Friday, April 26, 2024

-->

पशुपतिमा एकदिन (तस्वीरहरू)

पशुपतिनाथ मन्दिर विश्वमा नै प्रख्यात छ। विश्व सम्पदा सूचिमा सूचिकृत मन्दिर ऐतिहासिक, धार्मिक एवं पर्यटकीय गन्तव्य हो।

पशुपतिमा एकदिन तस्वीरहरू

काठमाडाैँ– पशुपतिनाथको मन्दिर, नाम सुन्ने बित्तिकै उपासना र आराधना गर्न मन लाग्छ।

त्यसैले त पशुपतिनाथ दर्शनका लागि हरेक दिन स्वदेशी मात्र नभइ विदेशी भक्तजनको पनि त्यत्तिकै भिड लाग्ने गर्छ। पशुपतिनाथ मन्दिर विश्वमा नै प्रख्यात छ।

विश्व सम्पदा सूचिमा सूचिकृत मन्दिर ऐतिहासिक, धार्मिक एवं पर्यटकीय गन्तव्य हो। पशुपति क्षेत्रमा विभिन्न सम्प्रदायका स्मारक एवं पूजास्थल छन्। यो मन्दिर एक जीवन्त सम्पदाको रूपमा छ।

जहाँ जन्मदेखि मृत्युसम्मका संस्कार गरिन्छ। बगमती नदीले यो पावनस्थलको महिमा अझै बढाएको छ।

पशुपतिनाथमा पुगेर एक दिन नियाल्नुस्, दुनियाँ रमाइलो छ जस्तो पनि लाग्छ र दुनियाँ फिक्का छ जस्तो पनि लाग्छ। बिहानै पूजापाठ मध्यान्ह पर्यटकको चहलपहल, भक्तजनको रमाइलो देख्दा सबै छ जस्तो लाग्छ।

आर्यघाट हेर्दा अन्त्यमा त्यसरी नै जानुपर्छ भन्ने लाग्छ। त्यसैले त पशुपतिमा सबै छ र केही छैन।

पशुपतिमै कोही रुन्छन्। कोही हाँस्छन्। कोही खेल्छन। कोही कराउँछन्। कोही भगवान् खोज्दै पुग्छन्। कोही जन्मिन्छन् र कोही मर्छन्। 

न्युज एजेन्सी नेपाल (नान)का फोटो पत्रकारले पशुपतिनाथमा कैद गरेका तस्वीरहरू:


सम्बन्धित सामग्री