सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै यातायात व्यवसायी र मजदुरहरूले काठमाडौँ उपत्यकामा सार्वजनिक यातायात बन्द गरेका हुन्।
काठमाडौँ– यातायात मजदुरहरूको बन्दका कारण काठमाडौँ उपत्यकामा बिहानैदेखि सार्वजनिक सवारी चलेका छैनन्।
यसले सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ। मंगलबार बिहानैदेखि सार्वजनिक सवारी नचलेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले उकालोलाई बताए। निजी र सरकारीलगायत सवारी भने सञ्चालन भइरहेको उनको भनाइ छ।
सरकारले सहमति पालना नगरेको भन्दै यातायात व्यवसायी र मजदुरहरूले यातायात बन्द गरेका हुन्। सोमबार ट्राफिक जरिबानाको विरोधमा उनीहरूले सडकमा प्रदर्शन गरेका थिए। यसैबीच यातायात सरकार र मजदुरबीच बन्द खुलाउनेबारे वार्ता शुरू भएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा वार्ता जारी रहेको यातायात विभागका महानिर्देशक तुलसी गौतमले जानकारी दिए।





Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
