Sunday, April 28, 2024

-->

राज्यले दिएको सेवा-सुविधाले घरभाडा तिर्न पुगेन : उपसभामुख राना

प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले राज्यबाट पाइने सेवा-सुविधामा आफूले विभेद भोगेको बताएकी छन्।

राज्यले दिएको सेवा-सुविधाले घरभाडा तिर्न पुगेन  उपसभामुख राना

काठमाडौँ- प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले आफूले राज्यबाट पाउनुपर्ने सेवा-सुविधा नपाएको बताएकी छन्।

भ्रष्टाचारविरुद्ध सांसदहरूको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो गुनासो गरेकी हुन्। 

राज्यको माथिल्लो निकायमा भ्रष्ट आचरण रहेकै कारण आफूलाई सेवा, सुविधा दिने कुरामा पनि विभेद र अन्याय भएको उल्लेख गर्दै उपसभामुख रानाले त्यस्ता खालका गतिविधि सहन गर्न नसकिने समेत बताइन्। 

पुरुष उपसभामुख हुँदा पाउने सुविधा अहिले आफूले नपाएको उनको भनाई थियो। उपसभामुख रानाले आफूलाई निवासको सुविधा दिने कुरामा पनि राज्य गम्भीर नभएको आरोप लगाइन्। 

उनले भनिन्, “मेरो अधिकार, काम र कर्तव्य खोज्दै जाँदा उपसभामुखले पाउने सेवा-सुविधा थुप्रै रहेछन् तर म महिला भएकै कारण भेदभाव गरी सुविधा दिइएको छैन। पुरुष उपसभामुखलाई मन्त्री सरह सुविधा हुन्थ्यो रे। उपसभामुखलाई घर दिने रे भनिएको छ तर दिइएको छैन। ३६ हजार निवास भाडा दिइएको छ। आफू ४४ हजार तिरेर बस्नु परेको छ।”

उपसभामुख रानाले आफू सानो पार्टीबाट आएकाले राज्यबाट पाउने सेवा, सुविधामा विभेद गरिएको हुनसक्ने बताइन्। 


सम्बन्धित सामग्री