिकेट टोलीको घोषणा

अंक तालिकामा पुछारमा रहेको यूएईले राहुल चोप्रा कप्तान नियुक्त भएपछि खेलेका ९ ओडीआईमध्ये दुईवटामा मात्र जित हासिल गरेको छ। राहुल एक वर्षअघि मुहम्मद वासिमलाई विस्थापित गर्दै कप्तान भएका थिए।

आन्दोलनमा पुर्‍याइएको 'क्षति कारण' हायात रेजेन्सी अनिश्चितकालका लागि बन्द

जेन-जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट क्षति पुगेको कारण मर्मत गर्नुपर्ने भन्दै हायात रेजेन्सीले होटल बन्दको घोषणा गरेको छ। त्यहाँ कार्यरत मजदुरलाई पनि काममा नआउन भनिएको छ।

'थ्री नेसन्स कप'को पहिलो खेलमा नेपाल इरानसँग पराजित

नेपाली महिला राष्ट्रिय फुटबल टिम 'थ्री नेसन्स कप'को पहिलो खेलमा इरानसँग ३-० को गोल अन्तरले पराजित भएको छ।

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु, १० घाइते

बाँफीकोट गाउँपालिका–७ लिस्नेस्थित भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु भएको छ।