AnonymousUser

Logout

हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु, चितवनबाट विज्ञ टोली बोलाइयो

हात्तीको बारम्बारको जंगल प्रवेश र राजमार्गमा निस्कने क्रमका कारण पथलैया–निजगढ सडकखण्डमा दिनभर यातायात प्रभावित भएको छ।

दार्चुलामा भूकम्पको धक्का

दार्चुलामा सोमबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ।

शेयर बजारमा लगातार तेस्रो दिन गिरावट, कारोबार रकम पनि घट्यो

सोमबार नेप्से परिसूचक ४.१५ अंकले घटेर २५६१.९४ को विन्दुमा कायम भएको छ।

मधेशमा मुख्यमन्त्री नियुक्तिविरुद्ध ७४ सांसदको हस्ताक्षरसहित रिट दायरको तयारी

मधेश प्रदेशसभा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले मुख्यमन्त्री नियुक्तिविरुद्ध ७४ प्रदेश सांसदको हस्ताक्षरसहित अदालतमा रिट दायर गर्ने तयारीमा रहेको बताएका छन्।

प्रहरी कार्यालय आगजनी आरोपमा झापाबाट १० जना पक्राउ

झापा प्रहरीले जेनजी आन्दोलनका क्रममा भएका तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा दमकबाट चार र बिर्तामोडबाट ६ गरी दश जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।

आगामी निर्वाचनबारे पूर्वपदाधिकारीसँगको परामर्शमा आयोग

निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनलाई लक्षित गरी आयोगका पूर्वपदाधिकारी र पूर्वसचिवसँग परामर्श गरेको छ।

सुनचाँदीको मूल्य बढ्यो

नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले बढेको हो।

मधेश प्रदेशको मुख्यमन्त्रीमा यादव नियुक्त

लोसपाको नेतृत्वमा ५ दलीय गठबन्धन बनेकोमा नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीले समर्थन जनाउँदै मुख्यमन्त्री पदमा दाबी पेस गर्न कसरत गरिरहेका थिए।

म्यानचेस्टर सिटीसँग लिभरपुल ३-० ले पराजित

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले लिभरपुललाई ३-० गोल अन्तरले पराजित गरेको छ। ​​​​​​

यस्तो छ आजको माैसम पूर्वानुमान

दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ।

बगैँचाबाटै सुन्तला बिक्री, मूल्य बढ्दा नवलपुरका किसान उत्साहित

किसानहरूलाई पहिले आफैँले सुन्तला बजारमा पुर्‍याउँदा मूल्य निर्धारण र कुन ठाउँ लैजाने भन्ने चिन्ता हुन्थ्यो। तर अहिले गाउँबाटै मूल्य तय गरी व्यापारीको मागअनुसार पठाउन पाएकाले बिक्रीमा सहजता भएको छ।

निर्वाचन कानूनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्नुपर्ने माग

पहिलो संविधानसभा सदस्यसहितको टोलीले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर निर्वाचन कानूनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्नुपर्ने माग गरेको छ।

जेनजी आन्दोलनका क्रममा कपन प्रहरी प्रभाग लुटपाटको आरोपमा एक जना पक्राउ

प्रहरीले जेनजी आन्दोलनका क्रममा प्रहरी प्रभाग कपनमा लुटपाट गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

कात्तिक ३ गतेदेखि हराएका २ भारतीय पर्यटक मनाङमा मृत फेला

कात्तिक ३ गतेदेखि सम्पर्कविहीन भएका दुई भारतीय पर्यटकको मनाङस्थित मिलेरेपा गुम्बाभन्दा १०० मिटरमाथि हिउँले पुरिएको अवस्थामा शव फेला पारेको हो।

नक्कली भुटानी शरणार्थी प्रकरण: फरार निरञ्जन खरेल पक्राउ

सीआईबीका अनुसार, नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका निरञ्जनकुमार खरेलको भूमिका ठगीबाट संकलन गरिएको नगद तथा चेकमार्फत प्राप्त रकम जम्मा गर्ने र ओसारपसार गर्ने थियो।

अमेरिकामा ‘शटडाउन’को असर: धमाधम रद्द हुँदै हवाई उडान, यात्रुहरू समस्यामा

विज्ञहरूका अनुसार उडान रद्द हुने दर बढ्दै गए आगामी थ्याङ्क्सगिभिङ हप्तामा स्थिति अझ भयावह बन्न सक्छ। यसको असर हवाई यातायात मात्र नभई समग्र अर्थतन्त्रमा पनि पर्नेछ। पर्यटन क्षेत्रमा भने नकारात्मक प्रभाव देखिन थालिसकेको छ।

नेप्से परिसूचक ३० अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

आइतबार नेप्से परिसूचक ३०.०२ अंकले घटेर २५६६.०९ को विन्दुमा सीमित भएको छ।

काठमाडौँमा प्लास्टिकजन्य वस्तु बाल्न प्रतिबन्ध, अटेर गरे १० हजार जरिबाना शीर्षक

वातावरण र जनस्वास्थ्यमा पर्ने प्रतिकूल असर घटाउने उद्देश्यले कामपाको वातावरण विभागले महानगर क्षेत्रभित्र फोहोर र प्लास्टिकजन्य वस्तु बाल्न प्रतिबन्ध लगाएको जनाएको छ।

जापानमा ६.७ रेक्टरको शक्तिशाली भूकम्प, उत्तरपूर्वी तटमा सुनामीको चेतावनी

जापान मौसम विज्ञान एजेन्सीले करिब एक मिटर (तीन फिट) उचाइको सुनामी आउन सक्ने चेतावनी जारी गर्दै तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

लागुऔषधसहित पक्राउ गरेका व्यक्तिको घरबाट रिभल्वर बरामद

काठमाडौँ महानगरपालिका–१२, टेकुको ह्युमतबाट लागुऔषधसहित पक्राउ परेका व्यक्तिको घरबाट प्रहरीले दुई वटा रिभल्वर बरामद गरेको छ।