कांग्रेसले संकल्पपत्र सार्वजनिक कार्यक्रममा महामन्त्री विश्वप्रकाश शर्मा र डा. स्वर्णिम वाग्लेलाई मात्र बोल्न समय दिएको थियो। वाग्लेका लागि शर्मालाई भन्दा दोब्बर समय छुट्याइएको थियो।
उनले आफू कालोसूचीमा नरहेको भन्दै कालोसूचीमा भए देखाउन चुनौती दिए। उनले कर्जा सूचना केन्द्रको 'ब्ल्याकलिस्ट'मा आफ्नो नाम फेला परे जुनकुनै सजाय भोग्न आफू तयार रहेको बताए।
शनिबारदेखि मंगलबारसम्म नियमित चल्ने महोत्सवमा १३ युरोपेली र तीन नेपाली चलचित्र प्रदर्शन हुनेछन्।
यो सफलता मस्कले एकैपटक पाएका होइनन्। लामो समयको संघर्ष र धेरै कम्पनीको आर्थिक सफलताले पनि उनलाई संसारको सबैभन्दा धनी बनाएको हो।
मन्त्री भुसालले अर्को निर्वाचनमा आफू प्रत्यक्षतर्फको उम्मेदवार नबन्ने घोषणा गरेकी छन्।
बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म परेको आँधीहुरीसहितको मुसलधारे वर्षाले दक्षिणी फिलिपिन्सका तीनवटा शहर अधिक प्रभावित भएका छन्।
मिश्रले मंसिर ४ को निर्वाचनमा काठमाडौँ-१ बाट चुनिएर संसद् छिरेको अवस्थामा सांसद विकास कोषबाट बाँडिने रकम नलिने घोषणा गरेका छन्।
संविधानविद् डा. आचार्यले मतदातालाई 'राइट टू नो भोट'को अधिकार दिलाउन परमादेश जारी भएको उल्लेख गर्दै आयोगले सर्वोच्च अदालतको परमादेशको अवहेलना गरेको दाबी गरे।
ओलीले गत वर्ष तुइन काटेर जयसिंह धामीलाई मारिएको घटनामा जस्तै प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म भन्दै प्रश्न पनि गरेका छन्।
ताररहित इन्टरनेट उपलब्ध गराउन स्टारलिंकले स्याटेलाइटको नेटवर्कको मद्दत लिनेछ। यी स्याटेलाइटलाई पृथ्वीको सतहभन्दा ५५० देखि १२०० किलोमिटर माथि लोअर अर्थ अर्बिट (एलईओ) मा स्थापित गरिएको छ।
भृकुटीमण्डपमा नेपालमै पहिलोपटक उम्मेदवार मेला हुने भएको छ। मेलामा उपत्यकाभरिका प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवार उपस्थित रहने आयोजकको अपेक्षा छ।
कालिकोटको तिलगुफामा सकेट बम पड्किँदा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।
शीर्ष सत्तारूढ दल नेपाली कांग्रेसले शनिबार घोषणापत्र सार्वजनिक गरेको छ। घोषणापत्रमा कांग्रेसले ‘कोखदेखि शोकसम्म’का कार्यक्रम सार्वजनिक गरेको छ।
प्रहरीले आक्रमणकारी ४२ वर्षीय डेभिड डिपापेविरुद्ध हत्या, घातक हतियार, चोरीलगायतका आरोपमा मुद्दा चलाउने तयारी गरेको छ।
सत्तारूढ दल नेपाली कांग्रेस शनिबार निर्वाचन घोषणापत्र सार्वजनिक गर्दैछ। अहिले बिहान १० बजे पार्टी कार्यालयमा कांग्रेसले घोषणापत्र सार्वजनिक गर्न लागेको हो।
कार्ल बेन्जले विश्वकै पहिलो यात्रा गर्न योग्य कार बनाएका थिए तर मानिसहरूले उक्त कार यात्राका लागि योग्य भएको भन्ने नपत्याएपछि उनकी श्रीमतीले छोराहरूसँग पहिलोपटक कारको यात्रा तय गरेकी थिइन्।
समानुपातिकतर्फ चार करोड ५५ लाख मतपत्र तयार भई केही हिमाली जिल्लाबाहेक देशभर पुर्याइसकिएको छ। प्रत्यक्षतर्फ पनि आवश्यक चार करोडमध्ये दुई करोड छापिसकिएको छ।
जल तथा मौसम विज्ञान विभागले शनिबार देशका पहाडी भूभागमा आंशिक बदली रहने तथा केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताएको छ।
प्रधानमन्त्री देउवाले नेपालको साहित्य, संस्कृति र राजनीतिको विभिन्न आयामको साक्षीको रूपमा जोशी रहेकाले उनलाई नेपाल राष्ट्र र नेपाली जनताले कहिल्यै पनि नबिर्सने बताए।
महोत्तरीको भंगाहा नगरपालिका-८ पररियामा बिहीबार भएको घटनाको छानबिनका लागि गृह मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेको हो।