Saturday, April 27, 2024

-->

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

महासचिव डा. बेदुराम भुसालले राजनीतिक तथा निर्वाचन समीक्षा प्रतिवेदनमाथि छलफल गर्न, समसामयिक प्रस्ताव र विविध कार्यसूचीसहित बैठक आह्वान गरिएको बताए।

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौँ– नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ। आगामी माघ २१ र २२ गते काठमाडौँमा बस्ने गरी केन्द्रीय कमिटी बैठक आह्वान गरिएको महासचिव डा. बेदुराम भुसालले जानकारी दिएका छन्।

उनका अनुसार राजनीतिक तथा निर्वाचन समीक्षा प्रतिवेदनमाथि छलफल गर्न, समसामयिक प्रस्ताव र विविध कार्यसूचीसहित बैठक आह्वान गरिएको हो।

विकसित राजनीतिक परिस्थिति एवं घटनाक्रमका सन्दर्भमा पनि पार्टीको बैठकमा छलफल हुनेछ। पार्टीका विभिन्न तहका कमिटी बैठकले गरेका निर्णयलाई केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने बताइएको छ।


सम्बन्धित सामग्री