Friday, April 26, 2024

-->

प्रधानमन्त्री कप : सुदूरपश्चिम सेमिफाइनलमा

मंगलबार सम्पन्न दिनको दोस्रो खेलमा विभागीय टोली एपीएफलाई ४ विकेटले पराजित गर्दै सुदूरपश्चिम सेमिफाइनलमा पुगेको हो।

प्रधानमन्त्री कप  सुदूरपश्चिम सेमिफाइनलमा

काठमाडौँ- लगातार तेस्रो जितसँगै सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप महिला टी-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।

मंगलबार सम्पन्न दिनको दोस्रो खेलमा विभागीय टोली एपीएफलाई ४ विकेटले पराजित गर्दै सुदूरपश्चिम सेमिफाइनलमा पुगेको हो।

एपीएफले दिएको ९२ रनको लक्ष्य सुदूरपश्चिमले ४ बल बाँकी छँदै ६ विकेट गुमाएर पूरा गर्‍यो। सुदूरपश्चिमकी डोली भट्टले सर्वाधिक ३३ रन बनाइन्। उनले ३८ बलमा ४ चौका र १ छक्का प्रहार गरिन्।

ऋतु कौनियारले २२ बलमा १० रन बनाउँदा सुदूरपश्चिमका अन्य ब्याटरले भने दोहोरो अंकमा रन बटुल्न सकेनन्।

एपीएफकी नर्या थापाले सर्वाधिक ३ विकेट लिइन्। ४ ओभर बलिङ गरेकी उनले १ मेडनसहित १० रन खर्चिए ३ विकेट लिइन्।

सुमन विष्ट, इन्दु बर्मा र सीताराना मगरको नामा भने १/१ विकेट रह्यो।

त्यसअघि जनता क्रिकेट पार्क इटहरीमा पहिला ब्याटिङ थालेको एपीएफले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९१ रन बनाएको थियो।

एपीएफकी ममता चौधरीले अविजित रहँदै सर्वाधिक २६ रन बनाइन्। उनले २६ बलमा २ चौका प्रहार गरिन्। रोमा थापाले २० बलमा १ चौकासहित १५ रन बनाइन्।

ओपनर ज्योति पाण्डेले १४ रन बनाउँदा इन्दु बर्माले ११ रनको योगदान दिइन्। सुदूरपश्चिमकी कविता जोशीले सर्वाधिक ३ विकेट लिइन्। ४ ओभर बलिङ गरेकी उनले १ मेडनसहित १५ रन खर्चिइन्।

ऋतु कौनियारले २ विकेट लिँदा कविता कुँवर र मनीषा चौधरीको नाममा १/१ विकेट रह्यो। जितसँगै समूह ए मा रहेको सुदूरपश्चिमले ३ खेलमाबाट ६ अंक जोडेको छ। एपीएफको जारी प्रतियोगिता पहिलो जित हो। एपीएफले समान खेलबाट ४ अंक जोडेको छ। एपीएफ अंक तालिकाको दोस्रो स्थानमा रहेको छ।

समूह ए मा २/२ खेल खेलेका बागमती र गण्डकी प्रदेश भने जितविहीन रहेका छन्।


सम्बन्धित सामग्री