AnonymousUser

Logout

निगममा करार–ज्यालादारी कर्मचारी ६०० जना, हटाइयो ६ जनालाई

करार र ज्यालादारी कर्मचारीको संख्या उल्लेख्य रहे पनि प्राथमिकता हेरिकन सरकारको निर्देशनअनुसार प्रक्रियागत रूपमा कटौती गर्दै लगिने निगमले जनाएको छ।

विश्व निमोनिया दिवस मनाइँदै, रोकथाम र सशक्त स्वास्थ्य प्रणालीमा जोड

दिवसका अवसरमा ‘बालबालिका बचाऔँ सशक्त स्वास्थ्य प्रणाली, रोकथाम र उपचारमा लगानी गरौँ’ नाराका साथ विभिन्न अस्पताल एवं स्वास्थ्य संस्थामा चेतनामूलक कार्यक्रम हुने जनाइएको छ।

सुरेश यक्सोको कथासंग्रह ‘पेनिबा’ विमोचित

कथाकार सुरेश यक्सोको कथासंग्रह ‘पेनिबा’ काठमाडौँमा मंगलबार विमोचन भएको छ।

अर्घाखाँची सिमेन्टको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

सर्वोच्च अदालतले डेडिकेटेड तथा ट्रङ्कलाइन महसुलसम्बन्धी विवादमा अर्घाखाँची सिमेन्टले दायर गरेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

जेनजी आन्दोलनबाट भएको क्षतिमा निर्जीवन बीमा कम्पनीले गरे ३ अर्ब ६८ करोड भुक्तानी

नेपाल पुनः बीमा कम्पनीले पनि निर्जीवन बीमा कम्पनीलाई जेनजी आन्दोलनका क्रममा भएका क्षतिको दाबी भुक्तानीका लागि करिब २ अर्ब ४८ करोड १० लाख रुपैयाँ अग्रिम भुक्तानी उपलब्ध गराएको छ।

‘उज्यालो नेपाल पार्टी’ले आयोगमा बुझायो अद्यावधिक विवरण

ऊर्जामन्त्री कुलमान घिसिङको अग्रसरतामा गठित 'उज्यालो नेपाल पार्टी'ले निर्वाचन आयोगमा पूर्वऊर्जा सचिव अनुप उपाध्यायको अध्यक्षतामा केन्द्रीय समितिको अद्यावधिक विवरण बुझाएको छ।

गोरुसिंगे–सन्धिखर्क सडक ६ घण्टा बन्द हुने

सडक मर्मत तथा स्तरोन्नतिका लागि गोरुसिंगे सन्धिखर्क सडक दैनिक ६ घण्टा बन्द हुने भएको छ।

अन्नपूर्ण क्षेत्रमा १० महिनामा भित्रिए दुई लाख ४६ हजार पर्यटक

सबैभन्दा बढी अप्रिलमा ४४ हजार ७६३ पर्यटक आएकामा जनवरीमा सबैभन्दा कम नौ हजार ३५९ पर्यटक भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ।

मधेशमा मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले संवैधानिक प्रश्न उठेको जनाउँदै मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध मुद्दाको टुंगो नलागेसम्म दीर्घकालीन नीतिगत निर्णय नगर्न अन्तरिम आदेश दिएको छ।

पाकिस्तानको अदालतबाहिर विस्फोट हुँदा १२ जनाको मृत्यु, २७ घाइते

पाकिस्तानको राजधानी इस्लामाबादको जिल्ला अदालतबाहिर भएको आत्मघाती विस्फोटमा १२ जनाको मृत्यु हुनुका साथै २७ जना घाइते भएको गृहमन्त्री मोहसिन नकवीले बताए।

नेप्से सामान्य बढे पनि कारोबार रकममा गिरावट

मंगलबार नेप्से परिसूचक ३.२१ अंकले बढेर २५६५.१६ को विन्दुमा कायम भएको छ।

त्रिविको जग्गा फिर्ता प्रक्रियामा प्रधानमन्त्रीले मागिन् प्रगति विवरण

प्रधानमन्त्री कार्कीले अपचलनमा परेको त्रिविको जग्गा खोजबिन प्रतिवेदन कार्यान्वयनको प्रगतिबारे जिज्ञासा राख्दै आगामी प्रक्रिया कसरी अगाडि बढ्छ भन्ने विषयमा चासो व्यक्त गरिन्।

अमेरिकी सरकारको इतिहासकै लामो ‘शटडाउन’ अन्त्यतर्फ

अक्टोबर १ बाट शुरू भएको ‘शटडाउन’ले करिब १० लाख संघीय कर्मचारी बेतलबी बने र सरकारले विभिन्न सेवा तथा सुविधा निलम्बित गर्‍यो। हालै हवाई यातायातमा दैनिक एक हजारभन्दा बढी उडान रद्द हुँदा सरकारमाथि राजनीतिक दबाब बढेको थियो।

राष्ट्र बैंकले उपदान कोषको ३ अर्ब ७० करोड लगानी गर्ने

बैंक तथा वित्तीय संस्थाले उक्त रकम लिनका लागि प्रस्ताव गरिएको ब्याजदरसहित आवेदन दिन राष्ट्र बैंकले आग्रह गरेको छ।

यस्तो रहनेछ मंगलबारको मौसम

दिउँसो कोशी र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

फाल्गुनन्दको १४१औँ जयन्ती मनाइँदै

किरात समाज सुधारमा पुर्‍याएको योगदानको कदर गर्दै फाल्गुनन्दलाई सरकारले २०६६ मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो।

दिल्लीको लाल किल्ला मेट्रो स्टेशननजिकै कारमा विस्फोट हुँदा ८ जनाको मृत्यु

नयाँ दिल्लीको लाल किल्ला मेट्रो स्टेशनको गेट नम्बर १ नजिकै कारमा विस्फोट हुँदा आठ जनाको मृत्यु र सात जना घाइते भएको सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

गर्भावस्थामा प्यारासिटामोल सेवन र शिशुमा अटिजमबीच कुनै सम्बन्ध छैन: अध्ययन

विस्तृत वैज्ञानिक समीक्षाले गर्भावस्थामा प्यारासिटामोल सेवन र शिशुमा अटिजम वा एडीएचडीबीच कुनै सम्बन्ध नभएको निष्कर्ष निकाल्दै अमेरिकी नेताहरूका दाबीहरूलाई खण्डन गरेको छ।

प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की

कार्कीले बिहीबारदेखि प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नेछन्। प्रहरी नियमावलीको अहिलेकै व्यवस्था कायम रहे उनी करिब २८ महिना प्रहरी नेतृत्वमा रहने छन्।

डोल्पाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मोटरबाटो स्तरोन्नति गर्ने क्रममा अनियमितता गरेको आरोपमा अख्तियारले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।