AnonymousUser

Logout

सप्तरी–१ बाट जसपाका नवलकिशोर साह विजयी

सप्तरी–१ मा जसपाका नवलकिशोर साह जनमत पार्टीका जयकान्त राउतलाई तीन हजार ५७२ मतान्तरले पराजित गर्दै निर्वाचित भएका छन्।

सीके राउत भन्छन्– ‘मधेशमा खराब प्रवृत्ति पतन भो, नयाँ युग आरम्भ भयो’

चुनावमा उठाएका मुद्दामा हाम्रो ‘फोकस’ रहने छ। सेवा प्रवाहमा शिक्षा, स्वास्थ्य, रोजगारी र किसानका मुद्दालाई प्राथमिकतामा राखेर अगाडि बढ्छौँ।

सुदूरपश्चिमसँग कर्णाली पराजित, मिलनको अलराउन्ड प्रदर्शन

जितका लागि १२८ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले २६.२ ओभरमा ५ विकेट गुमाउँदै १२८ रन बनायो।

चुनावी परिणाम आउँदाआउँदै एमाले र माओवादीका शीर्ष नेताबीच संवाद शुरू, ‘मिलेर जाने’ छलफल

मतगणना जारी रहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच 'मिलेर जाने'बारे संवाद शुरू भएको छ।

अनुभवी ब्राजिलविरुद्ध सर्बियालाई युवा खेलाडीको भर

आक्रमण र मिडफिल्डमा मजबुत देखिएको ब्राजिलको डिफेन्स लाइन भने केही कमजोर छ। सर्बिया भने सासा लुकिक, फिलिप र मिट्रोभिचजस्ता मुख्य खेलाडीको फिटनेसलाई लिएर चिन्तित छ।

स्विट्जरल्यान्डको जितमा इम्बोलोको निर्णायक गोल

स्विट्जरल्यान्डको जितका लागि ४८औँ मिनेटमा ब्रिल इम्बोलोले गरेको गोल निर्णाय बन्यो।

धनुषा-४ मा एमालेका रघुवीर महासेठ ८० मतले अगाडि

धनुषा-४ मा नेकपा एमालेका रघुवीर महासेठ ८० मतले महेन्द्र यादवभन्दा अगाडि छन्।

कैलाली-१ बाट नागरिक उन्मुक्ति पार्टीकी श्रेष्ठ निर्वाचित

लोकतान्त्रिक वामगठबन्धका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रामजनम चौधरीलाई पराजित गर्दै श्रेष्ठ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्।

नेप्से ११.५६ अंकले बढ्यो, ९२ करोड ५१ लाखको कारोबार

बिहीबार नेप्से परिसूचक ११.५६ अंकले बढेको छ। तर, सेयर कारोबार रकम भने घटेको छ।

चितवन-१ बाट रास्वपाका ढकाल निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल चितवन-१ बाट ३४ हजार एक सय ८९ मत प्राप्त गरी निर्वाचित भएका छन्।

झापा-३ बाट राप्रपाका राजेन्द्र लिङ्देन विजयी, कांग्रेसका कृष्णप्रसाद सिटौला पराजित

झापा-३ बाट राप्रपाका राजेन्द्र लिङ्देन निर्वाचित भएका छन्। नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला ३ हजार मतान्तरले पराजित भएका छन्।

२०० किलो गाँजा खाने मुसा

प्रहरीद्वारा बरामद लागूऔषध सुरक्षित गर्ने एउटै विकल्प भनेको यसलाई अनुसन्धान ल्याब तथा औषधि फर्महरूमा बिक्रि गर्नु भएको एक न्यायाधीशले बताए।

मुख्य प्रशिक्षक रिक्त भएको तीन महिनापछि एन्फाद्वारा दरखास्त आह्वान

अब्दुल्लाह अल्मुताइरीले भदौमा राजीनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षकविहीन छ।

सुधारवादी नेता अनवर बने मलेसियाका प्रधानमन्त्री

अनवरले स्थानीय समयानुसार साँझ ५ बजे राजाबाट पद तथा गोपनीयताको शपथ लिएका छन्।

सिरहा–१ बाट एमालेका रामशंकर यादव विजयी

नेपाली कांग्रेसका पद्मनारायण चौधरीलाई २ हजार मतान्तरले पराजित गर्दै सिरहा-१ बाट नेकपा एमालेका रामशंकर यादव निर्वाचित भएका छन्।

दक्षिण कोरिया र उरुग्वेलाई ‘फरवार्ड फिटनेस’को चिन्ता

जारी विश्वकपको समूह ‘एच’मा रहेका दक्षिण कोरिया र उरुग्वेले पहिलो खेलमै फरवार्ड फिटनेसको सामना गर्नुपर्ने देखिएको छ।

खोटाङबाट माओवादी केन्द्रका रामकुमार राई विजयी, एमालेका विशाल भट्टराई पराजित

खोटाङमा नेकपा एमालेका विशाल भट्टराईलाई साढे २ हजार मतान्तरले पराजित गर्दै नेकपा माओवादी केन्द्रका रामकुमार राई विजयी भएका छन्।

गुल्मी-१ मा चन्द्र भण्डारीलाई पछ्याउँदै प्रदीप ज्ञवाली

गुल्मीमा जारी मतगणनामा नेकपा एमालेका प्रदीप ज्ञवालीले नेपाली कांग्रेसका चन्द्र भण्डारीलाई पछ्याइरहेका छन्।

डडेलधुराको प्रदेशसभा (१) बाट स्वतन्त्र उम्मेदवार तारा जोशी विजयी

स्वतन्त्र उम्मेदवार डा. ताराप्रसाद जोशीले सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका गोविन्दराज बोहरालाई पराजित गरेका छन्।

मकवानपुर– १ बाट राप्रपाका दीपक सिंह निर्वाचित, डिना उपाध्याय र कमल थापा पराजित

मकवानपुर- १ बाट वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार डिना उपाध्याय र राप्रपा नेपालका कमल थापालाई हराउँदै राप्रपाका दीपकबहादुर सिंह निर्वाचित भएका छन्।