Monday, April 29, 2024

-->

नेताहरूले आफूलाई केन्द्रबिन्दुमा राख्दा देश विकास हुन सकेन : माधव नेपाल

एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले नेताहरूले आफैँलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्न खोज्दा देशको विकास हुन नसकेको बताएका छन्।

नेताहरूले आफूलाई केन्द्रबिन्दुमा राख्दा देश विकास हुन सकेन  माधव नेपाल

काठमाडौँ– नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेताहरू इमानदार बने मात्रै देशले सफलता प्राप्त गर्ने बताएका छन्।

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष नेपालले सबै नेताहरू इमानदार बन्न नसकेको औँल्याउँदै भावना जागृत भए मात्रै देश विकास हुने बताए। नेताहरूले आफैँलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्न खोज्दा देशको विकास हुन नसकेको उनको भनाइ छ। 

“हामी सबै बन्नुपर्ने जति इमानदार बनेका छैनौँ।  हामी देश बनाउने भावनाले ओतप्रोत बनेका छैनौँ।  हामी आफूलाई केन्द्रबिन्दुमा राख्ने गरेका छौँ। देश र जनतालाई केन्द्रबिन्दुमा राखेका छैनौँ। देशको हितलाई केन्द्रबिन्दुमा राख्यौँ भने देशलाई आँच आयो भने हाम्रो स्वाधीनता र सम्मानमा ठेस लाग्ने काम भयो भने नेपालीहरूलाई त्यो स्वीकार्य हुँदैन,” उनले भने। 

अध्यक्ष नेपालले संविधानमा अधिकारहरू थुप्रै दिए पनि कार्यान्वयनमा कमी देखिएको बताए। अत्याचार, भेदभाव, अन्याय गर्ने प्रवृत्ति यथावत् रहे देशले प्रगति गर्न नसक्ने उनको भनाइ छ।

“जनताको सन्दर्भमा पनि जनतामा भेदभाव, अन्याय, अत्याचार भयो भने थिचोमिचो भयो भने अनि एउटाले अर्कोलाई विभिन्न हिसाबले गरिब भनेर हेला गर्ने, दलित भनेर हेला गर्ने, विपन्न भनेर हेला गर्ने यस्तो प्रवृत्ति  भयो भने यो देशले प्रगति गर्न सक्दैन,” उनले भने।


सम्बन्धित सामग्री