Friday, April 26, 2024

-->

विश्वकप फुटबलः समूह चरणका अन्तिम ४ खेल हुँदै

विश्वकप फुटबलमा आज समूह चरणका अन्तिम चार खेल हुँदैछन्।

विश्वकप फुटबलः समूह चरणका अन्तिम ४ खेल हुँदै 

काठमाण्डौँ– विश्वकप फुटबलमा आज समूह चरणका खेल सकिँदैछन्।

समूह ‘एच’ र ‘जी’ का चार खेलपछि जारी विश्वकपको अन्तिम १६ मा पुग्ने सबै टोलीको टुंगो लाग्ने छ। समूह ‘एच’ मा रहेका दक्षिण कोरिया र पोर्चुगल तथा घाना र उरुग्वेबीच खेल हुनेछ।

यी खेल राति पौने ९ बजे शुरू हुनेछन्। पोर्चुगल अन्तिम १६ मा पुगिसकेको छ। अरु तीन टोली दक्षिण कोरिया, घाना र उरुग्वेमध्ये एक टोली अगाडि बढ्नेछ। 

यस्तै समूह ‘जी’ अन्तर्गत् सर्बिया र स्विट्जरल्यान्ड तथा क्यामरुन र ब्राजिलबीच खेल हुँदैछ। यी खेल राति पौने १ बजे शुरू हुनेछ।

यो समूहबाट ब्राजिल नकआउट पुगिसकेको छ भने अर्को एक टोलीको टुंगो आजको खेलबाट हुनेछ।


सम्बन्धित सामग्री