झापाको शिवसताक्षी–१ धरमपुरमा दुईवटा ट्रक एकापसमा ठोक्किँदा ना३ख ८३११ नम्बरको ट्रकका चालक मदन चौधरी र सहयोगीको मृत्यु भएको प्रहरीले जनाएको छ।
रियल मड्रिड १९ खेलबाट ४५ अंक बनाउँदै तालिकाको दोस्रो स्थानमा छ।
खानपान र जीवनशैलीमा लापरबाही गरेकै कारण विश्वभर मधुमेहका बिरामीको संख्या बढिरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।
तराईमा बिहानीपख हुस्सु र कुहिरोले दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा प्रभाव पर्नसक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
नेपाली राष्ट्रिय क्रिकेटको प्रारम्भिक टोलीबाट विकेटकिपर शरद भेषवाकरसहित १० खेलाडी बाहिरिएका छन्।
रास्वपाले गृह मन्त्रालयमा दाबी यथावत् राखे पनि यसबारे निर्णय लिन दुई दिन पर्खने निर्णय गरेको प्रवक्ता ढकालले बताए।
उपमहासचिव जगन्नाथ खतिवडाले राजनीतिक प्रतिवेदनमा देशको समसामयिक स्थिति, सरकार, संसद्का विषयलाई समेटिएको बताए।
सहज जीवन यापनको आशमा अफगानीहरू ज्यानको बाजी लगाएर जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।
नेपालले प्रतियोगिताको पहिलो खेलमा शुक्रबार आयोजक बंगलादेशसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ।
छानबिन समितिले काठमाडौँ महानगरपालिकाका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले महिला प्रहरीमाथि शारीरिक हिंसा नगरेको ठहर गरेको छ।
क्यानको छनोट समितिले बलात्कारको अभियोग लागेका लेग स्पिनर सन्दीप लामिछानेलाई बन्द प्रशिक्षणमा बोलाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता नलिने दाबी गरेका छन्।
सरकारमा रहने/नरहनेबारे छलफल गर्न वसुन्धरास्थित पार्टीको केन्द्रीय कार्यालयमा रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसिरहेको छ।
माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले फैसलाको पूर्णपाठ नआउँदासम्म रास्वपाले धैर्य गर्नुपर्ने बताएका छन्।
स्वास्थ्यमन्त्री पदम गिरीले खरिद प्रक्रियामा 'हन्ड्रेड परसेन्ट' शुद्धता कायम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।
प्रशान्त महासागर क्षेत्रमा चीनको बढ्दो प्रभावलाई विफल पार्ने उद्देश्यले अमेरिकाले सोलोमन आइल्यान्डस्मा दूतावास खोलेर रणनीतिक कदम चालेको बीबीसीले उल्लेख गरेको छ।
बिहीबार कूल २१६ कम्पनीको सेयर कारोबार भएको छ। जसमा १९४ कम्पनीको सेयरमूल्य घटेको छ भने १९ कम्पनीको बढेको छ।
कैलाली–२ बाट निर्वाचित सांसद अरुणकुमार चौधरीलाई प्रहरीले बाँकेको कोहलपुरबाट पक्राउ गरेको छ।
संयुक्त बैठकमा रास्वपाले सरकारमा बस्ने कि नबस्ने भनेर निर्णय गर्ने प्रवक्ता ढकालले बताए।
सभामुख देवराज घिमिरेले नागरिकले सांसदका गतिविधि, अभिव्यक्ति र प्रयत्नलाई निजकबाट हेरिरहेकाे बताएका छन्।