AnonymousUser

Logout

मतदाता नामावलीको म्याद थप्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी म्याद थपका लागि निर्वाचन आयोगलाई आग्रह गरेकी छन्।

उपल्लो डोल्पामा हिउँमा फसेका ५ प्रहरीको उद्धार

उपल्लो डोल्पामा हिउँमा फसेका पाँच जना प्रहरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

साप्ताहिक ब्रिफिङः बहुविपद् सामना गरिरहेको मुस्ताङ, भ्रष्टाचार रोक्न चाहे सतर्कता केन्द्र नै काफी

यो साता उकालोमा, ‘भट्टचन–शेरचनले प्रभु बैंकमा दुरुपयोग गरेको २७ करोड’, ‘गिरीबन्धुमा ‘एडभान्स’ लेनदेनको हिसाब सल्टाउँदै मलहोत्रा’, ‘पानी पर्नासाथ किन एकैसाथ अवरुद्ध हुन्छन् राजमार्ग?’लगायतका समाचार चर्चामा रहे।

सन्तोष परियारले छोडे रास्वपा

रास्वपाका सचिवालय सदस्य सन्तोष परियारले 'फरक राजनीतिक अभियानमा सक्रिय हुनुपर्ने' कारण देखाउँदै पार्टी परित्याग गरेका छन्।

चितवन मेडिकल कलेजमा ‘रोबोटिक सर्जरी

डा. गुरुङका अनुसार, रोबोटिक शल्यक्रिया गर्दा बिरामीको सानो भागमा मात्र प्वाल पारिन्छ। यसैले शरीरमा शल्यक्रिया गर्दाको दाग निकै सानो हुने र अन्य शल्यक्रियाको तुलनामा बिरामी छिटो निको हुने उनले बताए।

जेन–जी प्रदर्शनका घाइतेलाई चार प्रकारमा वर्गीकरण

प्रदर्शनका क्रममा घाइते भएकाको  वर्गीकरण गर्न गठित प्राविधिक समितिले चोटपटकको आधारमा ४ प्रकारमा विभाजन गरेको हो।

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।

फोटो काठमाडौँको छैटौँ संस्करण आजदेखि शुरू

काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा एक महिनासम्म चल्ने यो महोत्सवमा १८ वटा प्रदर्शनी, स्लाइड सो प्रोजेक्सन, कार्यशाला लगायत कार्यक्रम रहनेछन्।

विविध चेतनामूलक कार्यक्रमका साथ आज विश्व मधुमेह दिवस मनाइँदै

मधुमेहको रोकथाम र उपचारका लागि आफ्ना स्वास्थ्य प्रणालीअनुसार राष्ट्रिय नीति निर्माण गर्न सबै सदस्य राष्ट्रलाई राष्ट्रसंघले प्रोत्साहन गर्दै आएको छ।

मैत्रीपूर्ण खेलमा नेपाल र बांग्लादेशबीच बराबरी

नेपाल र बांग्लादेशबीचको मैत्रीपूर्ण खेल २–२ गोलको बराबरीमा सकिएको छ।

देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ।

रवि र छविको मुद्दामा सर्वोच्चको सक्कल मिसिल झिकाउन उच्च अदालतको आदेश

उच्च अदालत तुलसीपुर, बुटवल इजलासले रवि लामिछाने र छविलाल जोशीको मुद्दामा सर्वोच्च अदालतबाट सक्कल प्रमाण मिसिल झिकाउन आदेश दिएको छ।

जनस्वराज पार्टीलाई मान्यता दिन अस्वीकार

सर्वोच्चले ऐन संशोधन अध्यादेश आएर निष्क्रिय भइसकेको अवस्थामा साबिककै ऐनको प्रावधान कायम रहेको मान्नुपर्ने भन्दै जनमत पार्टी फुटेर बनेको जनस्वराज पार्टीलाई मान्यता दिन अस्वीकार गरेको छ।

प्रधानमन्त्रीले सरोकारवालासँग गरिन् अन्तर्निर्वाचन क्षेत्र मतदानको सम्भावनाबारे छलफल

प्रधानमन्त्री कार्कीले परम्परागत निर्वाचन प्रणालीमा सुधार नभए जेन-जी आन्दोलनको अर्थ नहुने भन्दै निर्वाचन प्रक्रियामा सन्देशयुक्त सुधारको आवश्यकतामा जोड दिइन्।

हेटौँडाबाट ठूलो परिणामको ट्रामाडोलसहित ५ जना पक्राउ

प्रहरीले हेटौँडा उपमहानगरपालिका–५ सानोपोखराबाट प्रतिबन्धित लागुपदार्थ ट्रामाडोल ८ हजार ३०० क्याप्सुलसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ।

मधेशका सभामुख मण्डलविरुद्ध प्रदेशसभामा प्रस्ताव दर्ता

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलविरुद्ध सात दलका ६४ सांसदले मधेश प्रदेशसभामा ‘पदअनुकूल आचरण नगरेको प्रस्ताव’ दर्ता गराएका छन्।

नेपाल-भारत पारवहन प्रोटोकल संशोधन, अब सबै प्रकारका कार्गो ढुवानी गर्न सकिने

संशोधित प्रोटोकलले सीमित चार बल्क सामानको सट्टा अब सबै प्रकारका कार्गो सामान रेल र सडक दुवै मार्गबाट ढुवानी गर्न पाउने व्यवस्था गरेको छ।

अमेरिकी करको प्रभाव घटाउन भारतको ५ अर्ब डलरको निर्यात प्रवर्द्धन योजना

पाँच अर्ब डलरको एकीकृत कार्यक्रम सन् २०३०–३१ सम्म जारी रहनेछ। यसले विगतका विभिन्न योजनालाई एकीकृत गर्दै साना तथा मध्यम उत्पादकलाई सस्तो व्यापार वित्त दिएर अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड पूरा गर्न सहजीकरण गर्नेछ।

डेडिकेटेड र ट्रंक लाइन बक्यौता: ३५ उद्योगबाट २३ करोड ८७ लाख रुपैयाँ असुल

डेडिकेटेड र ट्रंक लाइनको प्रिमियम महसुल बक्यौताबापत ३५ उद्योगबाट नेपाल विद्युत् प्राधिकरणले २३ करोड ८७ लाख रुपैयाँ असुल गरेको छ।

प्रधानमन्त्रीले मागिन् जेनजी आन्दोलनबाट भएको क्षतिको एकीकृत विवरण

प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका क्रममा मन्त्रिपरिषद्को कार्यालयसहित अन्य निकायमा भएका तोडफोड र आगजनीबाट भएको क्षतिको एकीकृत विवरण यथाशीघ्र अद्यावधिक गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिएकी छन्।