कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कम्पनीको कूल नाफा ८२० करोड भारतीय रुपैयाँ रहेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमति कार्यान्वयन गर्ने आश्वसन दिएकाले आफूहरू न्याय पाउनेमा विश्वस्त रहेको अधिकारकर्मी रुबी खानले बताइन्।
नेकपा (एमाले) का स्थायी कमिटी सदस्य भानुभक्त ढकालले ४० वर्ष उमेर पुगेका विद्यार्थी नेतालाई अनेरास्ववियुबाट बिदा लिन आग्रह गरेका छन्।
एमाले अध्यक्ष ओलीले देशमा स्थिरता र स्थायित्व हुन नदिन अनेक किसिमका षड्यन्त्रहरू भइरहेको बताएका छन्।
“अहिले हामी उत्पादन, रोजगारी, राजस्व परिचालन, पुँजीगत खर्च, सरकारी कोष सन्तुलन, तरलता, ब्याजदरलगायतका समस्यामा छौँ।”
नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ११५ रन बनाए। उनले ११३ बलमा १० चौका र ४ छक्का प्रहार गरे। कुशलको ओडीआईमा यो पहिलो शतक हो।
कुशल भुर्तेलले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा नामिबियाविरुद्धको खेलमा शतक पूरा गरेका छन्।
मोदीबारे डकुमेन्ट्री प्रसारण गरेपछि भारतीय आयकर विभागले बीबीसीका कार्यालयमा छापा मारेको छ।
सबस्टेसनमार्फत तनहुँको आँबुखैरेनी, बन्दिपुर र देवघाट गाउँपालिकामा विद्युत् आपूर्ति हुने छ।
महासंघका अध्यक्ष भरत भट्टराईले सरकारले ४८ घण्टाभित्र मोबाइल व्यवसायीका माग सम्बोधन नगरे देशव्यापीरूपमा आन्दोलन गर्ने चेतावनी दिएका छन्।
‘समतामूलक समाज सिर्जना गर्ने’ भन्ने संविधानको भावनाविपरीत पछिल्लो समय सरकारहरूले नीति तर्जुमा र कार्यान्वयन गरेको देखिन्छ। यसले वित्तीय प्रतिस्पर्धालाई समाप्त पार्छ।
ट्विटरका प्रमुख एक हजार विज्ञापनको राजस्व पछिल्लो ३ महिनामा ६५ प्रतिशतमा सीमित भएको पाइएको छ।
सेप्टेम्बर र अक्टोबरमा मात्रै ३० वटा ठूला विज्ञापनदाताले ट्विटरमा खर्च कटौती गरे भने अक्टोबरमा ६२ दशमलव ५ मिलियन डलर खर्चिएका विज्ञापनदाताले जनवरीको अन्त्यतीर १५ मिलियन डलर मात्रै खर्च गरे।
द्रब्यशाह बहुमुखी क्याम्पसका प्रमुख रामचन्द्र दवाडीलाई कार्यकक्षमै गएर अखिल क्रान्तिकारी गोरखाका अध्यक्ष विष्णु पाण्डेय नेतृत्वको टोलीले कुटपिट गरेको छ।
बागमतीको श्रम, रोजगार तथा यातायात मन्त्रालयले आजदेखि प्रदेशका सम्पूर्ण यातायात सेवा कार्यालयमा पहिलोपटक लाइसेन्समा ७० अंक ल्याए पास हुने गरी ग्रेडिङ सिस्टम कार्यान्वयनमा ल्याएको छ।
घरेलु टोली नेपालका लागि करण केसीले सर्वाधिक ५ विकेट लिए। उनले १० ओभर बलिङ गर्दै १ मेडनसहित ६१ खर्चिए।
अमेरिकाको मिसिगन स्टेट विश्वविद्यालयमा सोमबार भएको अन्धाधुन्ध गोली प्रहारमा ३ जनाको मृत्यु भएको छ।
चलचित्रमा अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल केन्द्रीय भूमिकामा छन्।
आन्दोलन फिर्ता भएसँगै उपत्यकामा सार्वजनिक सवारी चल्न थालेका छन्।
महाशिवरात्रिको तयारीस्वरूप पशुपति परिसरमा धमाधम रंगरोगन गर्न थालिएको छ भने फूलबत्तीसमेतले समेत सजाउन थालिएको छ।