डिभिजन वन कार्यालय झापाले पूर्व–पश्चिम राजमार्गको उत्तर क्षेत्रमा हात्तीको बथान जिल्लामा प्रवेश गरेकाले सर्वसाधारणलाई सावधान रहन आग्रह गरेको छ।
मालढुंगा–बेनी सडक म्याग्दी र मुस्ताङका साथै पर्वतको जलजला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने र चीन र भारत जोड्ने नेपालको सबैभन्दा छोटो सडक कालीगण्डकी करिडोरअन्तर्गत पर्छ।
सुनको मूल्य तोलामा दुई लाख ४२ हजार ८०० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस वर्ष विभिन्न देशमा त्यहाँका जेन–जी युवाहरूले असमानता, लोकतान्त्रिक पतन र भ्रष्टाचार विरुद्ध विरोध प्रदर्शनहरू आयोजना गरेका छन्।
चालु आर्थिक वर्षको चार महिना पूरा भए पनि अझै २५ स्थानीय तहले बजेट प्रस्तुत गर्न सकेका छैनन्।
घरपझोङ गाउँपालिकास्थित थाक–पाँचगाउँ जोड्ने १०.५ किमीको चक्रपथ सडक निर्माण अन्तिम चरण पुगेको छ।
पुनर्निर्माणका लागि स्रोत जुटाउन अत्यावश्यक चालु कार्यक्रमबाहेकबाट खर्च कटौती गर्ने नीतिगत निर्णय लिई कार्यान्वयन गर्न सबै मन्त्रालयलाई निर्देशन दिइसकिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
निगमका अनुसार, पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य बढेको हो।
महोत्तरीमा विद्युत् विस्तारको काम गरिरहेका एक कामदारको करेन्ट लागेर मृत्यु भएको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको गैँडाकोटमा दिउँसो सवारीसाधनको अत्यधिक चाप र जामका कारण रातिको समयमा मात्र सडक विस्तारको काम भइरहेको छ।
नमूना मध्यवर्ती सामुदायिक वन जिल्लाका धेरै गैँडाको वासस्थानका रूपमा चिनिन्छ। यहाँ वन्यजन्तुका लागि वन क्षेत्रभित्र १७२ हेक्टर क्षेत्रफलको घाँसे मैदान निर्माण गरिएको छ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार नागरिक बचतपत्रमा ६.५ प्रतिशत र वैदेशिक रोजगार बचतपत्रमा ७.५ प्रतिशत वार्षिक ब्याजदर उपलब्ध हुनेछ।
जम्मू कश्मीरका डीजीपीले यस विष्फोटमा नौ जनाको मृत्यु हुनुका साथै २७ प्रहरीसहित जम्मा ३२ जना घाइते भएको बताएका छन्।
ती चिनियाँ नागरिकले विपन्न तथा विकट क्षेत्रका युवतीहरूलाई आफ्नो जालमा पार्ने गरेका र केहीलाई चीनसमेत पठाइसकेको खुल्न आएको छ।
बिहारमा सबैभन्दा लामो समयसम्म मुख्यमन्त्री रहेका नेता हुन् नीतीश। एनडीएले यसपटक पनि उनैलाई मुख्यमन्त्रीको रूपमा अघि सारेको छ।
प्राधिकरणका अनुसार गत बिहीबार मात्रै देशभर १६ स्थानमा आगलागीका घटना भएका छन्।
आयोगले उत्साहजनक सहभागिता र नागरिकको सुविधालाई ध्यानमा राख्दै मतदाता नामावली दर्ताको अवधि मंसिर ५ गतेसम्म थप गरेको जनाएको छ।
कारागार प्रशासक राजेन्द्र शर्माका अनुसार हालसम्म फरार रहेकामध्ये १८७ पुरुष र ११ महिला छन्। तीमध्ये ११ भारतीय र दुई चिनियाँ नागरिक रहेका छन्।
विशु सिञ्जालीले १३ पोल्यान्डेली पर्यटकलाई अल्टिट्युड राइडर्स प्रालिमार्फत नेपालमा मोटरसाइकल राइडको प्रलोभन दिई अनलाइनबाट विश्वासमा पारेर ठगी गरेको साइबर ब्युरोले जनाएको छ।
भ्रामक सम्पादन प्रकरणमा ट्रम्पका वकिलहरूले एक अर्ब डलर क्षतिपूर्तिको दाबीसहित बीबीसीलाई माफी माग्न चेतावनी दिएका थिए। यसको जवाफमा, बीबीसीले माफी मागे पनि क्षतिपूर्तिको माग अस्वीकार गरेको छ।