चुनावी प्रचारप्रसारका क्रममा हुम्लामा पुगेका माओवादी केन्द्रका अध्यक्ष दाहालले आगामी निर्वाचनपछि पनि सातै प्रदेश र संघमा गठबन्धनकै सरकार बन्ने दाबी गरे।
नेवार समुदायले सकिमना पुन्हीको दिन विशेष गरी सकि अर्थात् पिँडालु उसिनेर खाने प्रचलन छ।
विशेष अदालतले फैसला गरेका १२४ वटा मुद्दामा चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदनका लागि दर्ता गरेको अख्तियारले जनाएको छ।
मंगलबार कर्णाली प्रदेशलाई १४० रनले हराउँदै आर्मीले अन्तिम चारमा पुलिससँगको भेट पक्का गरेको छ।
मंगलबार कारोबारमा आएका २२६ कम्पनीको २७ लाख ७३ हजार कित्ता सेयर १ अर्ब ५ करोड ३१ लाख ३७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।
बैठकले ५० प्रतिशत कैद भुक्तान गरिसकेका थुनुवाका मुद्दालाई निश्चित दिन पेसी चढाइ सामूहिक रूपमा सुनुवाई गर्ने प्रबन्ध मिलाउनेसमेत निर्णय गरेको छ।
मंसिर १० गतेबाट शुरू हुने प्रशिक्षणमा १५ सय रुपैयाँ मासिक शुल्क लाग्ने एन्फाले जनाएको छ।
अदालतले कात्तिक २७ गते शूल्क लिनुपर्ने वा नपर्ने विषयमा छलफल गर्न वादी र प्रतिवादीलाई बोलाएको छ।
जितसँगै पुलिस समूह ‘बी’ बाट विजेता र मधेश उपविजेता हुँदै सेमिफाइनलमा पुगेका छन्।
खतिवडालाई हेटौंडा उपमहानगरपालिका–२ का पुरुषोत्तम खड्काले हातपात गरेका हुन्। उनलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएको छ।
विश्वकपमा अर्जेन्टिनाको पहिलो खेल नोभेम्बर २२ मा साउदी अरबविरूद्ध हुँदैछ।
जन्मसिद्ध नागरिकता लिएका नागरिकका सन्तान नागरिकताविहीन रहेकाले उमेर पुगे पनि मतदान गर्न पाउने छैनन्।
जलवायु संकटबाट बढी प्रभावित मुलुकलाई सहयोग र क्षतिपूर्ति दिने विषयले सम्मेलनमा प्राथमिकता पाएको थियो।
मुख्यमन्त्रीका प्रेस संयोजक भरत कोइरालाले बर्खास्त गरेको पत्र प्रदेश प्रमुखलाई पठाइसकेको जानकारी दिए।
गत आर्थिक वर्षको साउनदेखि असोज महिनासम्म ५ लाख ६२ हजार २९४ को घरजग्गाको कारोबार भएकोमा चालू आर्थिक वर्षको सोही महिनामा कारोबार ४९.८८ प्रतिशतले घटेर २ लाख ८१ हजार ७९५ मा सीमित रहेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औद्योगिक तथा व्यावसायिक घराना चौधरी समूहले कब्जा गरेको बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गाबारे अनुसन्धान अगाडि बढाएको छ।
स्वास्थ्य मन्त्रालयले निर्वाचनका बेला भिडभाड कम गर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको छ ।
आफ्ना ग्राहकका नयाँ र पुराना गरी ९७ लाख तथ्यांकहरू जोखिममा रहेको मेडिब्यांकको भनाइ छ। सो गिरोहले सोमबार फिरौती रकम मागेको तर कम्पनीले दिन अस्वीकार गरेपछि ह्याकिङको धम्की दिएको कम्पनीले बताएको छ।
आसन्न निर्वाचनमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग चुनावी प्रतिस्पर्धामा रहेका कर्ण मल्लले डडेलधुरामा विद्रोहको प्रतीकस्वरूप ठूलो परिवर्तन आउन लागेको बताएका छन्।
ब्रजिलका प्रशिक्षक टिटेले अनुभवी र युवा खेलाडी समेटेर २६ सदस्यीय अन्तिम टोली सार्वजनिक गरेका छन्।