AnonymousUser

Logout

पल शाहलाई १५ दिनभित्र उपस्थित गराउन उच्च अदालतको आदेश

उच्च अदालत पोखराले पल शाहलाई १५ दिनभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ।

बलात्कार अभियोग लागेका मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा सात वर्ष कैद सजाय

न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेलाई सात वर्ष कैद, पीडितलाई ७५ हजार क्षतिपूर्ति र पीडित राहत कोषमा १३ सय रुपैयाँ जम्मा गर्न आदेश दिएको छ।

६ महिनामा विदेशी मुद्रा सञ्चिति १ खर्ब २१ अर्बले बढ्यो

गत असार मसान्तसम्म १२ खर्ब १५ अर्ब ८० करोडबराबर रहेको विदेशी मुद्राको सञ्चिति पुससम्म १३ खर्ब ३७ अर्ब २९ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ।

टर्कीको भूकम्पमा नेपाली परेको जानकारी प्राप्त भएको छैन : गैरआवासीय नेपाली संघ

भूकम्पको केन्द्रबिन्दु टर्कीको दक्षिण–पूर्वी क्षेत्र गाजियान्टेपमा थोरै संख्यामा नेपाली रहेको र त्यहाँबाट कुनै पनि नेपालीको मानवीय क्षतिको विवरण नआएको गैरआवासीय नेपाली संघले जनाएको छ।

अध्यादेश ल्याउनकै लागि संसद् अधिवेशन अन्त्य गर्न हुँदैन : सुवास नेम्वाङ

एमाले उपाध्यक्ष नेम्वाङले संसद्लाई बन्द गरेर अध्यादेश ल्याउने सजिलो बाटो सरकारले खोज्न नहुने बताएका छन्।

मोन्टी प्रशिक्षक नियुक्त भएपछि क्यान अध्यक्षको प्रतिक्रिया– ‘यसपालि टुरिस्ट कोच ल्याएका छैनौँ’

मोन्टी देसाईको प्रशिक्षणमा नेपालले घरेलु मैदानमा नामिबिया र स्कटल्यान्डसँग त्रिकोणात्मक श्रृंखला खेल्ने छ।

टर्की र सिरियाको भूकम्पमा मृत्यु हुनेको संख्या १२ सय नाघ्यो, हजारौँ घाइते

भूकम्पले भत्किएका संरचना र भग्नावशेषमा पुरिएका मानिसहरूको खोजी र उद्धार कार्य जारी छ।

श्रम र शिक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री दाहालसँगै

राष्ट्रपति भण्डारीले रास्वपाका मन्त्रीको राजीनामा पछि उनीहरूले सम्हालेको मन्त्रालयको कार्यभार
प्रधानमन्त्री दाहाललाई नै तोकेकी छन्।

नेप्से सामान्य अंकले बढ्यो, १ अर्ब ४७ करोडको कारोबार

कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको सेयर मूल्यमा गिरावट आउँदा आठ उपसमूहको सेयर मूल्यमा भने वृद्धि भएको छ।

हिउँदे अधिवेशन अझै डेढ महिना चल्ने, २० वटा विधेयक पास गर्ने सरकारको तयारी

प्रमुख सचेतकहरूसँग छलफलमा प्रधानमन्त्री दाहालले हिउँदे अधिवेशन अझै डेढ महिनासम्म चल्ने र योबीचमा करिब २० वटा विधेयक संसद्बाट पास गर्ने प्रतिबद्धता जनाएका छन्।

राष्ट्रियसभालाई प्रभावकारी बनाउन भूमिका खेल्छु : उपाध्यक्ष अर्याल

उपाध्यक्ष अर्यालले राष्ट्रियसभामा महिला सांसदबीचको सहकार्यलाई विकास गर्दै जाने बताइन्।

देसाईलाई मुख्य प्रशिक्षक नियुक्त गर्ने क्यानको तयारी

क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले मोन्टी देसाईलाई मुख्य प्रशिक्षकमा नियुक्त गर्ने तयारी गरिएको बताएका छन्।

हरेक वर्ष खेर जान्छ करिब १ अर्ब मेट्रिक टन खाना

घरमा पकाएको ६१ प्रतिशत, रेस्टुरेन्ट तथा अन्य खाद्य उत्पादक सेवाबाट २६ प्रतिशत र ग्रोसरी स्टोरबाट १३ प्रतिशत खाना खेर फालिने गरेको 'फूड वेस्ट इन्डेक्स २०२१' को तथ्यांक छ।

'अर्थतन्त्रलाई चलायमान बनाउन पूरक बजेट आवश्यक'

मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकाले यसलाई चलायमान बनाउन औचित्य पुष्टि हुनेगरी तत्काल पूरक बजेट ल्याउनुपर्नेमा अर्थविद्हरूकाे जोड छ। 

सरकारी वकिलको सुविधासम्बन्धी ऐन बनाउने प्रधानमन्त्री दाहालको प्रतिबद्धता 

प्रधानमन्त्री दाहालले कारागार, बालगृह, थुनुवा कक्ष र सरकारी वकिल कार्यालयको सुधार र विकासका लागि सरकारले आवश्यक सहयोग गर्ने बताएका छन्। 

प्रतितोला ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

छापावाल सुन सोमबार एक लाख चार हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। 

उर्मिला अर्याल राष्ट्रियसभा उपाध्यक्षमा निर्विरोध निर्वाचित

सोमबार बसेको राष्ट्रियसभाको बैठकमा अध्यक्ष गणेश तिमल्सिनाले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका छन्। उनी नेकपा माओवादी केन्द्रकी सांसद हुन्। 

नागरिकतालगायतका विधेयक संसद्‌मा लैजान दलहरू सहमत 

सरकारले नागरिकता, संक्रमणकालीन न्याय, विकास तथा सुशासनसँग सम्बन्धित विधेयक संसद्‌मा लैजाने तयारी गरेको छ।

टर्की र सिरियाको सीमामा विध्वंसकारी भूकम्प : १७५ जनाको मृत्यु, ६०० बढी घाइते

भूकम्पका कारण टर्कीमा ४४० र सिरियामा २०० जनाभन्दा बढी घाइते भएको एबीसी न्यूजले जनाएको छ।

टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प

प्रारम्भिक तथ्यांकअनुसार भूकम्पमा कम्तीमा पाँच जनाको मृत्यु भएको र ३४ वटा भवन भत्किएका छन्।