AnonymousUser

Logout

‘नेताहरू धेरै बेइमान भए’

कांग्रेस नेता चन्द्र भण्डारीले बेइमानी गर्ने नेताहरू जुनसुकै पार्टीका भएपनि जनताले आगामी निर्वाचनमा हराउनुपर्ने बताएका छन्।

नेपाल र पाकिस्तानबीचको खेलको टिकट मूल्य निर्धारण

एन्फाले नेपाल र पाकिस्तानबीच हुने मैत्रीपूर्ण फुटबल खेलको टिकटको मूल्य निर्धारण गरेको छ। भाग्यशाली खेलाडीले कतारमा हुने विश्वकप फुटबलको टिकट जित्न सक्ने पनि एन्फाले जनाएको छ।

एपीएफ प्रधानमन्त्री कपको फाइनलमा

मधेशले दिएको १२३ रनको लक्ष्य एपीएफले २१ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो।

मतदाताका वारेसप्रति सचेत रहनूः प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई समावेशी, लैङ्गिक एवं अपाङ्गतामैत्री बनाउन प्रमुख निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएका छन्।

एमालेले लुट र भ्रष्टाचारको पैसा खोलोजसरी बगायो : माधव नेपाल

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूले केपी शर्मा ओलीको सरकार ढालेको बताएका छन्। ओलीलाई आफूले टक्कर दिएको टिप्पणीसमेत उनको छ।

सुनको मूल्य स्थिर, चाँदीको १० रुपैयाँले घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन ९५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

कांग्रेसले मोरङ–३ (१) मा मानबहादुरलाई उम्मेदवार बनाउने

यसअघिका उम्मेदवार शेखरचन्द्र थापाको बुधबार निधन भए पछि कांग्रेसले महासमिति सदस्य मानबहादुर लिम्बूलाई मोरङ–३(१) काे उम्मेदवार बनाउने भएकाे छ।

विश्व विज्ञान दिवसको अवसरमा काठमाडौँमा र्‍याली

काठमाडौँ- विश्व विज्ञान दिवसको अवसरमा काठमाडौँमा र्‍याली गरिएको छ। बिहीबार काठमाडौँको घण्टाघर, पुरानो बसपार्क, भद्रकाली, शहीदगेट, महांकाल, जमल, त्रिचन्द्र क्याम्पस र रत्नपार्क परिक्रमा गरी विश्व विज्ञान दिवसको अवसरमा र्‍याली गरिएको हो।   आज काठमा…

तीनपटक फाइनलमा चुकेको नेदरल्यान्ड्स पहिलो उपाधिको खोजीमा

विश्वकप फुटबलको इतिहासमा नेदरल्यान्ड्स यस्तो टोली हो, जसले तीन पटक फाइनल खेलेर पनि उपाधि जित्न सकेको छैन। तर हरेकपटक उसलाई दाबेदार टोलीको रूपमा लिइन्छ।

बसुन्धरामा सवारी दुर्घटना : २ जनाको मृत्यु

नारायणगोपाल चोकबाट बसुन्धरातर्फ गइरहेकाे ट्रकले स्कुटरलाई ठक्कर दिँदा ४७ वर्षीय बेलबहादुर रानामगर र ४७ वर्षीया कल्पना रानामगरको मृत्यु भएको हो।

मोरङ–३ (१) मा आज मनोनयन दर्ता 

कांग्रेस उम्मेदवार शेखरचन्द्र थापाको निधन भएपछि निर्वाचन आयोगले उक्त दलका लागि मनोनयन दर्तासहितका नयाँ निर्वाचन कार्यक्रम तय गरेको छ। 

आजकाे मौसम : हल्का वर्षा र हिमपातको सम्भावना

आज सुदूरपश्चिम र कर्णालीका पहाडी क्षेत्रमा चट्याङसहित  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागको अनुमान छ ।

२०७९ कात्तिक २३, बुधबार

आज बुधबार, दिनको अन्त्यसम्ममा देशभर के-कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौँ।

बागमती प्रदेशका मुख्यमन्त्री र मुख्य सचिवसँग आयोगले माग्यो स्पष्टीकरण

निर्वाचन आचारसंहिता लागू भएपछि दुईवटा अध्यादेश ल्याएको भन्दै निर्वाचन आयोगले बागमती प्रदेशका मुख्यमन्त्री र मुख्य सचिवसँग स्पष्टीकरण माग गरेको छ।

राजनीतिलाई धमिलो हुन नदिन युवाले भूमिका खेल्नुपर्छ : प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगको आग्रहलाई अवहेलना गरी निर्वाचन गतिविधि नबिथोल्न अनुरोध गरे।

अभिनेता सिन पेनले युक्रेनी राष्ट्रपतिलाई दिए अस्कर अवार्डको ट्रफी

युक्रेनमा रूसले आक्रमण गरेयता पेन तीनपटक युक्रेन भ्रमणमा गइसकेका छन्।

सुकुम्बासी वस्तीबारे प्रकाशमान भन्छन्- वर्ग छुट्याएर व्यवस्थापन गरिनेछ

काठमाडौं–१ का उम्मदेवार प्रकाशमान सिंहले सरकारको नीतिअनुसार मानवतालाई ध्यान दिएर भूमिहीन तथा सुकुम्बासीको समस्या समाधान गरिने बताए। 

डोटी भूकम्प : ५१७ वर्षयता ठूलो भूकम्प नगएको पश्चिम नेपाललाई ‘अलार्म’

भूकम्प तथा भूगर्भविद्हरूका अनुसार सन् १५०५ अर्थात् ५१७ वर्षयता नेपालको पश्चिम क्षेत्रमा ठूलो भूकम्प गएको छैन।

मोरङ-३ (क) का लागि नयाँ निर्वाचन कार्यक्रम सार्वजनिक

नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका शेखरचन्द्र थापाको निधन भएपछि बुधबार आयोगले उक्त दलका लागि उम्मेदवार मनोनयनसहितका नयाँ निर्वाचन कार्यक्रम तय गरेको हो।

नेप्से परिसूचक ३९.१५ अंकले ओरालो

बुधवार नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ।