तीन महिनाको अवधिमा निर्यात ३५.७१ प्रतिशतले घटेको छ। यो अवधिमा ४१ अर्ब ८२ करोड रुपैयाँको निर्यात भएको विभागले जनाएको छ।
चिनी निर्यातमा भारतीय प्रतिबन्धले नेपालमा भने कुनै असर नगर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।
नेता भुसालले नेपाली जनताले ठूलो रगत र पसिना बगाएर ल्याएको संविधानको बर्खिलापमा ओली लागेको आरोप लगाए।
पहिलो दिन ‘भक्त सुरुदास’ नाच प्रहसन हुने कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकार बताए।
छठ पर्व
छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजाअर्चना गरिएको छ। काठमाडौँको कमल पोखरीमा उपस्थित भएका श्रदालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजाअर्चना गरेका हुन्। प्रत्येक वर्ष कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वमा सूर्यको पूजाअर्चना गरिन्छ। तस्वीरहरू: अमित मचामसी/उकालो
शनिबार कार बम विस्फोट भएको ठाउँमै यसअघि सन् २०१७ मा ट्रक बम विस्फोट हुँदा ५०० जनाले ज्यान गुमाएका थिए।
तिहारपछिको पहिलो कारोबारमा छापावाल सुन प्रतितोला १ हजारले घटेर ९३ हजार रुपैयाँ कायम भएको छ।
‘ए’ डिभिजन लिग पुष २६गतेबाट शुरू गर्ने एन्फाले जनाएको छ। लिग जेठ २० गतेसम्म चल्नेछ।
अन्य समयमा पनि व्यस्त रहने इटेवन हलोवीनका समयमा सबैभन्दा व्यस्त हुन्छ। तर, यसपालि करिब एक लाख मानिस जम्मा भएका थिए।
कुनै समय धमिलो बनेको सुनसरी जिल्ला अस्पतालको छवि डा. देवराज घिमिरेको ‘जिद्दी’ले सुधार हुँदै गएको छ। अहिले बिरामीको चाप बढ्दै गएको छ भने अस्पताल पनि सुविधा सम्पन्न बन्दै गएको छ।
पाल्पाबाट मनकामना तीर्थाटनका लागि हिँडेको बस बिहान करिब ४ बजेको समयमा दुर्घटनामा परेको हो। दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।
जिम्बावेको जितमा भारतीय क्रिकेट टोलीका पूर्व प्रशिक्षक लालचन्द राजपूतको ठूलो हात रहेको छ। राजपूतले कुनै बेला असफल टोलीको छवि बनाएको जिम्बावेलाई सफलताको बाटोमा डोर्याएका छन्।
दुर्घटनामा परेको बसमा ३५ जना यात्रु सवार थिए। बस सडकबाट झण्डै १०० मिटर तल खसेको छ।
निर्वाचन सम्पन्न गर्न सबैको भूमिका महत्वपूर्ण रहने बताउँदै आयुक्त तुलाधरले सबैसँग सहकार्य र समन्वयका लागि आग्रह गरिन्।
घटना बिहान ४ बजेको समयमा भएको प्रहरीले जनाएको छ।
घटनामा १४९ जनाको मृत्यु भएको छ भने १५० भन्दा बढी घाइते भएका छन्।
जल तथा मौसम विज्ञान विभागले आइतबार देशका पहाडी भूभागमा आंशिक बदली रहने तथा केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।
निर्वाचन आयोगले नेकपा एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार सूर्यबहादुर थापा क्षेत्री र जुलीकुमारी महतोसँग स्पष्टीकरण मागेको छ।
सार्वजनिक पदमा बसेर लाभ लिइरहेको भन्दै आयोगले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो।
माओवादीले बागी उम्मेदवारी दिएका र उनीहरूका प्रस्तावक तथा समर्थकलाई कारबाहीका लागि सिफारिस गर्न पनि प्रदेश समितिलाई निर्देशन दिएको छ।