AnonymousUser

Logout

धनुषा–३ बाट एमालेका जूली महतो विजयी

धनुषा–३ मा लोसपाका अनिलकुमार झालाई पराजित गर्दै एमाले उम्मेदवार जूलीकुमारी महतो विजयी भएकी छन्।

नेदरल्यान्ड्स र इक्वेडरको नजर अन्तिम १६ मा

नेदरल्यान्ड्स र इक्वेडर हालसम्म दुईपटक मात्रै आमनेसामने भएका छन्। सन् २००६ मा इक्वेडरविरुद्धको पहिलो खेलमा नेदरल्यान्ड्सले १-० को जित दर्ज गरेको थियो भने २०१४ को खेल १-१ को बराबरीमा सकिएको थियो।

पश्चिम नवलपरासी–२ मा राप्रपाका प्रधान विजयी

पश्चिम नवलपरासी–२ मा कांग्रेसका देवेन्द्रराज कँडेललाई पराजित गर्दै राप्रपाका ध्रुवबहादुर प्रधान विजयी भएका छन्।

कास्की–३ (२) बाट कांग्रेसका बराल विजयी 

कास्की–३ को प्रदेशसभा (२) मा एमालेका राजिव पहारीलाई पराजित गर्दै कांग्रेसका प्रकाश बराल निर्वाचित भएका छन्।

रुपन्देही–२ मा मतगणना स्थगित

रुपन्देही क्षेत्र नम्बर २ मा मतगणनाका क्रममा मुचुल्कामा उल्लेख भएभन्दा बढी मतपत्र भेटिएपछि गणना स्थगित भएको छ।

पाँचथरबाट एमालेका नेम्बाङ विजयी, कांग्रेस सहमहामन्त्री आङदेम्बे ४७ मतले पराजित

पाँचथरबाट कांग्रेस सहमहामन्त्री भीष्मराज आङदेम्बेलाई ४७ मतले पराजित गर्दै एमालेका वसन्तकुमार नेम्बाङ निर्वाचित भएका छन्।

कास्की–३ बाट एमालेका दामोदर पौडेल विजयी

कास्की–३ मा माओवादीका रामजीप्रसाद बराललाई पराजित गर्दै एमालेका दामाेदर पाैडेल विजयी भएका छन्।

बारा–१ एमालेका मैनाली विजयी, कांग्रेस सहमहामन्त्री चौधरी पराजित 

बारा क्षेत्र नम्बर १ बाट कांग्रेस सहमहामन्त्री उमाकान्त चाैधरीलाई पराजित गर्दै एमालेका अच्युत मैनाली विजयी भएका छन्।

ब्राजिलको जितमा रिचार्लिसनको दुई गोल

लुसेल रंगशालमा बिहीबार सम्पन्न खेलमा पाँचपटकको विश्वविजेता ब्राजिलले सर्बियालाई २–० ले पराजित गरेको छ।

दाङ–१ बाट एकीकृत समाजवादीका मेटमणि विजयी

दाङ–१ बाट एमालेकी शान्ता चाैधरीलाई हराउँदै एकीकृत समाजवादीका मेटमणि चौधरी निर्वाचित भएका छन्।

धनुषा-२ बाट कांग्रेसका रामकृष्ण यादव निर्वाचित

धनुषा–२ मा एमालेका उमाशंकर अरगरियालाई पराजित गर्दै कांग्रेसका रामकृष्ण यादव निर्वाचित भएका छन्।

दाङ-३ कांग्रेसका दीपक गिरी विजयी, एमालेकी कोमल वली पराजित

दाङ-३ बाट नेपाली कांग्रेसका दीपक गिरी ७ हजार ८१० मतान्तरले विजयी भएका छन्।

धादिङ–१ बाट एकीकृत समाजवादीका राजेन्द्र पाण्डे विजयी

धादिङ-१ बाट ३५ हजार ९३४ मत ल्याएर नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे निर्वाचित भएका छन्।

सुर्खेत–१ बाट नेपाली कांग्रे‍सका पूर्णबहादुर खड्का निर्वाचित

सुर्खेत-१ बाट नेपाली कांग्रेसका पूर्णबहादुर खड्का ११ हजार ६१९ मतान्तरले विजयी भएका छन्।

सुर्खेत–१ बाट नेपाली कांग्रे‍सका पूर्णबहादुर खड्का निर्वाचित

सुर्खेत-१ बाट नेपाली कांग्रेसका पूर्णबहादुर खड्का ११ हजार ६१९ मतान्तरले विजयी भएका छन्।

डोल्पाबाट एकीकृत समाजवादीका धनबहादुर बुढा विजयी

डोल्पाबाट नेकपा एकीकृत समाजवादीका धनबहादुर बुढा ११ हजार २२५ मत ल्याएर विजयी भएका छन्।

इलाम–२ मा सुवास नेम्वाङ १६ सय मतले अगाडि

इलाम-२ मा नेकपा एमालेका उम्मे‍दवार सुवास नेम्वाङलाई नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले पछ्याइरहेका छन्।

सर्लाही-४ बाट स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह विजयी

स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह सर्लाही-४ बाट निर्वाचित भएका छन्। उनले कांग्रेसका नागेन्द्रकुमार रायले भन्दा १७ सयभन्दा बढी मत ल्याएका छन्।

विश्वकप : उरूग्वे र दक्षिण कोरियाले गोल गर्न सकेनन्

कतारको एजुकेसन सिटी रंगशालामा बिहीबार सम्पन्न खेलमा उरूग्वे र दक्षिण कोरियाले गोलका लागि पाएका अवसर सदुपयोग गर्न नसक्दा अंक बाँडेका छन्।

रौतहट-३ बाट स्वतन्त्र उम्मेदवार प्रभु साह निर्वाचित

प्रभु साह निकटतम प्रतिस्पर्धी ओमप्रकाश जयसवालले भन्दा ७ हजार बढी मत ल्याएर रौतहट-३ बाट निर्वाचित भएका छन्।