हिंसाका लागि उक्साएको र ट्विटरका नियम उल्लंघन गरेकाले कान्येलाई ट्विटरमा प्रतिबन्ध लगाइएको मस्कको भनाइ छ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर २६ गतेसम्ममा निर्वाचनसम्बन्धी सम्पूर्ण कामहरू सकिने बताएका छन्।
फ्रान्सका राष्ट्रपति म्याक्रोँले दबाबपूर्ण सम्झौताका लागि युक्रेनलाई कहिल्यै आग्रह नगर्ने विषयमा आफू र बाइडेनबीच सहमति भएको बताएका छन्।
शुक्रबार सम्पन्न खेलमा बागमती प्रदेशलाई ७ विकेटले पराजित गर्दै सुदूरपश्चिम अपराजित रहँदै फाइनलमा पुगेको छ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४९.५ ओभर खेल्दै सबै विकेट गुमाएर १९७ रन बनाएको छ।
बाजुरामा रोकिएको मतगणना पुनः शुरू भएको छ। मुचुल्कामा भन्दा ४० वटा बढी मतपत्र भेटिएपछि शुक्रबार बिहान ८ बजेबाट मतगणना रोकिएको थियो।
काठमाडौँमा अव्यवस्थित रूपमा बसोबास गरेकाहरूलाई हटाउन विषयलाई लिएर काठमाडौँ महानगरपालिका र राष्ट्रिय भूमि आयोगबीच टकराब बढेको छ।
नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउनु पर्नेमा आफूहरू प्रष्ट रहेको तर माओवादी केन्द्रसँग एकता गर्नका लागि भने छलफल नै नभएको एकीकृत समाजवादीले जनाएको छ।
निर्वाचन अधिकृत ढाकाराम पौडेलले बाजुरामा मतगणना पुनः शुरू गर्नका लागि दलहरूसँग छलफल भइरहेको बताएका छन्।
रास्वपाका सभापति रवि लामिछानेको नागरिकता छानबिन गर्न काठमाडौँ जिल्ला प्रशासनले प्रहरीलाई पत्राचार गरेको छ। लामिछानेमाथि नागरिकता पुनःप्राप्तिको प्रक्रिया पूरा नगरेको आरोप छ।
जारी विश्वकपमा १ अंक जोडेको क्यामरूनले अघिल्लो चरणमा पुग्न ब्राजिललाई हराएर मात्र पुग्दैन। अर्काे खेलमा सर्बियाले स्वीट्जल्यान्डलाई पनि पाखा लगाउनुपर्ने छ।
बाजुरामा बिहान ८ बजेदेखि रोकिएको मतगणना अझै शुरू हुन सकेको छैन।
आईसीसी विश्वकप डिभिजन लिग टू अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले शुक्रबार घरेलु टाेली नामिबियासँग खेल्दै छ।
युक्रेनले रुससँगको युद्धका क्रममा आफ्ना १३ हजार सैनिक मारिएको तथ्यांक सार्वजनिक गरेको छ। त्यस्तै, उसले युद्धमा रुसका १ लाख सैनिक मारिएको दाबी गरेको छ।
बाजुरामा मतदान अधिकृतले मुचुल्का गरेभन्दा ४० वटा मतपत्र बढी भेटिएपछि मतगणना रोकिएको छ।
दाेलाखामा माओवादी केन्द्रका गंगा कार्कीले अग्रता लिएका छन्। उनलाई एमालेका बालकृष्ण शिवाकाेटीले पछ्याइरहे्का छन्।
विश्वकप फुटबलमा आज समूह चरणका अन्तिम चार खेल हुँदैछन्।
स्याङ्जा क्षेत्र नम्बर २ मा कांग्रेसका धनराज गुरुङले निरन्तर अग्रता लिइरहेका छन्। एमालेका पद्माकुमारी अर्याल शुरूदेखिनै पछि परेकी छन्।
बेल्जियम र क्यानडा विश्वकप फुटबलको समूह चरणबाट बाहिरिएका छन्।
स्पेनमाथि सनसनीपूर्ण जित निकाल्दै जापान विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।