AnonymousUser

Logout

दोलखामा माओवादी केन्द्रका कार्की विजयी

दोलखाबाट प्रतिनिधिसभा सदस्यमा एमालेका बालकृष्ण शिवाकाेटीलाई पराजित गर्दै माओवादी केन्द्रका गंगा कार्की निर्वाचित भएका छन्।

सुकुमबासी आन्दोलित

\'उठीबासको त्रास कहिलेसम्म?\

काठमाडौँ– काठमाडौँ थापाथलीस्थित बागमती किनारामा बसेका सुकुमबासीहरूले विभिन्न माग राखी माइतीघर मण्डलमा भेला भई र्‍यालीसहित नयाँ बानेश्वरमा पुगी धर्ना दिएका छन्। संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाको आह्वानमा प्रदर्शन गरिएको हो। काठमाडौँ महानगरपालिकाको भूमिहीन, सुकुमबासीमाथि दमनकारी शैलीले आफूहरूमा त्रास फैलिएको उनीहरूको भनाइ छ। उनीहरूले सुकुमबासी व्यवस्थापनको सवालमा आपसी समझदारी, वार्ता र छलफलको माध्यमबाट सदाका लागि समाधान खोज्न अनुरोध गरेका छन्। त्यस्तै, भूमि अभियन्तामाथिको जाहेरी फिर्ता लिन पनि उनीहरूले माग गरेका छन्। उनीहरूले \'हाम्रो मानवअधिकार खोइ?\', \'उठीबासको त्रास कहिलेसम्म?\', \'लालपुर्जा विहीनताको अवस्था कहिलेसम्म?\' लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर आन्दोलित बनेका थिए।

भारतले महाकालीमा तटबन्ध बनाउन खोजेपछि दार्चुलामा ढुंगा हानाहान

भारतले दार्चुलास्थित महाकाली नदीमा नेपालतर्फ पानी पठाइ तटबन्ध बनाउन खोजेपछि दुवैपक्षबीच ढुंगा हानाहान भएको छ। 

निर्वाचनको समीक्षा गर्न सत्ता गठबन्धनको बैठक बस्दै

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको समीक्षा गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै छ।

नेयमार मैदान फर्किँदै

कतारमा जारी विश्वकप फुटबलकाे प्रि-क्वार्टरफाइनल अन्तर्गत् साेमबार दक्षिण कोरियाविरुद्धकाे खेलबाट ब्राजिलका स्टार फरवार्ड नेयमार मैदान फर्किने भएका छन्।

क्वार्टरफाइनलमा इङ्ल्यान्ड र फ्रान्स भिड्ने

कतारमा जारी विश्वकप फुटबलको क्वार्टरफाइनलमा पूर्व विजेताहरू इङ्ल्यान्ड र फ्रान्स भिड्ने भएका छन्। 

फ्रान्स क्वार्टरफाइनलमा : एमबाप्पेले तोडे पेलेको कीर्तिमान

साविक विजेता फ्रान्स पाेल्यान्डलाई ३–१ गाेलअन्तरले पराजित गर्दै कतार विश्वकप २०२२ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

माओवादी बटमलाइन : प्राथमिकतामा गठबन्धन, त्यसपछि अन्य विकल्प

माओवादीले सुध्रिने प्रतिबद्धता व्यक्त गरे पनि व्यवहारमा कार्यान्वयन गर्न नसक्दा जनाधार कमजोर हुँदै गएको नेताहरूको बुझाइ छ।

क्रिस्टोफरको अलराउन्डर प्रदर्शनमा नेपालमाथि स्कटल्यान्डको जित

स्कटल्यान्डसँग नेपाल ३ विकेटले पराजित भएको हो। नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले ३२.१ ओभरमा ७ विकेट गुमाउँदै १४३ रन बनायो।

कृषि मन्त्रालय भन्छ– ४२ हजार मेट्रिक टन मल मौज्दात छ

सरकारसँग हाल ४२ हजार मेट्रिक टन भन्दा बढी रासायनिक मल मौज्दात कृषि मन्त्रालयले जनाएको छ। त्यस्तै पुषको पहिलो साता जीटुजीमार्फत् ३० हजार मेट्रिक टन मल भारतबाट ल्याइनेसमेत मन्त्रालयले जनाएको छ।

ग्यांगस्टर पक्रिन १० हजार सैनिक परिचालन

शहरमा फैलिएको ग्यांगस्टरको आतंक कम गर्न भन्दै मध्य अमेरिकी मुलुक एल साल्भाडोरमा सेना परिचालन गरिएको छ।

साफ यू-१९ पुरुष फुटबल प्रतियोगिता नेपालमा आयोजना हुने

प्रतियोगिता जुलाई १ देखि १३ सम्म आयोजना हुने साफले जनाएको छ।

अर्थतन्त्र जोगाउन माग गर्दै अर्थमन्त्रीलाई भेट्न पुगे व्यवसायी

उद्योग वाणिज्य महासंघले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाले अर्थतन्त्रमा देखिएको विद्यमान समस्या समाधान गर्न नसकेको भन्दै अर्थमन्त्री जनार्दन शर्मालाई समन्वयकारी भूमिका खेल्न आग्रह गरेको छ।

वर्तमान गठबन्धनको विकल्प सोचेका छैनौँ : माओवादी

माओवादी केन्द्रका महासचिव देव गुरुङले गठबन्धनको विकल्प नसोचेको बताएका छन्। उनले सरकार निर्माण तथा निर्वाचन समीक्षा भोलि बस्ने गठबन्धनको बैठकले गर्ने बताए।

'अन्तर्घाती'लाई कारबाही गर्न कांग्रेस अनुशासन समितिको निर्देशन

कांग्रेसको केन्द्रीय अनुशासन समितिले विज्ञप्ति जारी गर्दै चुनावमा अन्तर्घात गर्नेलाई कारबाही गर्न निर्देशन दिएको हो।

झिनो अंकले बढ्यो नेप्से

आइतबार १ अर्ब ५६ करोड १७ लाख रुपैयाँ बराबरका ३६ लाख ९४ हजार ८४ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

नेपालका ५ ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्, स्कटल्यान्डले पायो १३८ रनको लक्ष्य

नेपालका लागि तल्लोक्रमका ब्याटर गुलशन झाले सर्वाधिक २९ रन बनाए। उनले २९ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

सिक्लेस-अन्नपूर्ण केबलकारको निर्माण प्रक्रिया रोक्न माग

सरकारले आईएमई समूहका चन्द्र ढकालको सिक्लेस अन्नपूर्ण केबलकार निर्माणका लागि स्वीकृति दिइसकेको छ।

कैलाली र कञ्चनपुरको विद्युत् आपूर्ति सुधार गर्न पूर्वाधार विस्तार गरिँदै

विद्युत प्राधिकरणले कैलाली र कञ्चनपुरका उपभोक्ताले भोगिरहेको भोल्टेज समस्या चाँडै समाधान हुने जनाएको छ। त्यस क्षेत्रको विद्युत आपूर्ति सुधार्न पूर्वाधार विकास गरिरहेको प्राधिकरणले जनाएको छ।

इजरायली गुप्तचर संस्थामा संलग्न भएको भन्दै इरानले दियो ४ जनालाई मृत्युदण्ड

सन् २०२० मा पनि इरानले त्यहाँको सैन्य बल प्रमुख कासिम सुलेमानीबारे सूचना चुहाएको आरोपमा एक जनालाई मृत्युदण्ड दिएको थियो। केही समयपछि सुलेमानीको अमेरिकी ड्रोन आक्रमणमा परी मृत्यु भएको थियो।