अख्तियारले अध्यागमनका तत्कालीन अधिकृत कमलप्रसाद पराजुलीलाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ।
फागुन १ गतेलाई 'जनयुद्ध दिवस'का रूपमा मनाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ।
इन्जिनियरका रूपमा काम गर्न नेपाल इन्जिनियरिङ काउन्सिलमा दर्ता हुनुपर्ने भएकाले परीक्षा लिन शुरू गरिएको काउन्सिलका सदस्यसचिव शिवमंगल गिरीले बताएका छन्।
गृहसचिव सिंहले अनुशासनहीनता, लापरबाही र भ्रष्टाचारजन्य क्रियाकलापलाई शून्य सहनशीलतामा लैजानुपर्नेमा जोड दिएका छन्।
कुँवरले प्रहरीको आन्तरिक सुदृढीकरण आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन्।
छापावाल सुन आइतबार एक लाख नौ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।
चितवनको पटियानीमा आइतबार सम्पन्न महाधिवेशनले लामाको अध्यक्षतामा २० सदस्यीय समिति निर्विरोध चयन गरेको छ।
रथयात्रा
सेतो मच्छिन्द्रनाथको रथयात्राका लागि जमलमा रथ बनाउने कार्य शुरू भएको छ। वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वरको मूर्तिको रथयात्राका लागि रथ बनाउन शुरू गरिएको हो। करुणामय र आर्याअवलोकितेश्वरको नामबाट पनि चिनिने सेतो मच्छिन्द्रनाथलाई जनबहालबाट नगरपरिक्रमा गराई जमलमा बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गर्ने प्रचलन छ। अन्तिम दिन लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीनपटक परिक्रमा गराएपछि रथयात्रा सम्पन्न हुन्छ।
सल्लाघारीस्थित नेपाल ट्रस्टको जग्गामा आयोजना हुने महोत्सवमा २०० बढी स्टल रहनेछन्। भक्तपुरको पर्यटन र व्यापार प्रवर्द्धन गर्नु महोत्सवको प्रमुख उद्देश्य रहेको संयोजक दीपक थापाले बताए।
आँधी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको छ ।
आइतबार बिहान घरेलु मैदानमा मोरक्कोले ब्राजिललाई २–१ ले पराजित गरेको छ। मोरक्कोका लागि सोफिएन बोउफल र साविरीले गोल गरे।
वर्षा र हावाहुरीबाट क्षति हुन नदिन सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
अमेरिकाको मिसिसिपी राज्यमा आँधीबेहरीका कारण कम्तिमा २३ जनाको मृत्यु भएको छ भने बेपत्ता भएकाहरूको खोजी तथा उद्धार जारी रहेको बताइएको छ।
प्रधानमन्त्री थ्री नेसन्स कपअन्तर्गत शनिबार भएको खेलमा लाओसले भुटानलाई २-१ गोल अन्तरले पराजित गरेको छ।
प्रधानमन्त्री थ्री नेसन्स कपअन्तर्गत दशरथ रंगशालामा शनिबार भएको खेलमा लाओसले भुटानलाई २-१ गोल अन्तरले पराजित गरेको छ।
सभामुख घिमिरेले राष्ट्रिय अर्थतन्त्र बलियो बनाउनका लागि सरकार, संसद् र निजी क्षेत्र एक ठाउँमा आउन आवश्यक रहेको बताएका छन्।
चर्चामा रहेको नवीनतम एआई च्याटबट च्याटजीपीटीले मानिसलाई उत्सुकसँगै सशंकित पनि बनाएको छ। यसको प्रयोग बढ्दै जाँदा रोजगारी खोसिनेदेखि भाषा विज्ञान र ज्ञानको मौलिकता गुम्ने भन्दै चिन्ता व्यक्त भएका छन्।
माओवादी केन्द्रले सोमबारसम्ममा मन्त्रिपरिषद्लाई विस्तार गरी 'डेलिभरी'का कामलाई तीव्रता दिने निर्णय गरेको सचिव देवेन्द्र पौडेलले बताएका छन्।
नेसपा अध्यक्ष बाबुराम भट्टराईले कम्युनिस्ट दलहरूसहितको समाजवादी धारा निर्माण गर्ने अवधारणाअनुसार मन्त्रिपरिषद्ले पूर्णता पाएपछि एकताका लागि छलफल हुने बताएका छन्।
कोशीले दिएको ८८ रनको विजयी लक्ष्य एपीएफले १८.१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो।