चौथो नम्बरमा ब्याटिङ गर्न आएका बायाँ हाते कुशल मल्ल नेपालको जितमा महत्त्वपूर्ण साबित भए। उनले ६७ बलमा ९ चौका र ४ छक्कासहित ८१ रनको इनिङ्स खेले।
राष्ट्रपतिबाट पुष्कर गौतम, सांसद अरुणकुमार चौधरीसहित १४ जनाको सजाय माफी भएको छ।
राष्ट्रपति भण्डारीले स्थानीय तहमा उम्मेदवारी दिएकाहरूको जरिबाना रकम माफी मिनाहा गरिदिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ राजदूत चेन सोङले बालकोट पुगेर शिष्टाचार भेटवार्ता गरेका छन्।
प्रदेश तथा स्थानीय तहले समेत स्वदेशी वस्तु उपयोग गर्नेसम्बन्धी निर्देशिकालाई मार्गदर्शनको रूपमा अवलम्बन गर्नुपर्ने उल्लेख गरिएको छ।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आफ्नो पार्टी राष्ट्रपतिका लागि सकारात्मक र आशावादी रहेको बताएका छन्।
राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै गर्दा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता बाक्लिएको छ।
एमाले अध्यक्ष ओलीले अस्वस्थ ढंगले चल्ने राजनीतिक दलहरूलाई पराजित गर्ने गरी तयारी गर्न नेता-कार्यकर्तालाई निर्देशन दिएका छन्।
राष्ट्रपति भण्डारीले देशको विरासतलाई भावी पुस्तामा हस्तान्तरण गर्न बुढानीलकण्ठ स्कुलजस्ता शैक्षिक संस्थाले अग्रणी भूमिका खेल्न सक्ने बताएकी छन्।
शुक्रबार भएको खेलमा स्कटल्यान्डले दिएको ठूलो लक्ष्य पछ्याउँदै नेपालले तीन विकेटको जित हात पारेको छ।
राष्ट्रपति निर्वाचनको विषयलाई लिएर एमाले र माओवादीबीच सहमति जुट्न सकेको छैन।
मन्त्रिपरिषद् बैठकले 'जनयुद्ध दिवस' र पृथ्वी जयन्तीको बिदा थप गरेर आगामी वर्षका लागि सार्वजनिक बिदा स्वीकृत गरेको छ।
प्रधानमन्त्री दाहालले जनगुनासो नआउने गरी सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउन सरकारी अस्पताललाई आग्रह गरेका छन्।
सबैभन्दा ठूलो दल बनेर सत्ता बाहिर बस्नु कांग्रेसका लागि विडम्बनाको विषय भएको प्रवक्ता महतको भनाइ छ।
पशुपति
महाशिवरात्रिका लागि सम्पूर्ण तयारी पूरा भएको छ। पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि पर्वका लागि सबै तयारी पूरा भएको जनाएको हो। शुक्रबार कोषका कोषाध्यक्ष नारायण सुवेदीले महाशिवरात्रि भक्तजनलाई पूजा आराधनाका लागि शनिबार बिहान ३ बजेदेखि ४ वटै ढोका खुला गर्ने बताए। उनले वृद्धवृद्धाका लागि लाइनमा बस्नु नपर्ने व्यवस्था मिलाएको र एक जना आफन्तले वृद्धवृद्धालाई मन्दिरमा दर्शनका लागि लैजान पाउने व्यवस्था गरेको बताए। महाशिवरात्रिको पूर्वसन्ध्याबाट नै पशुपतिनाथमा भक्तजनहरूको घुइँचो लागि सकेको छ।
स्कटल्यान्डका माइकल लीस्कले अविजित रहँदै सर्वाधिक १०७ बनाए। उनले ८५ बलमा ३ चौका र ९ छक्का प्रहार गरे।
शिक्षा र स्वास्थ्यमा भइरहेको व्यापारका कारण आर्थिक स्थिति कमजोर रहेका अधिकांश नेपाली छोराछोरीलाई पढाउन नसक्ने अवस्थामा पुगेको कार्कीको भनाइ छ।
नेपाली सेनाको स्थापना दिवस समारोहमा भाग लिन भारतीय सेनाका चार जना पूर्व प्रमुखहरू काठमाडौँ आइपुगेका छन्।
जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको नेतृत्वमा बालुवाटार पुगेको टोलीले राष्ट्रियता, संघीयता र जनजीविकाका सवालहरू समेटेर प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र बुझाएको छ।