प्रतिनिधिसभा समानुपातिकतर्फ खसेकाे एक कराेड नाै लाखमध्ये एक करोड दुई लाख ५८ हजार मतगणना भएको छ ।
दोलखाका १० मतदान केन्द्रमा दिउँसाे १२: ४५ बजेसम्म ३५ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताएका छन्।
प्रदर्शनीमा २०३० देखि हालसम्म प्रतिष्ठानबाट प्रकाशित विभिन्न पुस्तक तथा पत्रपत्रिकाहरू राखिने भएका छन्।
युक्रेनसँगको युद्धका क्रममा रुसले गरेको सम्भावित युद्ध अपराधको अनुसन्धान गर्न ईयूले अन्तर्राष्ट्रिय अदालतसामु माग राखेको छ।
बिहीबार छापावाल सुनको मूल्य प्रतितोला पाँच सयले बढेर ९८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।
सुनसरी क्षेत्र नम्बर ४ बाट एमालेका जगदीश कुसियैतलाई ११२ मतान्तरले पराजित गर्दै कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भएका छन्।
ब्राजिलका चर्चित पूर्वफुटबलर पेलेलाई नियमित जाँचका लागि अल्बर्ट आइन्स्टाइन अस्पताल भर्ना गरिएको छ।
स्याङ्जा–२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले एमाले उम्मेदवार पद्मा अर्याललाई ६५४ मतले पछाडि पारेका छन्।
थाइल्यान्डमा स्थानीयले बाँदरलाई पवित्र जनावर र शुभ कार्यको प्रतीक मान्ने गर्छन्।
दोलखाका १० मतदान केन्द्रमा बिहीबार बिहान ७ बजेदेखि मतदान जारी छ।
पाेर्चुगलले समूह चरणको आफ्नो अन्तिम खेल शुक्रबार एशियाली राष्ट्र दक्षिण कोरियासँग खेल्दै छ। उक्त खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले खेल्नेमा शंका रहेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन्।
अर्जेन्टिना र पोल्यान्ड कतार विश्वकप २०२२ को नकआउट चरणमा पुगेका छन्।
समूह ‘डी’ को अन्तिम खेलमा ट्युनिसियासँग १-० ले पराजित भए पनि फ्रान्स समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको छ।
सुनसरी क्षेत्र नम्बर ४ मा नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीलाई ८२ मतले पछि पारेका छन्।
एशियाली राष्ट्र अस्ट्रेलिया १६ वर्षपछि विश्वकपको नकआउट चरणमा पुगेको छ।
युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले रूसको रोक्का सम्पत्ति जफत गर्दा प्राप्त हुने रकम युक्रेनमा भएको क्षतिको पूर्तिका लागि पठाइने बताइन्।
मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले चार वटा बुथमा करिब आठ हजार मतदाता रहेको जानकारी दिए।
आज बुधबार, दिनको अन्त्यसम्ममा देशभर के-कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौँ।
अल बेट स्टेडियममा हुने खेलमा फ्रान्सकी स्टेफिन फ्रापपार्ट मुख्य रेफ्रीको भूमिकामा हुने छिन्। उनलाई ब्राजिलकी सहायक रेफ्री नेउजा ब्याक र मेक्सिकोकी करेन डियाज मेडिनाले सहयोग गर्ने छन्।
लुम्बिनी प्रदेशसभाका प्रत्यक्ष निर्वाचित हुने ५२ सदस्यमा एक जना मात्र महिला निर्वाचित भएका छन्। प्रतिनिधिसभाका २६ क्षेत्रमा पनि एक जना मात्र महिला निर्वाचित भए।