कांग्रेस प्रवक्ता महतले पार्टीले अन्य दलको आशय बुझिसकेपछि राष्ट्रपतिको उम्मेदवार टुंगो लगाइने बताए। आइतबार प्रधानमन्त्रीसँगको भेट पनि राष्ट्रपतिमा सहयोग जुटाउनकै लागि भएको उनको भनाइ छ।
काठमाडौं– नेपाली कांग्रेसले फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवार तय गर्न सहयोग गर्ने दलहरूको निर्णय कुर्ने भएको छ। कांग्रेसले आफ्नो उम्मेदवारलाई राष्ट्रपतिमा निर्वाचित गर्ने रणनीतिअनुसार सहयोग गर्ने दलको निर्णयलाई कुरेर उम्मेदवारको टुंगो लगाउने तयारी गरेको हो।
कांग्रेसले राष्ट्रपति निर्वाचनमा नतिजा आफ्नो पक्षमा पार्नका लागि मुख्य सहयोगीका रूपमा सत्ताको नेतृत्व गरेको दल नेकपा माओवादी केन्द्रलाई लिएको छ। तर, माओवादी केन्द्रले अहिलेसम्म राष्ट्रपति निर्वाचनका सम्बन्धमा निर्णय गरिसकेको छैन।
आइतबार राष्ट्रपति निर्वाचनमा सहयोग गर्न भन्दै सभापति शेरबहादुर देउवासहितका नेताहरूले प्रधानमन्त्रीसँग बालुवाटारमा छलफल गरेका थिए। कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीले अन्य दलको आशय बुझिसकेपछि तत्काल उम्मेदवारको टुंगो लगाउने बताए।
“हाम्रो दलको निर्णयले मात्रै निर्वाचन जित्ने होइन सहयोग दिने सम्भावित दलको आशय बुझेपछि तत्काल उम्मेदवार टुंगो लगाउँछौँ”, उनले उकालोसँग भने, “पार्टीभित्र उम्मेदवारको विषयमा निर्णय गर्ने विषयमा कुनै समस्या छैन।”
उनले पार्टीले राष्ट्रपतिमा उठाएको उम्मेदवार नै निर्वाचित हुनेमा आफूहरू आशावादी भएको भन्दै त्यसैका लागि अन्य दलसँग छलफल गरिरहेको बताए। आइतबार प्रधानमन्त्रीसँग भएको भेट पनि राष्ट्रपतिमा सहयोग जुटाउनका लागि नै रहेको उनको भनाइ छ।
“हामी राष्ट्रपतिको निर्वाचनमा केन्द्रित छौँ, त्यसमा समर्थन जुटाउन लागेका छौँ। प्रधानमन्त्रीसँग हाम्रो सभापतिले सहयोग माग्नुभएको छ”, उनले भने, “प्रधानमन्त्री सकारात्मक देखिनुभएको छ। पार्टीभित्र छलफल गरेर चाँडै निर्णय लिन्छु भन्नुभएको छ।”
यो पनि :
कांग्रेसले नै रोकिराखेको कांग्रेसको गति
मनमा राष्ट्रपतिको 'लड्डु' फुटाएको कांग्रेस
पार्टी भद्रगोल, कांग्रेसको ‘अर्जुनदृष्टि’ राष्ट्रपतिमा
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
