राष्ट्रिय सुरक्षा परिषद् बैठकले फागुन २१ गतेका लागि तय प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली सेना परिचालन गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको छ।
सीआईबीले ठगी तथा नेपाल राष्ट्र बैंक ऐनअन्तर्गतको कसुरमा प्रभु म्यानेजमेन्ट प्रालिका पूर्वशेयरधनी एवं हालका सहायक लेखा प्रमुख हेमकुमार महाजुलाई पक्राउ गरेको छ।
बाजुराको हिमाली गाउँपालिका–६ मा प्रसूति केन्द्रको भवन निर्माण गर्दा अनियमितता गरेको आरोपमा अख्तियारले स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन प्रमुख अशोककुमार सिंहसहित ६ जनाविरुद्ध मुद्दा तयार गरेको छ।
बिहीबार धौलागिरि लघुवित्त, बन्दिपुर केबलकार, झापा इनर्जी र सागर डिस्टिलरीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जेनजी समूहका प्रतिनिधिसँग फोनमार्फत सम्पर्क गरी छलफलमा बस्न आह्वान गरेका छन्।
काकी झ्याङका नामले परिचित उनको जिद्दीपनाले चीन सरकारको ५.३ अर्ब डलरको रेलवे परियोजनाको निर्माण कार्य दुई वर्षपछि धकेलियो।
अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका–४ पाँचखालस्थित सडकछेउमा हिँडिरहेका स्थानीय ६५ वर्षका दिलबहादुर श्रेष्ठको मृत्यु भएको हो।
लामो समयदेखि फिरोजा र निलो रङमा परिचित बर्दी अहिले फलामे–खैरो सर्ट र चकलेट–खैरो ट्राउजरमा रूपान्तरित गरिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ।
अन्तर्वार्ता
‘सर्वप्रथम, राज्य विदेशमा बसेका नेपालीसँग जोडिनुपर्यो। यहाँका विभिन्न संघसंस्थासँग सम्बन्ध बनाउनुपर्यो। राजदूतावास चुस्त हुनुपर्यो। यो काम भइरहेको छैन।’
बालाचतुर्दशी पर्वका अवसरमा गलेश्वरमा शत्बीज छर्न आएकाहरूले चोयाबाट निर्मित डाला, नाङ्ला र काठका ठेका–मदानी खरिद गरेर लैजाने गरेका छन्।
पहिलो संस्करणमा लुम्बिनीले सातमध्ये एक खेलमात्र जितेको थियो। चितवन प्लेअफसम्म पुगेको थियो।
राति कोशी, गण्डकी र कर्णालीका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने विभागले जनाएको छ।
मन्त्रालयद्वारा जारी विज्ञप्तिमा वर्तमान सरकार मुलुकमा शान्ति व्यवस्था र अमनचयन कायम गरी तोकिएको समयमै निर्वाचन गराउन प्रतिबद्ध रहेको स्पष्ट पारिएको छ।
नेपाली दूतावासले थाइल्यान्डका सम्बन्धित निकायको समन्वय र सहयोगमा उद्धार गरी आज नेपाल एअरलाइन्सको उडानमार्फत स्वेश फर्काएको हो।
साविक उपविजेता सुदूरपश्चिम रोयल्सले काठमाडौँ गोर्खाजमाथि २९ रनको जित हात पार्दै एनपीएलको दोस्रो संस्करणमा सुखद शुरूआत गरेको छ।
यस्ता अनुभव आदान प्रदान कार्यक्रमहरूले मित्रराष्ट्रका सेनाबीच रही आएको सैनिक सम्बन्ध अझ प्रगाढ हुने सेनाले विश्वास लिएको छ।
उनीहरूले एनपीएलमा सहभागी खेलाडीलाई स्पोन्सर गर्छाैँ भन्दै ह्वाट्सएप र इन्स्टाग्राममार्फत सम्पर्क गरी खेलको हारजित प्रभावित पार्न आर्थिक प्रलोभन देखाउने गरेका प्रहरीले जनाएको छ।
आज नेप्से परिसूचक ४.९८ अंकले घटेर २,५६१.०८ को बिन्दुमा कायम भएको हो।
डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार १४ महिनामा काम सम्पन्न गर्नेगरी पुनः ठेक्का आह्वान गरी निर्माण कम्पनीसँग सम्झौता गरिएको हो।