बिमा ऐन २०७९ कार्यान्वयनमा आएसँगै समितिको सम्पूर्ण कामकारबाही आजबाट प्राधिकरणमा रूपान्तरण भएको हो।
आयोगले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा कलाकारहरूले मतदाता शिक्षाको प्रभावकारिता, आचारसंहिता कार्यान्वयन लगायतका विषयमा चासो राखेका थिए।
निर्वाचन आयोगले जसपा नेता मोहम्मद इस्तियाक राईलाई आचारसंहिता उल्लंघन गरेको विषयमा २४ घण्टे स्पष्टीकरण सोधेको छ।
एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ।
निर्वाचन आयोगले चुनाव प्रचारप्रसारमा नेपाली टोपी तथा बालबालिकाको प्रयोगलगायत विषयमा उम्मेदवारहरूसँग स्पष्टीकरण माग गरेको छ।
आज सोमबार, दिनको अन्त्यसम्ममा देशभर के-कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौँ।
एसियाली विकास बैंकले साधारण पुँजी संशोधनबाट करिब ७ अर्ब ७९ करोड सहुलियत ऋण र एसियाली कोषबाट करिब १ अर्ब ३० करोड रुपैयाँ अनुदान दिने भएको छ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले लोकतन्त्रको आडमा कसैको पनि चरित्रहत्या गर्ने कार्य स्वीकार्य नहुने बताए। घृणा फैलाउने अभिव्यक्तिप्रति आयोग गम्भीर हुने उनको भनाइ छ।
महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल)’को कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी आइसल्यान्ड प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
चलचित्रको प्रचारका लागि निर्माण टिमले मुखुण्डो लगाएर नाच प्रस्तुत गरेको हो।
यसपटक च्याम्पियन्स लिगको फाइनल खेल टर्कीमा हुने छ। इस्तानबुलमा हुने फाइनल खेल १० जुन २०२३ मा खेलिनेछ।
अमेरिकी फोटोग्राफर कीतिया पावलोभ्स्कीले सार्वजनिक गरेका हिउँ चितुवाका तस्वीर प्रकृतिप्रेमी, पशुप्रेमी र साहसिक यात्रा मन पराउने धेरैले सेयर गरिरहेका छन्।
सोमबार बागमती प्रदेशसँग १/१ अंक बाँड्दै मधेश सेमिफाइनलमा पुगेको हो।
सोमबार २ अर्ब १० करोड ९१ लख ६३ हजार रुपैयाँ बराबरका ४९ लाख ४४ हजार ७६ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
भारतीय सर्वोच्च अदालतको यस आदेशपछि भारतमा उच्च जातका गरिबले पनि आरक्षणमा दाबी गर्न पाउने छन्।
मैदानको सुरक्षामा बाधा पुर्याएको आरोपमा ती बालकलाई जरिवाना गरिएको स्टेडियम व्यवस्थापकले जनाएका छन्।
भैरहवा औद्योगिक करिडोरमा विद्युत् आपूर्ति व्यवस्थापनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उपलब्ध गराएको बजेटबाट सुनवल सबस्टेसन निर्माण भइरहेको हो।
पोखरामा आयोजित कार्यकर्ता भेलामा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका कारण देश पुनः अस्थिरताको शिकार बनेको बताएका हुन्।
सीता दाहाललाई गत शनिबार ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो। उनलाई आईसीयूमा राखेर उपचार भइरहेको प्रचण्डको सचिवालयले जनाएको छ।
चालक दलका सदस्यसहित ४३ जना सवार विमान खराब मौसमका कारण आकस्मिक अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको हो।