Friday, April 26, 2024

-->

प्रतिनिधिसभाका उपसभामुखको निर्वाचन माघ ७ गते

प्रतिनिधिसभाका उपसभामुखको निर्वाचन माघ ७ गते हुने भएको छ।

प्रतिनिधिसभाका उपसभामुखको निर्वाचन माघ ७ गते

काठमाडौँ- प्रतिनिधिसभा उपसभामुख पदको निर्वाचन माघ ७ गते शनिबार हुने भएको छ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा ज्येष्ठ सदस्य सभामुख पशुपति समशेर जबराले उपसभामुखको निर्वाचन घोषणा गरेका हुन्। 

त्यस्तै, उनले प्रतिनिधिसभा उपसभामुखको निर्वाचनको सूचना प्रकाशित गर्न संसद सचिवालयलाई निर्देशन दिए।

 

उपसभामुखको निर्वाचनका लागि संघीय संसद् सचिवालयका सचिव गोपालनाथ योगीलाई निर्वाचन अधिकृत तोकिएको छ। सचिवालयले निर्वाचनका लागि आजै सूचना जारी गरेको छ। 


सम्बन्धित सामग्री