समग्रमा आयात घट्नु, राजस्वमा बढी योगदान गर्ने वस्तुको आयातमा प्रतिबन्ध तथा ‘एलसी‘ खोल्नमा कडाइ गरिएकाले पनि राजस्व संकलन घटेको भन्सार कार्यालयले जनाएको छ।
हारपछि सिटीले शीर्षस्थानको आर्सनलसँग अंक दूरी छोट्याउने मौका गुमाएको छ।
दिउँसो प्रदेश १, बागमती, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना छ।
रेशमलाल चौधरीको मुद्दामा न्यायाधीशद्वय टंकबहादुर मोक्तान र मनोजकुमार शर्माको संयुक्त इजलासले आइतबार सरकार पक्षलाई झिकाउने आदेश गरेको छ।
प्रधानमन्त्री दाहालले नेपालको कम्युनिस्ट आन्दोलन उतारचढावका बीच अगाडि बढेको बताउँदै सच्चा कम्युनिस्टहरूको एकताका निम्ति आफूले पहल गरिरहेको बताए।
नक्षत्र प्रोडक्सनले निर्माण गरेको म्युजिक भिडियोमा एक अनाथ बच्चालाई कर्म दिएका आमाबुवा र उनीहरूसँग पनि बिछोड भएपछि गर्नुपरेको संघर्ष देखाइएको छ।
भविष्यमा फेसन डिजाइनर बन्ने लक्ष्य लिएको बताएकी क्रिष्पीले खुशी नै सफलताको मापन हुने पनि बताएकी थिइन्।
बहराइनमा भएको एशियाली क्रिकेट काउन्सिल (एसीसी)को बैठकमा एशिया कपका विषयमा छलफल भए पनि अन्तिम निर्णय हुन सकेन।
रास्वपाका तीन मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा पत्र बुझाएका छन्।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीभित्र मतभेद नरहेको र नेताहरूबीच पनि कुनै खटपट नभएको बताएका छन्।
मौसमसम्बन्धी सूचना संकलन गर्न बेलुन उडाएको चीनको दाबी छ। तर, बेलुनमार्फत चीनले आफ्नो देशमा निगरानी गरिरहेको अमेरिकाले आरोप लगाएको छ।
प्रधानमन्त्री दाहालले आफू सत्तासाझेदार दलहरूबीचको एकतालाई जसरी पनि बचाउनु पर्छ भन्ने पक्षमा रहेको बताएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले माघ २७ गतेको संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकी छन्।
आयोजक बंगलादेशसहित भुटान र भारतले सहभागिता जनाएको प्रतियोगिता नेपालले तेस्रो तथा अन्तिम खेल मंगलबार भारतसँग खेल्नेछ।
व्रतालुको घुइँचो
स्वस्थानी तथा तथा माधवनारायण व्रत समापन हुँदै छ। आइतबार बिहानै भक्तपुरको हनुमानघाटमा व्रतालुहरूले स्नान गर्दै एक महिना लामो व्रत पूरा गरेका छन्। सो क्रममा व्रतालुहरूले पल्टिँदै हनुमन्ते खोला परिसरको परिक्रमासमेत गरेका थिए। साँखु र हनुमानघाटमा बिहानैदेखि व्रतालुको घुइँचो छ।
सांसद चित्रबहादुर केसीले प्रधानमन्त्री दाहाललाई कांग्रेसले विश्वासको मत दिएसँगै ओली आतंकित भएको बताए।
बैठकपछि पार्टी सभापति रवि लामिछानेले सरकारबाट बाहिरिने निर्णय भएको र मन्त्रीहरूले आइतबार नै प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउने बताए।
अर्यालले राष्ट्रियसभाको उपाध्यक्षका रूपमा आफूले तटस्थ भूमिका निर्वाह गर्ने बताउँदै सांसदको क्षमता अभिवृद्धिका लागि आफ्नो प्रयास रहने कार्ययोजना सुनाइन्।
आइतबार प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै ओलीले रास्वपाका सभापति रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्चको संवैधानिक इजलासले गरेको फैसलामाथि प्रश्न उठाएका छन्।
एमाले अध्यक्ष ओलीले सत्ताबाहिर कांग्रेस आफ्नो अस्तित्व आफैँ स्वीकार गर्न नसक्ने स्थितिमा रहेको दाबी गरे।