एमालेले साउन २६ मा अध्यक्ष ओलीको संयोजकत्वमा चुनावी घोषणापत्र मस्यौदा कमिटी गठन गरेको थियो।
सोमबार कारोबारमा आएका २२४ कम्पनीको २५ लाख ७४ हजार ९७५ कित्ता सेयर ६९ करोड ७३ लाख १७ हजार ६११ रुपैयाँबराबरको कारोबार भएको छ।
यो नाट्य महोत्सवमा नेपालबाट पहिलो पटक शिल्पी थिएटरले ‘हिउँको पृथ्वी यात्रा’ मञ्चन गर्न लागेको हो।
आर्थिक–सामाजिक रूपान्तरण: समाजवादका आधार निर्माण र राष्ट्रिय हित र स्वाभिमानको संवद्धनलाई पनि एकीकृत समाजवादीले घोषणापत्रमा समेटेको छ।
आज मुद्दा दर्ता भए भोलि नै बहस हुनसक्ने सर्वोच्च स्रोतले जानकारी दियो। तोसिमाको तर्फबाट वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले बहस गर्नेछन्।
सरकारी वकिलको कार्यालयले बलात्कार कसुरमा उनलाई १० देखि १२ वर्ष कैद सजाय हुनुपर्ने माग गर्दै मुद्दा दर्ता गरेको हो।
राप्रपाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने धारणासहित केन्द्र र स्थानीय गरी २ तहको सरकार हुनुपर्ने शासकीय संरचना अघि सारेको छ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा दिउँसो १ बजे घोषणापत्र सार्वजनिक हुने पार्टीका महासचिव डा वेदुराम भुसालले जानकारी दिएका हुन्।
आगामी निर्वाचनमा पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा कायम रहेका उम्मेदवार वा दलको निर्वाचन चिह्न मात्र रहेको मतपत्र हुने निर्वाचन आयोगले जनाएको छ।
प्रसूति सेवाका लागि निजी र अन्य सरकारी अस्पतालसँगै सम्पन्न परिवारसम्मको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको छ।
क्षमताभन्दा बढी मानिस चढ्दा पुल चुडिएको अनुमान गरिएको छ। घटनामा १०० जना घाइते भएका छन् भने ५० जना अझै हराइरहेका छन्।
नोर्माले अनुमति बिना खाना खुवाएपछि पक्राउ गरिएको र उनीमाथि मुद्दा चलाइएको स्थानीय प्रशासनको भनाइ छ।
जल तथा मौसम विज्ञान विभागले सोमबार देशका पहाडी भूभागमा आंशिक बदली रहने तथा केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।
गुजरातका गृहमन्त्री हर्ष संघवीले ७० जना अस्पताल भर्ना भएको जानकारी दिए। घाइतेलाई राजकोट सिभिल अस्पतालमा ल्याइएको छ।
आज आइतबार, दिनको अन्त्यसम्ममा देशभर के-कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौँ।
आयोगको हालसम्मको तथ्यांकमा ५९ जनालाई स्पष्टीकरण सोधिएको छ।
नेपाली कांग्रेस पार्टीको संकल्पपत्रका मस्यौदा समितिका संयोजक रहेका अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले लक्ष्य तथा आंकडा अध्ययन र विकासका स्थापित सैद्धान्तिक मान्यताका आधारमा तय गरिएको बताए।
गत महिना एम्सबाट नेपालगञ्ज म्याराथनको रूट प्रमाणीकरण भएको थियो।
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा विभागीय टोलीद्वय नेपाल एपीएफ र नेपाल पुलिस क्बलले विजयी शुरूआत गरेका छन्।
'एक बागी: खगेन्द्र संग्रौलाको साधना र सङ्घर्ष' पुस्तकमा कोही एक व्यक्तिको जीवनमा आधारित नभई समय र समाजले बुझ्नुपर्ने विषय समेटिएको थापाले उल्लेख गरे।