AnonymousUser

Logout

नेटोको ३१औँ सदस्य बन्दै फिनल्यान्ड

नेटो महासचिव जेन्स स्टोल्टनबर्गले स्वीडेनलाई पनि जुलाईअघि नै पूर्ण सदस्यका रूपमा स्वागत गर्ने बताएका छन्। ब्रसेल्समा मंगलबार र बुधबार नेटो सदस्य राष्ट्रका विदेश मामिला मन्त्रीहरूको बैठक बस्दैछ। 

२४ वटा नमुना परीक्षण गर्दा सबै ओमिक्रोन भेरिएन्ट, स्वास्थ्य मन्त्रालय भन्छ– जोखिम बढिरहेको छ

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन एक्सबीबी १.१६ फैलिएकाले नेपालमा पनि संक्रमणको जोखिम बढिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

महावीर अहिंसा र संयमको उत्कृष्ट  साधक : राष्ट्रपति पौडेल

नेपालमा वैदिक, बौद्ध, जैन, शिखलगायतका समुदायबाट प्रत्येक वर्ष उत्साहपूर्वक महावीर जयन्ती मनाउने चलन छ।

अलीको उत्कृष्ट बलिङमा लखनऊमाथि चेन्नईको जित

आईपीएलमा आज दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच खेल हुनेछ।

मलेसियामा मृत्युदण्डको सजाय अनिवार्य नहुने

मलेसियाको तल्लो सदनबाट मृत्युदण्डको विकल्पमा आजीवन कारावासको सजाय दिने गरी विधेयक पारित भएको छ।

बेपत्ता भएको २१ वर्षपछि कुशको शव बनाएर सद्‍गत

बेपत्ता पारिएका चन्द्रप्रसादलाई सरकारले शहीदको मान्यता दिएपछि मृत घोषणा भएको ठानेर आफूहरूले कुशको शव बनाई अन्तिम संस्कार गरेको छोरा कृष्णउदास बताउँछन्।

आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर १०/१० रुपैयाँ घटाएको छ।

सरकारले गठन गर्‍यो मिटरब्याजको समस्याबारे छानबिन गर्न समिति

सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्नका लागि विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।

'ए' डिभिजन लिग : संकटा र एपीएफ विजयी

'ए' डिभिजन लिगअन्तर्गत सोमबार भएको खेलामा संकटाले खुमलटारलाई पराजित गर्दा एपीएफ पुलिसमाथि जित हात पार्दै पाँचौँ स्थानमा उक्लिएको छ।

भुटानी फुटबल टोलीका कप्तान चेन्चो मछिन्द्रमा

सम्झौतासँगै चेन्चो लिगको छैटौँ चरणमा मछिन्द्रको जर्सीमा देखिने छन्।

२५ लाख ऋण दिएर १३ करोड माग्ने साहुकार शर्मा पक्राउ

मिटरब्याज असुलीको आरोप लागेका सप्तरीका सुरेन्द्रप्रसाद शर्मा पक्राउ परेका छन्। उनलाई ठगी तथा आपराधिक विश्वासघात मुद्दामा नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइको सप्तरी प्रहरीले जनाएको छ।

जेल सजायको फैसलाविरुद्ध राहुल गान्धीले दिए पुनरावेदन

मानहानि मुद्दामा दोषी ठहर गर्दै सेसन अदालतले मार्च २३ मा गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको थियो।

सरकारसँग सहमति गरेको २ दिनपछि मिटरब्याज पीडितको अर्को टोलीद्वारा काठमाडौँमा विरोध प्रदर्शन

सरकारले मिटरब्याज पीडितको एउटा समूहसँग सहमति गरेको दुई दिनपछि अर्को टोली काठमाडौँ आएर आन्दोलन शुरू गरेको छ।

नेप्से १६.६७ अंकले घट्दा कारोबार ९२ करोडमा खुम्चियो

सोमबार नेप्से परिसूचक १६.६७ अंक घटेर १८७१.८८ अंकमा झरेको छ।

रुसी नियन्त्रणमा रहेका अमेरिकी पत्रकारलाई रिहा गर्न विदेशमन्त्री ब्लिनकेनको माग

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनले रुसी समकक्षी सेर्गेइ लाभरोभसँग वाल स्ट्रिल जर्नलका पत्रकार गेरस्कोभिचलाई तत्काल रिहा गर्न माग गरेका छन्।

रविमाथि मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता, मंगलबार पेसी

रास्वपा सभापति रवि लामिछानेमाथि मुद्दा नचलाउने महान्यायाधिवक्ताको कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदन दर्ता भएको छ।

भावी पुस्ताको भविष्य सुरक्षित गर्न मेरो उम्मेदवारी: रवि लामिछाने

रास्वपा सभापति रवि लामिछानेले आफ्नो उम्मेदवारी भावी पुस्ताको भविष्य सुरक्षित गर्न, राजनीतिमा शुद्धता ल्याउन, नेपालमा नै रोजगारी सिर्जना गर्न रहेको बताए।

मिटरब्याज

\'जाली तमसुक खारेज गर\

मिटरब्याज पीडितको दोस्रो टोली काठमाडौँमा आएर विरुद्ध प्रदर्शन गरेको छ। सोमबार माइतीघर मण्डलबाट भद्रकालीसम्म विरोध र्‍याली गरेर उनीहरूले सिंहदरबारअगाडि कार्यक्रम गरेका हुन्। मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर मोर्चा लेखिएको ब्यानरमा आबद्ध भएर मिटरब्याज पीडितले \'किसानको भूमि फिर्ता गर\', \'फर्जी तमसुकका आधारमा भूमि लिलामी बन्द गर\', \'मिटरब्याजीलाई कारबाही गर\', \'झुटा आश्वासन बन्द गर\', \'उत्पीडित किसान एक हौँ\' लगायतका नारा लगाएका थिए।

म्याकडोनाल्डका सबै अमेरिकी कार्यालय तीन दिनका लागि बन्द, कर्मचारी कटौतीको तयारी 

विश्वकै सबैभन्दा ठूलो फास्ट–फुड चेन म्याकडोनाल्डका अमेरिकाभरिका सबै कार्यालय अस्थायी रूपमा बन्द भएका छन्। म्याकडोनाल्डले सबै कर्मचारीलाई इमेल पठाएर सोमबारदेखि बुधबारसम्म घरैबाट काम गर्न भनेको छ।

बारा-२ मा एमालेले पुरूषोत्तम पौडेललाई उम्मेदवार बनाउने

एमाले महासचिव शंकर पोखरेलले बारा-२ मा पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिए। उम्मेदवारको मनोनयन दर्ता गर्ने दिन नै एमालेले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो।