AnonymousUser

Logout

काठमाडौँका १० वटै क्षेत्रको मतगणना आजै शुरू हुने

जिल्ला निर्वाचन कार्यालय काठमाडौँका निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईका अनुसार १० वटै क्षेत्रको मतगणना फरक–फरक स्थानमा हुने भएको छ।

ताप्लेजुङको फूलबारी मतदान केन्द्रमा ३ राउन्ड हवाई फायर

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका-२ फूलबारी मतदान केन्द्रमा विवाद भएपछि २ घण्टादेखि मतदान राेकिएकाे छ। 

बाजुराको एक मतपेटिकामा आगजनी

स्वामिकार्तिक खापर गाउँपालिका १ को भगवती आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रको मतपेटिकामा आगजनी भएको हो।

१५ केन्द्रमा मतदान अवरुद्ध

निर्वाचन आयोगका अनुसार दिउँसो साढे ३ बजेसम्म देशभर १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको छ।

मतदाताको उपस्थिति कम, ७० प्रतिशत मात्रै मत खस्ने पर्यवेक्षकको अनुमान

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले विगतका निर्वाचनको तुलनामा यस पटकको निर्वाचनमा मतदाताहरूको उपस्थिति कम रहेको बताइन्।

मनाङमा ७०.६७ प्रतिशत मत खस्यो

जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार दिउँसो ३ः१५ बजेसम्म यहाँ चार हजार ७९१ मत खसेको हो।

कास्कीमा ५५ प्रतिशत मत खस्यो

प्रतिनिधिसभा तथा प्रदे‍शसभा सदस्य निर्वाचनअन्तर्गत कास्कीमा ५५ प्रतिशत मतदान भएको छ।

मतदान केन्द्र अपांगतामैत्री नहुँदा समस्या

समथर स्थानमा भन्दा पहाडी भेगमा मतदान केन्द्रसम्म पुग्न अपांगता भएका व्यक्तिलाई असहज हुने गरेकाे छ।

एशियाली राष्ट्र: सहभागिताभन्दा माथि उठ्न चुनौती

कतार विश्वकपमा ६ वटा एशियाली राष्ट्र सहभागी हुन लागेको यो पहिलोपटक हो। यीमध्ये पाँचवटा राष्ट्र छनोट चरण पार गरेर कतार पुगेका हुन्। कतार भने आयोजक राष्ट्रको हैसियतमा छ।

नयाँ दलहरू राष्ट्रिय दल बन्ने अवस्था छैन : ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा एमालेले बहुमत ल्याउने बताएका छन्।

मतदानमा मतदाताको न्यून सहभागिता, १ बजेसम्म ३२ प्रतिशत मत मात्र खस्यो

निर्वाचन आयोगका अनुसार दिउसो १ बजेसम्म ३२ प्रतिशत मत मात्र खसेको छ।

छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्णरूपमा मतदान जारी

आयोगले सामान्य विवादकै कारण मतदान नै स्थगित नगर्न देशभर खटिएका मतदान अधिकृतहरूलाई निर्देशन दिइसकेको छ।

मुस्ताङमा ५१ प्रतिशत मत खस्याे

मुस्ताङमा दिउँसो १ बजेसम्म पाँच हजार ५८२ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

दिउँसो १ बजेसम्म ३२ प्रतिशत मतदान

आयोगले पत्रकार सम्मेलन मार्फत् अहिलेसम्म ३२ प्रतिशत मतदान सम्पन्न भएको जानकारी दिएको हो।

नामावलीमा नाम नभेटिए कल सेन्टरमा फोन गर्न आयोगको आग्रह

आयोगले सञ्चालनमा ल्याएको कल सेन्टरमा निर्वाचनका विषयमा जानकारी लिन सकिन्छ।

मनाङमा ५१ प्रतिशत मत खस्यो

२९ मतदान केन्द्र रहेको मनाङमा ६ हजार ७ सय ७९ मतदाता छन्।

सामान्य विवादमा मतदान स्थगित नगर्न मतदान अधिकृतलाई आयोगको निर्देशन

आयोगले साँझ ५ बजेसम्म स्थगित भएको सूचना टाँस नगर्न निर्वाचन आयोगले निर्देशन दिएको हो।

एमाले अध्यक्ष ओलीले भक्तपुरमा गरे मतदान

एमाले अध्यक्ष केपी शर्मा ओलीले भक्तपुर–२ बालकोटस्थित महेन्द्रशान्ति विद्यालय मतदान केन्द्रमा मतदान गरेका छन्।

झापाको कुवाडीदेवीमा मतदान शुरू

झापा गाउँपालिका–२ को कुवाडीदेवी विद्यालय मतदान केन्द्रमा बम विष्फोट भएपछि मतदान केहीबेर अवरुद्ध भएको थियाे।

गुल्मीमा ५४ मत बदर गरेर पुनः मतदान

छापहिले मतदान केन्द्र 'क' मा प्रतिनिधिसभाकाे ठाउँमा प्रदेशसभाको मतपत्र दिएको पाइएपछि खसिसकेकाे ५४ मत बदर गरेर मतदान शुरू गरिएकाे प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए।