Wednesday, June 05, 2024

-->

आरती साह प्रकरण : सरकारलाई मृत घोषित गर्दै ११ जनाले गरे कपाल मुण्डन (तस्वीरसहित)

धर्ना बसेको ८५ दिन पुग्दा पनि घटनाकाे छानबिन गर्न सरकारले बेवास्ता गरेको भन्दै उनीहरूले विराेधस्वरूप कपाल मुण्डन गरेका हुन्।

आरती साह प्रकरण  सरकारलाई मृत घोषित गर्दै ११ जनाले गरे कपाल मुण्डन तस्वीरसहित
आरतीका भाइ, तस्वीर: कृष्पा श्रेष्ठ/उकालाे

काठमाडौँ– आरती साहको परिवारसहित ११ जनाले सरकारको विरोध गर्दै कपाल मुण्डन गरेका छन्। उनीहरूले काठमाडौँस्थित माइतीघरमा धर्ना बसेकै ठाउँमा सामूहिक मुण्डन गराएका हुन्। 

धर्ना बसेको ८५ दिन पुग्दा पनि सरकारले बेवास्ता गरेको भन्दै शुक्रबार कपाल मुण्डन गरेर आफूहरूले विरोध जनाएको आरतीका मामा सन्तोष साहले बताए। आरतीलाई न्याय दिन यो सरकार मरिसकेको र हिन्दू परम्पराअनुसार मरिसकेको मान्छेको नौकेश श्राद्ध गर्ने परम्पराअनुसार कपाल मुण्डन गरिएको उनको भनाइ छ।

"आँखामा चस्मा र कानमा तेल हालेर सुतेको सरकारलाई मृत घोषणा गर्दै आज नौकेश गरायौँ," सन्तोषले भने। 

याे पनि : माग पूरा गर्नुको सट्टा माइतीघर छोड्न गृहमन्त्रीको दबाब

धनुषा नगराइन–८ खिरखिरया निवासी २२ वर्षीया आरतीको दाइजोका कारण परिवारबाटै हत्या भएको माइती पक्षको दाबी छ। घटनाको सत्यतथ्‍य एवं निष्पक्ष छानबिन हुनुपर्ने माग राख्दै उनीहरू असार १ गतेदेखि धर्नामा छन्।

आरतीकी आमा

आरतीका बुवा


सम्बन्धित सामग्री